प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bm भाग २१ पृ. २४
  • येशू ब्यूँतनुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू ब्यूँतनुहुन्छ!
  • बाइबल—यसले दिने सन्देश के हो?
  • मिल्दोजुल्दो सामग्री
  • प्रेरितहरू निडर भई प्रचार गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
  • परमेश्‍वर आफ्नो छोरालाई सम्झनुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • येसु फेरि जीवित हुनुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येशू पछिसम्म अर्थ राख्ने भविष्यवाणी गर्नुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
थप हेर्नुहोस्
बाइबल—यसले दिने सन्देश के हो?
bm भाग २१ पृ. २४
येशू स्वर्ग जानुहुन्छ

भाग २१

येशू ब्यूँतनुहुन्छ!

सिकाउन र प्रोत्साहन दिन येशू आफ्ना अनुयायीहरूकहाँ देखा पर्नुहुन्छ

येशूको मृत्युको तीन दिनपछि स्त्रीहरू जो येशूका चेला थिए, तिनीहरूले चिहानको ढोकालाई बन्द गरिराखेको ढुङ्‌गा हटाइएको भेट्टाए। त्यति मात्र होइन, चिहान रित्तो थियो!

दुई स्वर्गदूत देखा परे। एउटाले भने: “तिमीहरू . . . येशू नासरीलाई खोज्दैछौ। उहाँको पुनरुत्थान भएको छ।” (मर्कूस १६:६) तुरुन्तै ती स्त्रीहरू प्रेरितहरूलाई त्यो खबर सुनाउन दौडिए। बाटोमा तिनीहरूले येशूलाई भेटे। उहाँले भन्‍नुभयो: “नडराओ, जाओ, मेरा भाइहरूलाई गालीलमा जानलाई भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्‌।”—मत्ती २८:१०.

पछि येशूका दुई चेलाहरू यरूशलेमबाट इम्माउस भन्‍ने गाउँमा गइरहेका थिए। त्यति नै बेला, एक जना अपरिचित व्यक्‍ति तिनीहरूकहाँ आए र के कुरा गरिरहेको भनी सोधे। वास्तवमा उक्‍त व्यक्‍ति पुनरुत्थान हुनुभएका येशू हुनुहुन्थ्यो। उहाँ तिनीहरूले चिन्‍न नसक्ने रूपमा देखा पर्नुभएकोले सुरुमा तिनीहरूले उहाँलाई चिनेनन्‌। निन्याउरो अनुहार लगाउँदै तिनीहरूले येशूको कुरा गरिरहेको बताए। उक्‍त अपरिचित व्यक्‍तिले सम्पूर्ण धर्मशास्त्रमा मसीहसम्बन्धी लेखिएका कुरा व्याख्या गर्न थाले। वास्तवमा मसीहसम्बन्धी सानोभन्दा सानो भविष्यवाणी पनि येशूमा पूरा भयो।a चेलाहरूले उक्‍त अपरिचित व्यक्‍ति आत्मामा पुनरुत्थान हुनुभएका येशू हुनुहुन्छ भन्‍ने थाह पाएपछि उहाँ तिनीहरूको दृष्टिबाट हराउनुभयो।

ती दुई चेला तुरुन्तै यरूशलेम फर्के। त्यहाँ तिनीहरूले प्रेरितहरूलाई एउटा बन्द कोठाभित्र भेट्टाए। तिनीहरूले आफ्नो अनुभव बताउँदै गर्दा येशू देखा पर्नुभयो। तर्सिएका ती अनुयायीहरूले पत्याउनै सकेनन्‌! येशूले सोध्नुभयो: “तिमीहरूका हृदयमा किन शङ्‌का उत्पन्‍न हुन्छ? . . . यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र फेरि तेस्रो दिनमा मुर्दाबाट बिउँतनुपर्छ।”—लूका २४:३८, ४६.

पुनरुत्थान भएको ४० दिनसम्म येशू आफ्ना चेलाहरूकहाँ विभिन्‍न अवसरमा देखा पर्नुभयो। एक पटक त उहाँ ५०० भन्दा धेरैकहाँ देखा पर्नुभयो! सायद यसैबेला उहाँले तिनीहरूलाई यो गहन जिम्मेवारी दिनुभएको थियो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २८:१९, २०.

आफ्ना ११ विश्‍वासी प्रेरितसितको अन्तिम भेटमा येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ, औ तिमीहरू . . . पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) त्यसपछि येशू उचालिनुभयो र बादलले उहाँलाई तिनीहरूका दृष्टिबाट ढाक्यो।

— मत्ती अध्याय २८; मर्कूस अध्याय १६; लूका अध्याय २४; यूहन्‍ना अध्याय २० र २१; १ कोरिन्थी १५:५, ६ मा आधारित।

a येशूमा पूरा भएका मसीह सम्बन्धी भविष्यवाणीहरूको उदाहरणको लागि यही पुस्तिकाको भाग १४, भाग १५, भाग १६ र बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अतिरिक्‍त लेख येशू ख्रीष्ट प्रतिज्ञा गरिएको मसीह हेर्नुहोस्‌।

  • परमेश्‍वरले येशूको पुनरुत्थान गरिसक्नुभयो भनेर उहाँका चेलाहरूले कसरी थाह पाए?

  • इम्माउसतिर गइरहेका दुई चेलालाई येशूले के बताउनुभयो?

  • स्वर्गारोहण हुनुअघि येशूले आफ्ना चेलाहरूलाई कस्ता निर्देशन दिनुभयो?

पवित्र आत्मा

ब्रह्‍माण्डमा सबैभन्दा शक्‍तिशाली शक्‍ति परमेश्‍वरको पवित्र आत्मा हो। स्वर्ग र पृथ्वी सृष्टि गर्न अनि बाइबल लेख्न डोऱ्‍याइ दिन यहोवाले पवित्र आत्मा अर्थात्‌ सक्रिय शक्‍ति चलाउनुभयो। सबैभन्दा ठूलो चमत्कार, येशू ख्रीष्ट शक्‍तिशाली आत्मिक प्राणीको रूपमा पुनरुत्थान हुनुभएको लगायत हामीले पढेका जति पनि चमत्कारका विवरणहरू छन्‌ ती सबैको पछाडि यही पवित्र आत्माको हात छ।—उत्पत्ति १:२; २ शमूएल २३:२; प्रेरित १०:३८; १ पत्रुस ३:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने