प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th study १८ p. २१
  • श्रोताका लागि जानकारीमूलक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • श्रोताका लागि जानकारीमूलक
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • उत्साह
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • श्रोताका लागि जानकारीमूलक
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मनसम्म पुग्ने प्रयास
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • व्यावहारिकता प्रस्ट पार्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th study १८ p. २१

बुँदा १८

श्रोताका लागि जानकारीमूलक

उल्लिखित शास्त्रपद

१ कोरिन्थी ९:१९-२३

सारांश: श्रोतालाई सोच्न उत्प्रेरित गर्नुहोस्‌ र तिनीहरूलाई केही महत्त्वपूर्ण कुरा सिकेको महसुस गराउनुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • श्रोतालाई के थाह छ, विचार गर्नुहोस्‌। श्रोताले पहिल्यै सुनिसकेका कुराहरू दोहोऱ्‍याउनुको साटो तिनीहरूलाई त्यसबारे नयाँ तरिकाले सोच्न मदत गर्नुहोस्‌।

    व्यावहारिक सुझाव

    जानेसुनेका कुराहरू सरसरती बताउनुहोस्‌ तर नयाँ कुराहरू भने समय लगाएर प्रस्तुत गर्नुहोस्‌।

  • अनुसन्धान र मनन गर्नुहोस्‌। सम्भव भएसम्म मुख्य बुँदा प्रस्ट पार्न ताजा जानकारी वा हालसालै घटेको घटना उल्लेख गर्नुहोस्‌। विषयवस्तुमा मनन गर्नुहोस्‌ अनि तपाईँले उल्लेख गर्न लाग्नुभएको तथ्य र विषयवस्तुबीच कस्तो सम्बन्ध छ, राम्ररी विचार गर्नुहोस्‌।

    व्यावहारिक सुझाव

    विषयवस्तु केलाउँदा ‘के, किन, कहिले, कहाँ, को र कसरी’ जस्ता प्रश्‍नहरू आफैलाई सोध्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले गहिरिएर सोच्न सक्नुहुनेछ। प्रस्तुतिको दौडान यीमध्ये केही प्रश्‍न सोधेर र त्यसको जवाफ दिएर जीवन्त ढङ्‌गमा सिकाउनुहोस्‌।

  • सन्देशको उपयोगिताबारे बताउनुहोस्‌। शास्त्रपदमा भनिएको कुराले श्रोताको दैनिक जीवनमा कसरी लाभ पुऱ्‍याउन सक्छ, बताउनुहोस्‌। श्रोतालाई चासो लाग्ने कुनै खास अवस्था, मनोवृत्ति र गतिविधिबारे छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने