प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lmd lesson ३
  • दयालु हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दयालु हुनुहोस्‌
  • मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले के गर्नुभयो?
  • हामी येसुबाट के सिक्न सक्छौँ?
  • येसुको अनुकरण गर्नुहोस्‌
  • अरूमा चासो राख्नुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • दयाले तपाईँलाई उत्प्रेरित गरोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • वैरी संसारमा दया देखाउन प्रयास गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • परमेश्‍वरका जनहरूले दयालाई प्रेम गर्नै पर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
lmd lesson ३

कुराकानी थाल्नुहोस्‌

येसु अन्धो मानिसलाई निको पार्न तिनको नजिक आउनुहुन्छ।

युह. ९:१-७

पाठ ३

दयालु हुनुहोस्‌

सिद्धान्त: “प्रेम . . . दयालु हुन्छ।”—१ कोरि. १३:४.

येसुले के गर्नुभयो?

येसु अन्धो मानिसलाई निको पार्न तिनको नजिक आउनुहुन्छ।

भिडियो: येसु अन्धो मानिसलाई निको पार्नुहुन्छ

१. भिडियो हेर्नुहोस्‌ वा युहन्‍ना ९:१-७ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1. क. येसुले सुरुमा अन्धो मानिसलाई निको पार्नुभयो कि उसलाई सुसमाचार सुनाउनुभयो?—युहन्‍ना ९:३५-३८ हेर्नुहोस्‌।

  2. ख. तपाईँको विचारमा त्यो मानिस येसुको कुरा सुन्‍न किन इच्छुक भयो?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. कुनै व्यक्‍तिले हामी तिनमा साँचो चासो राख्छौँ भनेर महसुस गरे भने तिनले हाम्रो सन्देश सुन्‍ने सम्भावना धेरै हुन्छ।

येसुको अनुकरण गर्नुहोस्‌

३. समानुभूति देखाउनुहोस्‌। तिनले कस्तो महसुस गरिरहेका छन्‌ भनेर कल्पना गर्नुहोस्‌।

  1. क. आफैलाई सोध्नुहोस्‌: ‘तिनलाई कुन कुराको चिन्ता लागिरहेको होला? तिनीसित कुन विषयमा कुरा गर्नु मदतकारी हुन सक्छ? केले तिनको मन छुन सक्छ?’ यस्ता प्रश्‍नहरूबारे विचार गर्नुभयो भने तिनलाई स्वाभाविक तरिकामा र मनैदेखि दया देखाउन सक्नुहुनेछ।

  2. ख. तिनको कुरा सुनेर तिनमा चासो राखेको देखाउनुहोस्‌। तिनले आफ्नो विचार व्यक्‍त गर्दा वा समस्या पोखाउँदा कुराकानी अन्तै नमोड्‌नुहोस्‌।

४. दया र आदर देखाउँदै बोल्नुहोस्‌। यदि तपाईँलाई कसैको अवस्था देखेर दुःख लागेको छ र तिनलाई साँच्चै मदत गर्न चाहनुहुन्छ भने त्यो तपाईँको बोलीमा झल्किन्छ। त्यसैले आफूले चलाउने शब्दहरू र बोल्ने शैलीमा ध्यान दिनुहोस्‌ अनि तिनको चित्त दुख्न सक्ने कुनै पनि कुरा नभन्‍नुहोस्‌।

५. मदत दिनुहोस्‌। तिनलाई मदत दिने व्यावहारिक तरिकाहरू खोज्नुहोस्‌। यसरी दयालु व्यवहार गर्दा कुराकानी गर्ने बाटो खुल्न सक्छ।

यी पदहरू पनि हेर्नुहोस्‌:

रोमी १२:१५, १६; गला. ६:१०; हिब्रू १३:१६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने