प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th अध्या. १५ पृ. १८
  • विश्‍वस्त भएर बोल्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वस्त भएर बोल्ने
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वस्त भएर बोल्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • उत्साह
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • कुराकानीको शैलीमा प्रस्तुति
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • श्रोताका लागि जानकारीमूलक
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th अध्या. १५ पृ. १८

बुँदा १५

विश्‍वस्त भएर बोल्ने

उल्लिखित शास्त्रपद

१ थिस्सलोनिकी १:५

सारांश: आफूले भनिरहेको कुरा सत्य हो र एकदमै महत्त्वपूर्ण छ भन्‍ने कुरामा विश्‍वस्त हुँदै बोल्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • राम्ररी तयारी गर्नुहोस्‌। प्रस्तुतिका मुख्य कुराहरू के-के हुन्‌ र ती सत्य हुन्‌ भनेर बाइबलले कसरी पुष्टि गर्छ, त्यो नबुझेसम्म विषयवस्तुलाई अध्ययन गरिरहनुहोस्‌। प्रस्तुतिका मुख्य बुँदाहरूलाई सरल शब्दमा बताउने कोसिस गर्नुहोस्‌। त्यसले श्रोतालाई कसरी लाभ पुऱ्‍याउँछ भनेर विचार गर्नुहोस्‌। प्रार्थना गरेर पवित्र शक्‍ति माग्नुहोस्‌।

    व्यावहारिक सुझाव

    प्रस्तुत गर्नुपर्ने कुरा दिमागमा ठप्प राख्न अनि सर्र प्रस्तुत गर्न आवाज निकालेर अभ्यास गर्नुहोस्‌।

  • विश्‍वस्तता झल्किने शब्दहरू प्रयोग गर्नुहोस्‌। स्रोत-सामग्रीमा भएको शब्द जस्ताको तस्तै दोहोऱ्‍याउनुभन्दा आफ्नै शब्दमा व्यक्‍त गर्नु राम्रो हो। आफूले बोलेको कुरामा विश्‍वस्त हुनुहुन्छ भनेर तपाईँको भाषाशैलीबाट देखिनुपर्छ।

  • विश्‍वस्त र निष्कपट भएको देखाउनुहोस्‌। ठिक्कको आवाजमा बोल्नुहोस्‌। यदि श्रोतालाई आपत्तिजनक लाग्दैन भने कुराकानीको दौडान तिनीहरूको अनुहारमा हेरेर बोल्नुहोस्‌।

    व्यावहारिक सुझाव

    नबिर्सनुहोस्‌, विश्‍वस्त भएर बोल्नु भनेको रुखो हुनु, पूर्वाग्रही हुनु वा ढिपी कस्नु होइन। विश्‍वस्त भएर कुनै कुरा प्रस्तुत गर्दा पनि सधैँ श्रोताको मन छुनेगरि मायालु ढङ्‌गमा बोल्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने