प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 २/८ पृ. १८-१९
  • के कोमल हुनु कमजोरी हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के कोमल हुनु कमजोरी हो?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कोमल तैपनि बलवान
  • बाहिर देखिने कठोर व्यवहार कि भित्री बल?
  • कोमल हुन बल प्राप्त गर्ने
  • ‘एक दोस्रोतर्फ कोमल स्नेह देखाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • कोमल अनुकम्पापूर्ण हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • कोमल स्नेह खेती गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • “कोमल हृदयका” हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 २/८ पृ. १८-१९

बाइबलको दृष्टिकोण

के कोमल हुनु कमजोरी हो?

“प्रभुका सेवकले झगडा गर्नुहुँदैन, तर सबैप्रति भला, [“कोमल,” NW ]” हुनुपर्छ।—२ तिमोथी २:२४.

हामी जन्मनुभन्दा धेरैअघि, विकास भइरहेको हाम्रो छालामा स्पर्श क्षमता पनि विकास भइरहेको हुन्छ। जन्मेदेखि नै हामी आमाको कोमल स्पर्शको लागि तड्‌पिन्छौं। मुस्कुराउने हाम्रो झुकाव, भावनात्मक विकास हुने क्षमता अनि राम्ररी पारस्परिक कुराकानी गर्ने दक्षतालाई बाल्यकालको दौडान आमाबाबुद्वारा पाइने स्नेहले असर गर्छ।

यद्यपि, अन्तको दिनमा मानिस “आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका” हुनेछन्‌ भनी बाइबलले भविष्यवाणी गऱ्‍यो। मानिसहरू “स्वार्थी” अनि “निष्ठूर, असल नरूचाउने” हुने भएकाले दया र अनुकम्पा जस्ता कोमल गुणहरू औधी खट्‌किनेछन्‌।—२ तिमोथी ३:१-३.

आज धेरै मानिसहरू आफू कठोर र भावशून्य हुनुपर्छ भन्ठान्छन्‌। कोमल हुनु कमजोरीको चिह्न हो भन्‍ने तिनीहरूको दाबी छ। तर के यो साँचो हो त?

कोमल तैपनि बलवान

यहोवा परमेश्‍वरलाई “योद्धा” भनी वर्णन गरिएको छ। (प्रस्थान १५:३) उहाँ सारा शक्‍तिको एक मात्र स्रोत हुनुहुन्छ। (भजन ६२:११; रोमी १:२०) तर, विश्‍वासी पुरुष अय्यूबलाई इनाम दिनुहुँदा “टिठाइमा भरिपूर र कृपालु” हुन यहोवाको शक्‍तिले उहाँलाई रोकेन। (याकूब ५:११) इस्राएलसित व्यवहार गर्दा तिनीहरूसितको अत्यन्तै कोमल सम्बन्धलाई उहाँले “दूधे-बालकलाई” ममता देखाउने सुत्केरी आमाका भावनाहरूसित तुलना गर्नुभयो।—यशैया ४९:१५.

त्यसै गरी येशूसित शक्‍तिका साथै कोमलता पनि थियो। उहाँले त्यसबेलाका कपटी धार्मिक नेताहरूको घोर निन्दा गर्नुभयो। (मत्ती २३:१-३३) साथै, उहाँले लोभी सराफीलाई मन्दिरबाट बलजफती खेद्‌नुभयो। (मत्ती २१:१२, १३) तर भ्रष्टता र लोभबारे येशूको घृणाले के उहाँलाई निर्दयी बनायो? अहँ, बनाएन! अरूसितको कोमल व्यवहार त येशूको चिनारी नै थियो। वास्तवमा उहाँले आफैलाई कुखुरीसित तुलना गर्नुभयो जसले “आफ्ना चल्लाहरूलाई पखेटामनि बटुल्छ।”—लूका १३:३४.

बाहिर देखिने कठोर व्यवहार कि भित्री बल?

‘परमेश्‍वरको इच्छाअनुसारको नयाँ व्यक्‍तित्व’ धारण गरेर ख्रीष्टको अनुकरण गर्न साँचो मसीहीहरूलाई प्रोत्साहित गरिएको छ। (एफिसी ४:२०-२४) जसरी गङ्‌गटोले बढ्‌नको लागि आफ्नो पुरानो खोल च्यातेर मिल्काउँछ त्यसरी नै हामीलाई “पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत” त्याग्ने सल्लाह दिइएको छ। (कलस्सी ३:९) यद्यपि, पुरानो खोल फ्याँकिसकेपछि फेरि कडा बन्‍ने गङ्‌गटोको शरीर जस्तो नभएर हामीलाई “प्रिय, सहानुभूतिको हृदय, दया . . . सहनशीलता[लाई]” सदाको लागि धारण गर्ने आज्ञा दिइएको छ। (कलस्सी ३:१२) अतः कोमलता नै हाम्रो चिनारी हुनुपर्छ।

कोमल गुणहरू धारण गर्नु कमजोरीको चिह्न होइन। यसको विपरीत ‘[यहोवाको] आत्माको शक्‍तिद्वारा भित्री मनुष्यत्वलाई बलियो’ बनाउनुपर्ने कुरा यसमा समावेश छ। (एफिसी ३:१६) उदाहरणको लागि, ली नाउँका एक जना पुरुष यसो भन्छन्‌: “म केही समय अघि मात्र क्रूर र दुष्ट थिएँ। मेरो रूपरङसमेत डरलाग्दो थियो किनकि मैले मेरो अङ्‌गप्रत्यङ्‌ग गहनाहरूले छेडेको थिएँ। जसरी हुन्छ म धेरै पैसा कमाउने धुनमा थिएँ अनि आफूलाई इच्छा लागेको वस्तु प्राप्त गर्न जथाभावी बोल्न र हिंसासमेत गर्न पछि हट्‌दैनथें। दयामाया त रत्तीभर थिएन।” तथापि, लीले आफ्नो एक सहकर्मीसित बाइबल अध्ययन गर्न थाले अनि उनले यहोवालाई चिन्‍न र प्रेम गर्न थाले। उनले आफ्नो पुरानो व्यक्‍तित्वलाई त्यागी आत्म-संयम खेती गर्न सिकेका छन्‌। अहिले उनी मानिसहरूलाई बाइबल अध्ययन गर्न मदत दिन स्वेच्छाले आफ्नो समय खर्चेर तिनीहरूप्रति आफ्नो प्रेम व्यक्‍त गर्छन्‌।

कुनै समय प्रेरित पावल पनि “हानि गर्ने” मानिस थिए जो आफ्नो लक्ष्य हासिल गर्न हिंसाको सहारा लिन्थे। (१ तिमोथी १:१३; प्रेरित ९:१, २) यद्यपि, पावलले यहोवा परमेश्‍वर र येशू ख्रीष्टले देखाउनुभएको दया र प्रेम बुझेर मूल्याङ्‌कन गर्न थालेपछि आफूले पनि यस्तै गुणहरू अनुकरण गर्न सङ्‌घर्ष गरे। (१ कोरिन्थी ११:१) मसीही सिद्धान्तहरूको सन्दर्भमा पावल दृढ भए तापनि अरूसित व्यवहार गर्दा उनले कोमल हुन सिके। वास्तवमा भन्‍नुपर्दा आफ्ना भाइहरूलाई कोमल स्नेह देखाउने सन्दर्भमा पावल खुला मनका थिए।—प्रेरित २०:३१, ३६-३८; फिलेमोन १२.

कोमल हुन बल प्राप्त गर्ने

ली र प्रेरित पावल दुवैको अनुभवले देखाएझैं अरूसित व्यवहार गर्दा कोमल हुन सिक्नको लागि कसैको व्यक्‍तित्व कमजोर हुनै पर्छ भन्‍ने छैन। वास्तवमा, बरु यसको ठीक उल्टो चाहिं सत्य हो। कसैको विचार र व्यवहारमा आमूल परिवर्तन ल्याउन अनि “खराबको बदला खराब नग[र्ने]” शारीरिक झुकावसित लड्‌न पो साँचो अर्थमा शक्‍ति चाहिन्छ।—रोमी १२:२, १७.

नियमित तवरमा परमेश्‍वरको वचन पढेर अनि यहोवा परमेश्‍वर र उहाँको पुत्र येशू ख्रीष्टले देखाउनुभएको प्रेम र दयामा मनन गरेर हामी पनि कोमल अनुकम्पा देखाउने व्यक्‍ति बन्‍न सक्छौं। यसो गरेर हामी परमेश्‍वरको वचनको शक्‍तिद्वारा आफ्नो हृदयलाई कोमल बनाउन दिन्छौं। (२ इतिहास ३४:२६, २७; हिब्रू ४:१२) हाम्रो पारिवारिक पृष्ठभूमि जस्तोसुकै होस्‌ अथवा हाम्रो जीवनको अनुभव जत्ति नै नमिठो किन नहोस्‌, हामी “सबैप्रति भला [“कोमल,” NW]” हुन सिक्न सक्छौं।—२ तिमोथी २:२४. (g05 1/8)

[पृष्ठ १८-मा भएको चित्र]

एक असल बुबा आफ्ना बच्चासित कोमल हुन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने