गीत ९४
परमेश्वरको वचनप्रति कृतज्ञ
छापिएको संस्करण
१. हे बुबा यहोवा धन्य छौ तिमी!
दियौ हामीलाई बाइबल पढ्न भनी।
प्रेरणा दियौ तिम्ले
लेख्नलाई यो वचन।
दिन्छ यसले शिक्षा, डोऱ्याउँछ जीवन।
२. छुन्छ यसले हाम्रो मनको गहिराइ;
छुट्याउँछ भित्री र बाइरी मानिसलाई।
तिम्रो आज्ञामा छैन
कुनै पनि गल्ती।
डोऱ्याउँछ हामीलाई यो जीवनभरि।
३. लेखिए बाइबलमा हाम्रै भावना;
हामीजस्तै थिए ती अगमवक्ता।
मदत गर यहोवा
बढाउन यो विश्वास।
धन्यवाद छ तिम्लाई पायौँ उपहार।
(भज. १९:९; ११९:१६, १६२; २ तिमो. ३:१६; याकु. ५:१७; २ पत्रु. १:२१ पनि हेर्नुहोस्)