सृष्टि या संयोग?
गोहीको बङ्गारा
अहिले जीवित जनावरमध्ये सबैभन्दा दह्रो गरी टोक्न सक्ने जनावर गोही हो। उदाहरणको लागि, अस्ट्रेलियानजिकैको समुद्रमा पाइने गोहीले सिंह वा बाघले भन्दा तीन गुणा दह्रो गरी टोक्न सक्छ। तैपनि गोहीको बङ्गारा असाध्यै संवेदनशील हुन्छ। यो मानिसको औंलाको टुप्पोभन्दा पनि संवेदनशील हुन्छ। कडा छाला भएको गोहीको बङ्गारा कसरी यस्तो संवेदनशील हुन सक्छ?
गोहीको बङ्गारामा हजारौं इन्द्रिय हुन्छन्। ती इन्द्रियहरूबारे अध्ययन गरेपछि अनुसन्धानकर्ता डङ्कन लेच भन्छन्, “स्नायुको हरेक जरा खप्परमा भएको प्वालबाट निस्कन्छ।” यस किसिमको बनौटले बङ्गारामा भएको स्नायु रेसालाई जोगाउनुका साथै संवेदनशील बनाउँछ। कुनै-कुनै भागको संवेदनशीलता त यन्त्रले पनि मापन गर्न सक्दैन। त्यसैले गोहीले आफ्नो मुखमा भएको खान हुने र खान नहुने कुरा सजिलै चिन्न सक्छ। यसकारण माउले आफ्नो नवजात बच्चालाई कुनै हानि नगरी मुखमा च्यापेर लैजान सक्छ। गोहीको बङ्गारा शक्तिशाली हुनुका साथै संवेदनशील हुनु अचम्मको कुरा हो।
तपाईंलाई कस्तो लाग्छ? गोहीको बङ्गारा क्रमविकासको उपज हो या सृष्टि? (g15-E 07)