प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ६/१५ पृ. ३०-३१
  • हामी जस्तोसुकै परीक्षाहरू पनि सामना गर्न सक्छौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी जस्तोसुकै परीक्षाहरू पनि सामना गर्न सक्छौं
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वरको नाना प्रकारको अनुग्रह”
  • परमेश्‍वरको अनुग्रहद्वारा परीक्षाहरूको सामना गर्न सकिन्छ
  • “सबै सान्त्वनाका परमेश्‍वर”
  • परमेश्‍वरको असीम अनुग्रह पाएकोमा आभारी!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • परीक्षाको बावजूद विश्‍वासलाई पक्रिराख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • के तपाईं ‘परमेश्‍वरको अनुग्रहको भण्डारे’ हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ६/१५ पृ. ३०-३१

हामी जस्तोसुकै परीक्षाहरू पनि सामना गर्न सक्छौं

के तपाईं अहिले आफ्नो जीवनमा कुनै एउटा परीक्षाको सामना गर्दै हुनुहुन्छ? के आफू आशाविहीन भएको अथवा समस्याको सामनै गर्न नसकेको अवस्थामा पुगेको जस्तो लाग्छ? के तपाईंलाई कहिलेकाहीं लाग्छ, मेरो जस्तो समस्या अरू कसैको छैन र यसको कुनै समाधान नै छैन? यसो हो भने, अब तपाईंले हार मान्‍नु पर्दैन! बाइबल हामीलाई आश्‍वासन दिन्छ, हामीले जस्तोसुकै परीक्षाको सामना गर्नु परे तापनि परमेश्‍वरले ती सबै परीक्षाको सामना गर्न हामीलाई सक्षम बनाउन सक्नुहुन्छ।

परमेश्‍वरका सेवकहरूले “अनेक किसिमका परीक्षाहरू” भोग्नुपर्नेछ भनेर बाइबल मानिलिन्छ। (याकूब १:२) “अनेक किसिमका” (युनानी पिकिलोस) भन्‍ने शब्दलाई ध्यान दिनुहोस्‌। पुरातन प्रयोगअनुसार मूल शब्दको अर्थ हो, “धेरै अनि विभिन्‍न” अथवा “रङबिरङ्‌गी” अनि यसले “विभिन्‍न किसिमका परीक्षाहरूलाई” जोड दिन्छ। अतः लाक्षणिक रूपमा भन्‍नुपर्दा “अनेक किसिमका परीक्षाहरू” भन्‍नाले त्यस्ता परीक्षाहरू हुन्‌ जुन धेरै रङहरू लिएर आउँछन्‌। तर यहोवाले हामीलाई मदत गर्नुहुन्छ, फलतः हामी ती प्रत्येक समस्याको सामना गर्न सक्छौं। यस कुरामा हामी कसरी ढुक्क हुन सक्छौं?

“परमेश्‍वरको नाना प्रकारको अनुग्रह”

प्रेरित पत्रुस भन्छन्‌, मसीहीहरू “नाना किसिमका परीक्षाको तकलीफमा” पर्छन्‌। (१ पत्रुस १:६) पछि आफ्नो प्रेरित पत्रमा उनले भने, “परमेश्‍वरको नाना प्रकारको अनुग्रह।” (१ पत्रुस ४:१०) “नाना प्रकारको” भन्‍ने वाक्यांशमा त्यही मूल यूनानी शब्दका रूपहरू प्रयोग गरिएको छ। यस अभिव्यक्‍तिबारे टिप्पणी गर्दै एक जना बाइबल विद्धान्‌ भन्छन्‌: “यो विचार गहिरो छ। . . . परमेश्‍वरको अनुग्रहलाई [अथवा असीम करुणा] पोइकिलोस भन्‍नुको अर्थ, त्यस्तो कुनै मानव परिस्थिति छैन, जसको सामना परमेश्‍वरको अनुग्रहद्वारा गर्न सकिंदैन।” उनी अझै यसो भन्छन्‌: “त्यस्तो कुनै सम्भाव्य परिस्थिति, सङ्‌कट, आकस्मिकता अथवा तुरुन्तै पुरा गर्नुपर्ने आवश्‍यकता छैन जसको समाधान परमेश्‍वरको अनुग्रहद्वारा गर्न सकिंदैन। परमेश्‍वरको अनुग्रहद्वारा सामना गर्न नसकिने परीक्षा जीवनमा छँदै छैन। विविधतालाई चित्रित गर्ने शब्द पोइकिलोस-ले सीधै हाम्रो ध्यान धेरै रङहरू भएको परमेश्‍वरको अनुग्रहमा खिच्छ जुन जस्तोसुकै समस्या सामना गर्न यथेष्ट छ।”

परमेश्‍वरको अनुग्रहद्वारा परीक्षाहरूको सामना गर्न सकिन्छ

पत्रुसअनुसार परमेश्‍वरले असीम अनुग्रह व्यक्‍त गर्नुहुने एउटा तरिका ती विभिन्‍न व्यक्‍तिहरूद्वारा हो जसद्वारा मसीही मण्डली बनेको छ। (१ पत्रुस ४:११) परमेश्‍वरका प्रत्येक सेवकहरूसित आध्यात्मिक वरदान अथवा क्षमताहरू छन्‌ जुन परीक्षाहरू सहिरहेकाहरूको लागि प्रोत्साहनको स्रोत बन्‍न सक्छ। (रोमी १२:६-८) जस्तै, मण्डलीका कोही-कोही सदस्यहरू सिपालु बाइबल शिक्षकहरू हुन्छन्‌। अन्तरदृष्टिले भरिएका तिनीहरूका शब्दहरूले अरूलाई परीक्षा सहन बल दिनुका साथै हौसला दिन्छ। (नहेम्याह ८:१-४, ८, १२) अन्य कतिपयले चाहिं मदतको खाँचो परेकाहरूको घरमा नियमित तवरमा गोठालो भेट गर्छन्‌। यस्ता भ्रमणहरूको उद्देश्‍य प्रोत्साहन र ‘हृदयलाई सान्त्वना’ दिनु हो। (कलस्सी २:२) विश्‍वासलाई बलियो बनाउने यस्ता भ्रमणहरूको दौडान निरीक्षकहरूले आध्यात्मिक वरदान दिन्छन्‌। (यूहन्‍ना २१:१६) मण्डलीमा त्यस्ता व्यक्‍तिहरू पनि छन्‌, जो परीक्षाहरूले गर्दा निराश भएका सँगी विश्‍वासीहरूसित व्यवहार गर्दा आत्मीय, अनुकम्पा र कोमलतासाथ व्यवहार गर्नेहरू भनी चिनिन्छन्‌। (प्रेरित ४:३६; रोमी १२:१०; कलस्सी ३:१०) यस्ता भाइबहिनीहरूले देखाएको समानुभूति र सक्रिय सहयोग परमेश्‍वरको असीम अनुग्रहको विशेष अभिव्यक्‍ति अथवा “रङ” हो।—हितोपदेश १२:२५; १७:१७.

“सबै सान्त्वनाका परमेश्‍वर”

सबैभन्दा मुख्य कुरा, स्वयम्‌ यहोवाले सान्त्वना दिनुहुन्छ। उहाँ ‘सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ जसले कुनै पनि सङ्‌कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ।’ (२ कोरिन्थी १:३, ४) परमेश्‍वरको प्रेरित वचनमा पाइने बुद्धि र पवित्र आत्माले दिने बल नै मदतको लागि गरिएका हाम्रा प्रार्थनाहरूको यहोवाले जवाफ दिने मुख्य तरिका हो। (यशैया ३०:१८, २१; लूका ११:१३; यूहन्‍ना १४:१६) प्रेरित पावलले गरेको प्रेरित प्रतिज्ञाको लागि हामी खुसी हुन सक्छौं। उनले यसो भने: “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।”—१ कोरिन्थी १०:१३.

हो, हाम्रो परीक्षाको “रङ” अथवा प्रकृति जस्तोसुकै भए तापनि परमेश्‍वरको असीम अनुग्रहद्वारा सामना गर्न नसकिने त्यस्तो कुनै परीक्षा छैन। (याकूब १:१७) यहोवाका सेवकहरूको परीक्षा र चुनौतीहरू जतिसुकै विविध भए तापनि यहोवाले तिनीहरूको लागि गर्नुहुने सामायिक र उपयुक्‍त मदत “परमेश्‍वरका नाना प्रकारका ज्ञान[को]” एउटा प्रमाण मात्र हो। (एफिसी ३:१०) के तपाईं यस कुरामा सहमत हुनुहुन्‍न?

[पृष्ठ ३१-मा भएका चित्रहरू]

यहोवाले हामीलाई हाम्रा परीक्षाहरूको सामना गर्न मदत दिनुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने