प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या २ पृ. १६
  • सम्बन्धमा एक नजर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सम्बन्धमा एक नजर
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भारत
  • डेनमार्क
  • अमेरिका
  • सफल वैवाहिक जीवनका लागि तयारी
    पारिवारिक आनन्दको रहस्य
  • बाइबलले विवाह नगरी सँगै बस्नेबारे के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के विवाह गर्नुअघि नै सँगै बस्नु ठीक हो?
    परिवारका लागि
  • विवाह टुट्‌नै लागेको छ भने
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या २ पृ. १६
एक व्यक्‍ति एक महिलासित भनाभन गर्दै

विश्‍वदर्शन

सम्बन्धमा एक नजर

सम्बन्ध राम्रो बनाउने सन्दर्भमा सल्लाह-सुझाव चाहियो भने तपाईं कहाँ खोज्नुहुन्छ? बाइबलमा वा अरू किताबमा? बाइबलमा भएको बुद्धिको कुरा हजारौं वर्षअघि लेखिए पनि हालसालै गरिएको अनुसन्धानसित कसरी मेल खान्छ, विचार गर्नुहोस्‌

भारत

सन्‌ २०१४ मा १८-२५ वर्षका युवाहरूबीच एउटा सर्वेक्षण गरिएको थियो। यसअनुसार ६१ प्रतिशत युवाहरूको विचारमा विवाहअघि यौनसम्बन्ध राख्नु “भारतमा कुनै नौलो कुरा होइन।” हिन्दुस्तान टाइम्स समाचारपत्रलाई मुम्बईको एक जना चिकित्सकले यसरी आफ्नो विचार व्यक्‍त गरे, “विवाह गर्ने उद्देश्‍यले नै युवाहरू विपरीत लिङ्‌गका व्यक्‍तिहरूसित चिनजान बढाउँछन्‌ भन्‍ने छैन। तिनीहरूको लागि कसैसित एक रात बिताउन, कुनै सोचविचार नगरी सम्बन्ध राख्न अथवा विवाह नगरी सँगै बस्न वचनबद्ध हुनुपर्छ भन्‍ने छैन।”

यसबारे सोच्नुहोस्‌: विवाहअघि यौनसम्बन्ध राख्दा यौनजन्य रोग लाग्ने अनि भावनात्मक पीडा हुने बढी सम्भावना हुन्छ कि विवाहपछि?—१ कोरिन्थी ६:१८.

डेनमार्क

परिवारका सदस्यहरूसित बारम्बार खटपट पर्ने व्यक्‍तिको ३५-५० वर्षको उमेरमा मृत्यु हुने जोखिम दोब्बर हुन्छ। कोपेनहेगनको विश्‍वविद्यालयका अनुसन्धानकर्ताहरूले लगभग १० हजार अधबैंसे व्यक्‍तिको ११ वर्ष लगाएर अध्ययन गरेका थिए। यस अध्ययनले परिवारका सदस्यहरूसित मिलेर बस्ने व्यक्‍तिभन्दा ठाकठुक परिरहने व्यक्‍तिको अकालमै मृत्यु हुने सम्भावना धेरै हुन्छ भनेर देखायो। एक अनुसन्धानकर्ताले भनेअनुसार चिन्ता र चुनौतीको सामना गर्ने अनि मनमुटाव सुल्झाउने व्यक्‍तिको “अल्प आयुमै मृत्यु हुने जोखिम धेरै कम हुन्छ।”

बाइबल के भन्छ? “अनुभवीले थोरै शब्द मात्र बोल्छ, समझशक्‍ति भएकोले ठण्डा मिजास राख्छ।”—हितोपदेश १७:२७.

अमेरिका

लुइसियानामा ५६४ नवविवाहित जोडीको अध्ययन गरियो। त्यस अध्ययनअनुसार विवाह अगाडि भेटघाटको क्रममा धेरै पटक एकअर्काबाट छुटिने अनि फेरि मिल्ने जोडीहरू विवाहको पाँच वर्षभित्र अलग हुने सम्भावना धेरै हुन्छ। तिनीहरूको धेरै झगडा पर्छ अनि आफ्नो वैवाहिक जीवनमा त्यत्ति खुसी हुँदैनन्‌।

बाइबल के भन्छ? “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्टाओस्‌।”—मत्ती १९:६. (g16-E No. 2)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने