प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ११/१ pp. १२-१५
  • परमेश्‍वर र मानिसको नजरमा आदरणीय विवाह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वर र मानिसको नजरमा आदरणीय विवाह
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कानुनी विवाह नै आदरणीय विवाह
  • परम्परागत विवाह र सरकारी प्रतिनिधिअघि गरिने विवाह
  • विवाहलाई आदरणीय बनाइराख्नुहोस्‌
  • आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यहोवाको आदर गर्ने विवाहहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवालाई आदर गर्ने आनन्दमय विवाहहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ११/१ pp. १२-१५

परमेश्‍वर र मानिसको नजरमा आदरणीय विवाह

“कानामा एउटा विवाह थियो . . . येशू र उहाँका चेलाहरूलाई पनि विवाहमा निम्तो थियो।”—यूहन्‍ना २:१, २.

१. येशू जानुभएको कानाको भोजको विवरणले कुन कुरालाई देखाउँछ?

परमेश्‍वरका मानिसहरूबीच हुने आदरणीय विवाहले आनन्द ल्याउँछ भनेर येशू, उहाँकी आमा र उहाँका केही चेलाहरूलाई थाह थियो। ख्रीष्टले पहिलो चोटि एउटा विवाह भोजमा चमत्कार गर्नुभएको थियो। त्यस चमत्कारले गर्दा त्यो विवाह विशिष्ट त भयो नै, त्यसबाहेक त्यहाँको रौनकता पनि बढ्यो। (यूहन्‍ना २:१-११) आनन्दित विवाहित जोडीको रूपमा यहोवाको सेवा गर्न चाहने मसीहीहरूको विवाहमा तपाईं पनि जानुभएर रमाइलो गर्नुभएको होला। हुनसक्छ तपाईं आफै त्यस्तो विवाह गर्ने तरखरमा हुनुहुन्छ वा आफ्नो साथीको विवाह समारोह सफल पार्न सघाउँदै हुनुहुन्छ। त्यस्तो विवाह समारोह सफल पार्न के गर्न सकिन्छ?

२. विवाहबारे बाइबलमा कस्तो जानकारी पाइन्छ?

२ विवाह गर्ने तयारी गरिरहेकाहरूका लागि परमेश्‍वरको प्रेरित वचन बाइबलमा पाइने सल्लाह एकदमै मदतकारी साबित भएको कुरा मसीहीहरूले अनुभव गरेका छन्‌। (२ तिमोथी ३:१६, १७) हो, मसीहीहरूले विवाह गर्दा यसरी नै गर्नुपर्छ भनेर एक-एक प्रक्रिया त बाइबलमा दिइएको छैन। त्यो व्यावहारिक पनि हो किनभने ठाउँ र समयअनुसार विवाह गर्ने प्रचलन र कानुनी आवश्‍यकताहरू फरक-फरक हुन्छन्‌। उदाहरणका लागि, प्राचीन इस्राएलमा कुनै विवाह समारोह हुँदैन थियो। विवाहको दिन दुलहाले दुलहीलाई आफ्नो घर अर्थात्‌ बुबाको घरमा भित्र्याउँथे। (उत्पत्ति २४:६७; यशैया ६१:१०; मत्ती १:२४) यसरी कुनै समारोहविना सबैको सामु दुलही घर भित्र्याउनुलाई नै विवाह मानिन्थ्यो। आजकलको धेरैजसो विवाहमा जस्तो कुनै समारोह हुँदैन थियो।

३. कानामा भएको कस्तो खालको भोजमा येशूले रौनकता थपिदिनुभयो?

३ कुनै विवाह समारोहविना दुलही घर भित्र्याउनुलाई नै इस्राएलीहरूले विवाह मान्थे। त्यसपछि, सायद तिनीहरूले भोज गर्थे। यूहन्‍ना २:१ मा बताइएको भोज त्यस्तै खालको भोज थियो। थुप्रै बाइबल संस्करणहरूमा उक्‍त पदलाई यसरी अनुवाद गरिएको छ: “कानामा एउटा विवाह थियो।” तर मूल भाषामा त्यसलाई “विवाह भोज” वा “विवाह भतेर” भनेर उपयुक्‍त शब्द प्रयोग गरिएको छ।a (मत्ती २२:२-१०; २५:१०; लूका १४:८) कानाको विवाहको विवरणले बताएअनुसार येशू विवाह भोजमा जानुभयो र उहाँले यहूदी विवाहसित सम्बन्धित भोजमा रौनकता थपिदिनुभयो। तर हामीले मनमा राख्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के हो भने, येशूको समयको र अहिलेको विवाह गर्ने प्रक्रिया फरक छ।

४. केही मसीहीहरूले कस्तो विवाह गर्ने छनौट गर्छन्‌ र किन?

४ आज थुप्रै देशमा, विवाह गर्न चाहने मसीहीहरूले आफ्नो देशका निश्‍चित कानुनी आवश्‍यकताहरू पूरा गर्नै पर्छ। ती आवश्‍यकताहरू पूरा गरेपछि मात्र तिनीहरूले कानुनी तवरमा स्वीकार्य कुनै पनि तरिकामा विवाह गर्न सक्छन्‌। त्यस्तो विवाह न्यायाधीश, मेयर वा विवाह गराइदिन सरकारबाट अधिकार पाएका यहोवाका साक्षीको अघि सानो र साधारण समारोहबीच पनि सम्पन्‍न हुन सक्छ। कतिपयले चाहिं आफन्त वा मसीही साथीहरूलाई सम्भवतः साक्षीको रूपमा राख्न वा आफ्नो त्यो महत्त्वपूर्ण क्षणको खुसी बाँड्‌न त्यस्तो विवाहमा बोलाउँछन्‌। (यर्मिया ३३:११; यूहन्‍ना ३:२९) अरू मसीहीहरूले भने ठूलो योजना बनाउनुपर्ने र निकै खर्च लाग्ने ठूलो भोज नगर्ने छनौट गर्न सक्छन्‌। बरु तिनीहरूले नजिकका केही आफन्त र साथीहरूलाई मात्र बोलाएर खुसियाली मनाउलान्‌। यस सन्दर्भमा हाम्रो व्यक्‍तिगत छनौट जेसुकै भए तापनि अन्य परिपक्व मसीहीहरूको दृष्टिकोण भने हाम्रो भन्दा फरक हुन सक्छ भनेर हामीले मानिलिनुपर्छ।—रोमी १४:३, ४.

५. थुप्रै मसीहीहरूले आफ्नो विवाहमा किन बाइबल आधारित भाषण दिन अनुरोध गर्न सक्छन्‌ र यसले कुन कुरालाई देखाउँछ?

५ धेरैजसो मसीही जोडीले आफ्नो विवाहमा बाइबल आधारित भाषण दिन अनुरोध गर्ने छनौट गर्न सक्छन्‌।b विवाहको सुरुआतकर्ता यहोवा हुनुहुन्छ अनि विवाहलाई आनन्दित र सफल पार्ने बुद्धिमानी सल्लाह उहाँले आफ्नो वचनमा दिनुभएको छ भनेर तिनीहरूलाई थाह छ। (उत्पत्ति २:२२-२४; मर्कूस १०:६-९; एफिसी ५:२२-३३) धेरैजसो जोडीहरू यस खुसीको क्षणमा सँगी विश्‍वासी र आफन्तहरू उपस्थित भएको चाहन्छन्‌। तर, विवाहसम्बन्धी थुप्रै प्रकारका कानुनी आवश्‍यकता तथा प्रक्रियाका साथै आफ्नो ठाउँका प्रचलनहरूलाई समेत हामीले कसरी हेर्नुपर्छ? विवाह गर्ने तरिकाहरू विभिन्‍न ठाउँमा बेग्लाबेग्लै हुन्छन्‌। त्यसबारे यस लेखमा छलफल गरिनेछ। तीमध्ये केही तरिकाहरू तपाईंले जानेका वा तपाईंको ठाउँका भन्दा निकै भिन्‍न हुन सक्छन्‌। तैपनि, परमेश्‍वरका सेवकहरूका लागि चाहिने खास सिद्धान्त वा पक्षहरूलाई ध्यान दिन सक्नुहुन्छ।

कानुनी विवाह नै आदरणीय विवाह

६, ७. हामीले किन विवाहसम्बन्धी कानुनी पक्षलाई पनि ध्यान दिनुपर्छ र यो कसरी गर्न सक्छौं?

६ विवाहको सुरुआतकर्ता यहोवा हुनुहुन्छ। तैपनि, विवाह गर्नेहरूले मानव सरकारका केही आवश्‍यकताहरू पूरा गर्नुपर्छ। यसो गर्नु उचित पनि हो। किनभने येशूले यसो भन्‍नुभयो: “सिजरका चीजहरू सिजरलाई देओ, र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई।” (मर्कूस १२:१७) त्यसैगरि, प्रेरित पावलले पनि यस्तो निर्देशन दिए: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌, किनभने परमेश्‍वरका बाहेक अरूको अख्तियार हुँदैन, औ अख्तियारहरूचाहिं परमेश्‍वरबाट खटिएका हुन्छन्‌।”—रोमी १३:१; तीतस ३:१.

७ धेरैजसो देशमा सिजर अर्थात्‌ सरकारी अख्तियारवालाले नै कोही व्यक्‍ति विवाह गर्न योग्य भए/नभएको निर्णय गर्छन्‌। त्यसैले, विवाहको लागि धर्मशास्त्रीय आवश्‍यकता पूरा गरिसकेका मसीही पुरुष र स्त्रीले आफ्नो ठाउँका कानुनी आवश्‍यकता पनि गम्भीरतापूर्वक पालन गर्छन्‌। यसरी कानुनी आवश्‍यकता पूरा गर्नुमा विवाह गराइदिन सरकारबाट अख्तियार पाएको प्रतिनिधिबाट विवाहको प्रमाणपत्र लिनु र सम्भवतः विवाहपछि विवाह दर्ता गराउनु समावेश हुन सक्छ। सिजर अगस्टसले आ-आफ्नो नाउँ “दर्ता” गराउनू भन्‍ने हुकुम जारी गर्दा यूसुफ र मरियम पनि आफ्नो नाउँ “दर्ता गराउन” बेतलेहेम गए।—लूका २:१-५, NRV.

८. विवाह जिम्मेवारीपूर्ण छ भनेर यहोवाका साक्षीहरूले कसरी देखाउँछन्‌?

८ मसीही पुरुष र स्त्रीले वैधानिक अर्थात्‌ कानुनी तवरमा स्वीकार्य विवाह गर्दा परमेश्‍वरको नजरमा तिनीहरू विवाहित जोडी हुन्छन्‌ अर्थात्‌ एकअर्काप्रति जिम्मेवार हुन्छन्‌। त्यसैले, कानुनले दिन्छ भन्दैमा यहोवाका साक्षीहरू एकभन्दा बढी तरिकामा कानुनी विवाह गरिरहँदैनन्‌ नता आफ्नो विवाहको २५ औं वा ५० औं जस्ता वार्षिकी मनाउँदा वैवाहिक वाचा नै दोहोऱ्‍याउँछन्‌। (मत्ती ५:३७) (पादरीहरूले विवाहित जोडीलाई पति-पत्नी घोषित नगरेसम्म त्यो विवाह मान्य हुन सक्दैन भनेर दाबा गर्दै केही चर्चहरूले कानुनी तवरमा मान्य विवाहलाई स्वीकार्य ठान्दैनन्‌।) धेरै मुलुकमा, सरकारले यहोवाका कुनै साक्षीलाई कानुनी विवाह गराइदिने अधिकार दिन्छ। त्यस्तो भाइ छन्‌ भने विवाह भाषण भएकै बेला तिनले राज्यभवनमा कानुनी विवाह गराइदिन सक्छन्‌। राज्यभवन भनेको यहोवाका साक्षीहरूले साँचो उपासना गर्ने ठाउँ हो र विवाहको आरम्भकर्ता यहोवा परमेश्‍वर नै हुनुभएकोले विवाह भाषण दिने उपयुक्‍त ठाउँ पनि यही नै हो।

९. (क) कानुनी विवाह गरिसकेपछि मसीही जोडीले के गर्ने छनौट गर्न सक्छन्‌? (ख) विवाह दिनको लागि तयारी गर्दा प्राचीनहरू कसरी मुछिन्छन्‌?

९ कतिपय मुलुकमा विवाह गर्न चाहने जोडीले सरकारले तोकेको कार्यालयमा गएर वा विवाह गराइदिन अधिकार पाएको सरकारी प्रतिनिधिको अघि विवाह गर्नुपर्ने कानुनी प्रावधान छ। अक्सर, मसीहीहरूले त्यो कानुनी आवश्‍यकता पूरा गरिसकेपछि त्यही दिन वा भोलिपल्ट राज्यभवनमा विवाह भाषण दिन लगाउने छनौट गर्न सक्छन्‌। (कानुनी तवरमा विवाह गरिसकेपछि बाइबल आधारित विवाह भाषण दिन तिनीहरू ढिलाइ गर्न चाहँदैनन्‌ किनभने मसीही मण्डलीलगायत परमेश्‍वर र मानिसको अघि तिनीहरू कानुनी तवरमा विवाहित भइसकेका छन्‌।) यसरी कानुनी विवाह गरिसकेको जोडीले राज्यभवनमा विवाह भाषण दिन अनुरोध गर्न चाहन्छन्‌ भने मण्डलीको सेवा समितिमा भएका प्राचीन भाइहरूसित पहिल्यै अनुमति माग्नुपर्छ। ती प्राचीनहरूले विवाहित जोडी राम्रो नाउँ कमाएकाहरू हुन्‌ कि होइनन्‌ भनेर पक्का त गर्छन्‌ नै त्यसको साथै विवाह भाषणले गर्दा मण्डलीका नियमित सभा तथा अन्य कार्यक्रममा बाधा पो पुग्छ कि, त्यो पनि पक्का गर्छन्‌। (१ कोरिन्थी १४:३३, ४०) विवाह भाषणको लागि राज्यभवन सजाउन जोडीले अनुरोध गरेका छन्‌ भने त्यो पनि तिनीहरूले निरीक्षण गर्नेछन्‌ साथै विवाहको लागि राज्यभवन प्रयोग गरिंदैछ भनेर मण्डलीमा घोषणा गर्ने कि नगर्ने, त्यो पनि निर्णय गर्नेछन्‌।

१०. सरकारी प्रतिनिधिको अघि विवाह गर्नै पर्छ भने, यसले विवाह भाषण दिने सन्दर्भमा कसरी असर गर्छ?

१० विवाह भाषण दिने प्राचीनले भाषणलाई न्यानो, आध्यात्मिक तवरमा उत्थानदायी र मर्यादित बनाउने प्रयास गर्नेछन्‌। मसीही जोडीले सरकारी प्रतिनिधिको अघि विवाह गरिसकेका छन्‌ भने, वक्‍ताले तिनीहरू सिजरको नियम अर्थात्‌ सरकारी कानुनअनुसार विवाहित भइसकेको कुरा स्पष्ट पार्नेछन्‌। तिनीहरूले यसरी कानुनी विवाह गर्दा विवाह वाचा बाँधेका छैनन्‌ भने विवाह भाषणमा त्यो वाचा बाँध्न सक्छन्‌।c कानुनी विवाह गर्दा नै वाचा बाँधिसकेका छन्‌ तर विवाहित जोडीले यहोवा र मण्डलीको अघि पनि सो वाचा फेरि दोहोऱ्‍याउन चाहन्छन्‌ भने चाहिं भूत कालमा अर्थात्‌ वाचा पहिल्यै बाँधिसकेको अर्थ लाग्ने गरी गर्नुपर्छ। यसो गर्दा तिनीहरू ‘एक साथ जोडिसकेका’ रहेछन्‌ भनेर प्रस्ट हुन्छ।—मत्ती १९:६; २२:२१.

११. कुनै-कुनै ठाउँमा मसीही जोडीहरूले कसरी विवाह गर्छन्‌ र यसले विवाह भाषण दिने सन्दर्भमा कस्तो असर गर्छ?

११ कुनै-कुनै ठाउँमा विवाह गर्ने जोडीले विवाह समारोह गर्नुपर्ने कानुनी बाध्यता नहुन सक्छ, यहाँसम्म कि सरकारी प्रतिनिधिको अघि समेत। हस्ताक्षर गरेको विवाह दर्ता फारम सरकारी अधिकारीलाई पेस गरेपछि विवाह भएको ठहर्छ। त्यो बुझाएको फारम नै विवाह दर्ता भएको प्रमाणपत्र हुन्छ। अबउसो ती जोडी पति-पत्नी हुन्‌ अर्थात्‌ त्यो विवाह दर्ता भएको दिनदेखि उक्‍त जोडीलाई पति-पत्नीको रूपमा हेरिन्छ। यसरी विवाह गर्ने जोडीले विवाह दर्ता गरेको लगत्तै राज्यभवनमा बाइबल आधारित भाषण दिन अनुरोध गर्न सक्छन्‌। दुलहा-दुलहीले विवाह भाषण दिन आध्यात्मिक तवरमा परिपक्व कुनै भाइलाई अनुरोध गर्न सक्छन्‌। उक्‍त भाइले, तिनीहरूले भर्खरै विवाह दर्ता गरेका छन्‌ र अबउसो तिनीहरू विवाहित जोडी हुन्‌ भनेर उपस्थित सबैलाई भाषणको दौडान जानकारी दिनेछन्‌। त्यसपछि अनुच्छेद १० र त्यसको पादटिप्पणीमा बताइएअनुसार वाचा बाँध्न लगाउनेछन्‌। राज्यभवनमा उपस्थित सबैले ती जोडीसित रमाहट गर्नेछन्‌ र परमेश्‍वरको वचनमा आधारित सल्लाहबाट फाइदा उठाउनेछन्‌।—श्रेष्ठगीत ३:११.

परम्परागत विवाह र सरकारी प्रतिनिधिअघि गरिने विवाह

१२. परम्परागत विवाह के हो र यस्तो विवाह गरिसकेपछि के गर्ने सल्लाह दिइन्छ?

१२ कतिपय देशहरूमा विवाह गर्ने जोडीहरूले परम्परागत विवाह गर्छन्‌। यस्तो विवाहमा विवाह नगरी सँगै बस्ने चलन र विधिअनुसार नगरिएको विवाह पर्दैन। विधिअनुसार नगरिएको विवाह स्थानीय तवरमा त केही हदसम्म स्वीकार्य होला तर कानुनी तवरमा भने पूर्णतया मान्य हुँदैन।d हामी यहाँ कुनै जाति वा इलाकामा सर्वमान्य भएको परम्परागत विवाहबारे कुरा गर्दैछौं। यस्तो विवाहमा दुलहीको मोल तिर्नुपर्ने चलन पनि हुन सक्छ। यसरी गरिएको विवाह कानुनी र धर्मशास्त्रीय तवरमा स्वीकार्य ठहरिन्छ। यस्तो परम्परागत विवाह गरेका जोडीलाई सरकारले कानुनी तवरमा स्वीकार्छ र विवाहित जोडीको रूपमा मान्यता दिन्छ। यसरी परम्परागत तरिकामा विवाह गरिसकेपछि साधारणतया विवाहित जोडीले विवाह दर्ता गरेर सरकारी प्रमाणपत्र प्राप्त गर्न सक्छन्‌। यसरी विवाह दर्ता गर्दा, विवाहित जोडीले वा पतिको मृत्यु भएको अवस्थामा पत्नीले र भविष्यमा छोराछोरीले कानुनी सुरक्षा पाउन सक्छन्‌। यस्तो परम्परागत विवाह गर्ने जोडीलाई जतिसक्दो चाँडो विवाह दर्ता गर्न मण्डलीले आग्रह गर्छ। चाखलाग्दो कुरा, मोशाको व्यवस्थाअनुसार पनि सरकारी तवरमा विवाह दर्ता र जन्म दर्ता गरिन्थ्यो जस्तो देखिन्छ।—मत्ती १:१-१६.

१३. परम्परागत विवाहपछि विवाह भाषण दिने हो भने के गर्नु उचित हुन्छ?

१३ यसरी कानुनी तवरमा स्वीकार्य परम्परागत विवाह गरेपछि त्यो जोडी पति-पत्नी हुन्छन्‌। त्यसपछि उक्‍त मसीही जोडीले राज्यभवनमा विवाह वाचासहितको विवाह भाषण दिन पनि अनुरोध गर्न सक्छन्‌। विवाह भाषण दिने भएमा, वक्‍ताले ती जोडी कानुनी तवरमा स्वीकार्य परम्परागत विवाह गरी विवाहित भइसकेका छन्‌ भन्‍ने कुरा बुझेको हुनुपर्छ। विवाह भाषण एकै चोटि मात्र दिइन्छ। त्यसको मतलब, यस अवस्थामा भन्‍नुपर्दा तिनीहरूले विवाह एक चोटि मात्र गर्छन्‌ अर्थात्‌ कानुनी तवरमा मान्य परम्परागत विवाह र धर्मशास्त्रमा आधारित एउटा भाषण। विवाहको यी दुई पक्षलाई सकभर सँगसँगै त्यो पनि हुनसके एकै दिनमा गर्दा समुदायमा मसीही विवाहलाई आदरणीय बनाउन योगदान पुग्छ।

१४. परम्परागत र सरकारी प्रतिनिधिको अघि गरिने दुवै विवाह गर्न सकिने प्रबन्ध छ भने मसीही जोडीले के गर्न सक्छन्‌?

१४ परम्परागत विवाहलाई कानुनी विवाहको मान्यता दिने केही मुलुकमा सरकारी प्रतिनिधिको अघि विवाह गर्न सकिने प्रबन्ध पनि हुन सक्छ। यस्तो विवाहमा वैवाहिक वाचा बाँध्नु र विवाह दर्ता गर्नु दुवै समावेश हुन सक्छ। केही मसीही जोडीहरूले परम्परागत विवाहभन्दा सरकारी प्रतिनिधिको अघि नै विवाह गर्न रुचाउँछन्‌। यी दुई प्रकारको विवाहमध्ये एउटा गरे पुग्छ, दुवै गर्नुपर्ने कानुनी बाध्यता छैन किनभने कानुनअनुसार दुवै प्रकारको विवाह मान्य हुन्छ। विवाह भाषण र विवाह वाचाबारे अनुच्छेद ९ र १० मा भनिएको कुरा यहाँ पनि लागू हुन्छ। मुख्य कुरा, जोडीले परमेश्‍वर र मानिसको अघि आदरणीय ढंगमा विवाह गर्नु हो।—लूका २०:२५; १ पत्रुस २:१३, १४.

विवाहलाई आदरणीय बनाइराख्नुहोस्‌

१५, १६. विवाहकै दिनदेखि विवाहलाई कसरी आदरणीय बनाउन सकिन्छ?

१५ फारसका राजाको वैवाहिक सम्बन्धमा समस्या उत्पन्‍न हुँदा उनका मुख्य सल्लाहकार ममूकानले तिनलाई यस्तो लाभदायी सल्लाह दिए जसले गर्दा “सबै स्त्रीहरूले आफ्ना पतिहरूको आदर” गर्न सक्थे। (एस्तर १:२०) मसीही विवाहमा पत्नीहरूले आफ्ना पतिहरूको आदर गर्नुपर्छ भनेर कुनै पनि मानव राजाले आदेश दिइरहनु पर्दैन, पत्नीहरू आफै आफ्ना पतिहरूको आदर गर्न चाहन्छन्‌। त्यसैगरि, मसीही पतिहरूले पनि आफ्ना पत्नीहरूलाई ‘आदर दिन्छन्‌’ र उनीहरूको प्रशंसा गर्छन्‌। (हितोपदेश ३१:११, ३०; १ पत्रुस ३:७) विवाह गरेको धेरै वर्ष बितिसकेपछि मात्र विवाहलाई आदरणीय बनाउन थाल्ने होइन। यो त विवाहको दिनदेखि नै सुरु गर्नुपर्छ।

१६ विवाहको दिनमा आदर देखाउनुपर्ने दुलहा-दुलहीले मात्र होइन। मसीही प्राचीनले विवाह भाषण दिन्छन्‌ भने त्यो भाषण पनि आदरणीय हुनुपर्छ। भाषण दिंदा विवाह गर्ने जोडीलाई नै तोकेर दिनुपर्छ। विवाह गर्ने जोडीलाई आदर देखाउने एउटा तरिका विवाह भाषण पनि भएकोले वक्‍ताले ठट्यौली कुरा, समाजमा पहिलेदेखि नै भनिंदै आएका किंवदन्तीहरू भाषणमा प्रयोग गर्नेछैनन्‌। तिनले दुलहा-दुलही र अन्य श्रोतालाई अप्ठ्यारोमा पार्न सक्ने नितान्त व्यक्‍तिगत कुराहरू भाषणमा समावेश गर्नु हुँदैन। त्यसको साटो, तिनले विवाहको सुरुआतकर्ता यहोवा र उहाँको उत्कृष्ट सल्लाहलाई जोड दिंदै भाषणलाई न्यानो र उत्थानदायी बनाउने प्रयास गर्नेछन्‌। हो, प्राचीनले दिएको मर्यादित विवाह भाषणले विवाहको दिनलाई यहोवा परमेश्‍वरको आदर गर्ने बनाउनमा ठूलो योगदान पुऱ्‍याउनेछ।

१७. मसीहीहरूले विवाहसम्बन्धी कानुनी आवश्‍यकता पनि किन पूरा गर्नुपर्छ?

१७ यस लेखमा विवाहसम्बन्धी थुप्रै कानुनी पक्षहरू तपाईंले याद गर्नुभयो होला। यस लेखमा बताइएको कुनै-कुनै पक्ष तपाईंको ठाउँमा सीधै लागू नहोला। यद्यपि हामी यहोवाका साक्षीहरूको विवाहले स्थानीय कानुन अर्थात्‌ सिजरको नियमप्रति आदर देखाउनु कत्ति महत्त्वपूर्ण छ भनेर हामी सबै सजग हुनुपर्छ। (लूका २०:२५) पावलले हामीलाई यस्तो आग्रह गरे: “तिर्नु पर्ने कुरा सबैलाई तिर—कर तिर्नु पर्नेलाई कर, महसूल तिर्नु पर्नेलाई महसूल . . . आदर गर्नु पर्नेलाई आदर गर।” (रोमी १३:७) हो, यहोवाले अहिले हाम्रो समयको लागि गर्नुभएको प्रबन्ध अर्थात्‌ सरकारी अख्तियारवालाहरूप्रति मसीहीहरूले आफ्नो विवाहको दिनदेखि नै आदर देखाउनु उचित हो।

१८. विवाहमा स्वेच्छाले गरिने एउटा कुन पक्षलाई ध्यान दिनुपर्छ र यसबारे कहाँ जानकारी पाउन सक्छौं?

१८ धेरैजसो मसीहीहरूले विवाह समारोहपछि भोज वा सानो जमघटको आयोजना गर्छन्‌। तपाईंले सम्झनुभएकै होला, येशू पनि यस्तै एउटा विवाह भोजमा जानुभएको थियो। हामी पनि त्यस्तै जमघट गर्दैछौं भने, त्यसलाई परमेश्‍वरको आदर गर्ने अनि दुलहा-दुलही र मसीही मण्डलीको राम्रो छबी झल्काउने बनाउन बाइबलको सल्लाहले हामीलाई कसरी मदत गर्न सक्छ? यस विषयलाई अर्को लेखमा छलफल गरिनेछ।e (w 06 10/15)

[फुटनोटहरू]

a विवाहसित सम्बन्ध नभएको भोजको लागि पनि त्यही युनानी शब्द चलाउन सकिन्छ।—एस्तर ९:२२, सेप्टुआजिन्ट।

b यहोवाका साक्षीहरूले “परमेश्‍वरको दृष्टिमा आदरणीय विवाह” शीर्षकको ३० मिनेटको विवाह भाषणको रूपरेखा चलाउँछन्‌। यस भाषणले पारिवारिक आनन्दको रहस्य किताब र यहोवाका साक्षीहरूका अन्य प्रकाशनहरूमा पाइने उत्तम धर्मशास्त्रीय सल्लाहलाई जोड दिन्छ। यो भाषणको विषयवस्तु विवाह गर्ने जोडी र अन्य उपस्थित सबैका लागि मदतकारी हुन्छ।

c विवाह वाचासम्बन्धी स्थानीय कानुनले अन्य कुरा माग्दैन भने परमेश्‍वरको आदर गर्ने यी वाचाहरू प्रयोग गरिन्छ। दुलहाको लागि: “म [दुलहाको नाउँ] तपाईं [दुलहीको नाउँ]-लाई परमेश्‍वरको वैवाहिक प्रबन्ध अनुरूप पृथ्वीमा सँगै बाँचुन्जेल पवित्र धर्मशास्त्रमा मसीही पतिका लागि दिइएको ईश्‍वरीय नियमबमोजिम प्रेम र कदर गर्न मेरो विवाहित पत्नीको रूपमा स्वीकार्छु। दुलहीको लागि: “म [दुलहीको नाउँ] तपाईं [दुलहाको नाउँ]-लाई परमेश्‍वरको वैवाहिक प्रबन्ध अनुरूप पृथ्वीमा सँगै बाँचुन्जेल पवित्र धर्मशास्त्रमा मसीही पत्नीका लागि दिइएको ईश्‍वरीय नियमबमोजिम प्रेम र कदर गर्न र गहिरो आदर गर्न मेरो विवाहित पतिको रूपमा स्वीकार्छु।”

d द वाचटावर मे १, १९६२, पृष्ठ २८७ मा विधिअनुसार नगरिएको विवाहबारे बताइएको छ।

e पृष्ठ २० मा “आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्‌” भन्‍ने लेख पनि हेर्नुहोस्‌।

तपाईंलाई सम्झना छ?

• विवाहको कानुनी र आध्यात्मिक दुवै पक्षप्रति हामीले किन ध्यान दिनुपर्छ?

• मसीही जोडीले सरकारी प्रतिनिधिको अघि विवाह गर्छन्‌ भने त्यसको लगत्तैपछि के गर्ने निर्णय गर्न सक्छन्‌?

• विवाह भाषण किन राज्यभवनमा दिइन्छ?

[पृष्ठ १२-मा भएको चित्र]

प्राचीन इस्राएलमा दुलाहाले दुलहीलाई आफ्नो अथवा बुबाको घरमा भित्र्याएपछि विवाह भएको मानिन्थ्यो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने