प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या १ पृ. ६-७
  • परिवारमा कसरी शान्ति कायम गर्न सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवारमा कसरी शान्ति कायम गर्न सकिन्छ?
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शान्ति कायम गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू
  • परिवार सुखी बनाउन मदत खोज्नुहोस्‌
    सुखी परिवार तर कसरी?
  • साधारणतया गरिने गुनासाहरूको समाधान
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • “शान्ति खोज र त्यसैको पिछा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • शान्ति कसरी पाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या १ पृ. ६-७

आवरण लेख | परिवारमा शान्ति कायम गर्नुहोस

परिवारमा कसरी शान्ति कायम गर्न सकिन्छ?

के तपाईंलाई परिवारमा शान्ति कायम गर्न बाइबलले मदत गर्न सक्छ जस्तो लाग्छ? अब हामी बाइबलले दिने केही सुझाव विचार गरौं अनि परिवारमा ती सुझाव लागू गर्दा विभिन्‍न व्यक्‍तिले कसरी मदत पाए, हेरौं। विवाद हुन नदिन, शान्ति कायम गर्न र सम्बन्ध दिगो बनाउन तपाईंलाई कुन कुराले मदत गर्छ, विचार गर्नुहोस्‌।

शान्ति कायम गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू

जीवनसाथीप्रति सकारात्मक हुनुहोस्‌।

एउटा परिवार समुद्रको किनारमा सँगै समय बिताउँदै

“वैमनस्यता वा फोस्रो घमन्डले केही नगर तर विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान, तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:३, ४.

“जीवनसाथीलाई आफू र अरूभन्दा महत्त्वपूर्ण ठान्‍नुपर्छ भनी मैले सिकेको छु।”—१९ वर्षअघि विवाह गरेका सी.पी.

ध्यान दिएर सुन्‍नुहोस्‌।

“तिनीहरूलाई यो कुरा सम्झाइरहनू, कि तिनीहरू . . . झगडालु नहोऊन्‌, बरु व्यावहारिक होऊन्‌ र सबै मानिसहरूसित व्यवहार गर्दा नम्रता देखाऊन्‌।”—तीतस ३:१, २.

“जीवनसाथीसित झगडालु बोली बोलेनौं भने तनाव हुनै पाउँदैन। जीवनसाथीको कुरासित आफू सहमत हुन नसके पनि कुनै पूर्वाग्रह नराखी आदरपूर्वक सुन्‍नु महत्त्वपूर्ण छ।”—२० वर्षअघि विवाह गरेका पी.पी.

धैर्य गर्नुहोस्‌ र नम्र हुनुहोस्‌।

“धीरज गर्नाले राजालाई पनि मनाउन सकिन्छ, मीठो बोलीले कडा हड्डीलाई पनि गलाउन सकिन्छ।”—हितोपदेश २५:१५.

“परिवारमा विवाद त होला तर त्यसले कस्तो रूप लिने हो, त्यो हामीले देखाउने मनोभावमा भर पर्छ। धैर्य गऱ्‍यौं भने समस्या समाधान हुन्छ।”—२७ वर्षअघि विवाह गरेकी जी.ए.

मौखिक वा शारीरिक दुर्व्यवहार नगर्नुहोस्‌।

“अब यी सबै कुराहरूबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी, दुर्वचन, अनि तिमीहरूको मुखबाट निस्कने अश्‍लील बोली।”—कलस्सी ३:८.

“मेरो श्रीमान्‌ले देखाउनुभएको आत्मसंयमको म प्रशंसा गर्छु। उहाँ सधैं शान्त रहनुहुन्छ र मेरो आलोचना गर्नुहुन्‍न अनि मसित कहिल्यै ठूलो स्वरले बोल्नुहुन्‍न।”—२० वर्षअघि विवाह गरेकी बी.डी.

क्षमा दिन र मतभिन्‍नता सुल्झाउन ढिलो नगर्नुहोस्‌।

“यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।”—कलस्सी ३:१३.

“तनावको बेला शान्त रहन सधैं सजिलो हुँदैन। यस्तो बेला तपाईंले आफ्नो जीवनसाथीको चित्त दुख्ने बोली बोल्नुहोला वा त्यस्तो व्यवहार गर्नुहोला। यस्तो अवस्थामा क्षमा दिनु राम्रो हो। क्षमा नदिएमा वैवाहिक जीवन सफल हुन सक्दैन।”—३४ वर्षअघि विवाह गरेकी ए.बी.

स्वार्थ नराखी दिने र बाँडचुँड गर्ने बानी बसाल्नुहोस्‌।

“दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्‌। . . . किनकि तिमीहरू जुन नापले नाप्छौ अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्‌।”—लूका ६:३८.

“मलाई के मन पर्छ भनी मेरो श्रीमान्‌लाई थाह छ अनि उहाँ मैले आशै नगरेको बेला केही न केही उपहार दिनुहुन्छ। म पनि उहाँलाई कसरी खुसी पारौं भनेर सोच्ने गर्छु। त्यसैले हाम्रो वैवाहिक जीवन रमाइलो छ।”—४४ वर्षअघि विवाह गरेकी एच.के.

परिवारमा शान्ति कायम गर्ने कोसिस गरिरहनुहोस्‌।

बाइबलको सल्लाह लागू गरेर लाखौं परिवारले शान्ति कायम गर्न सकेका छन्‌। तीमध्ये थोरैको मात्र ब्यूँझनुहोस्‌!-ले अन्तरवार्ता लिएको थियो।a परिवारमा कसैले शान्ति कायम गर्न नचाहँदा पनि शान्ति कायम गर्ने प्रयास गर्नु राम्रो हो भनेर ती परिवारहरूले बुझे। किनकि बाइबल यसो भन्छ, “शान्तिको बढौती गर्नेलाई रमाहट हुन्छ।”—हितोपदेश १२:२०, NRV. (g15-E 12)

a पारिवारिक जीवन कसरी आनन्दित बनाउन सकिन्छ भन्‍ने विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको अध्याय १४ हेर्नुहोस्‌। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ। साथै jw.org/ne को हाम्रो बारेमा > अक्सर सोधिने प्रश्‍नहरू > पारिवारिक जीवन अन्तर्गत हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने