प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ४/१ pp. १८-१९
  • “अनमोल रगतले” छुटकारा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अनमोल रगतले” छुटकारा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • छुटकाराको मोलद्वारा मुक्‍त
  • छुटकाराको बलिदानले मदत र आशा दिन्छ
  • ख्रीष्टको छुडौती-परमेश्‍वरको छुटकारा दिने तरिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • फिरौतीको बलिदान परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले हामीलाई के सिकाउँछ?
  • जब पाप हुनेछैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ४/१ pp. १८-१९

“हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ”

“अनमोल रगतले” छुटकारा

आफ्नो एक मात्र प्रिय पुत्रको सिद्ध जीवन, छुटकाराको मोलको रूपमा दिनुभएर यहोवाले अपार माया देखाउनुभयो। पापको बन्धनबाट छुट्‌न हामी पापी मानिसलाई यस्तो छुटकाराको मोल साह्रै खाँचो छ किनभने असिद्ध मानिसले “कुनै किसिमले आफ्ना भाइलाई मोल तिरेर छुटाउनसक्‍तैन, परमेश्‍वरलाई त्यसको छुटकाराको मोल त्यसले दिनसक्‍तैन। . . . यस्ता कोही छैनन्‌ जो सधैं बाँचिरहन्छ।” (भजन ४९:६-९) पुत्रमाथि “विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌” भनेर यहोवाले आफ्नो एक मात्र पुत्रसमेत बाँकी राख्नुभएन। त्यसको लागि हामी उहाँलाई हृदयको गहिराइबाटै धन्यवाद दिन्छौं!—यूहन्‍ना ३:१६.

तर छुटकाराको मोलले कसरी हामीलाई पापबाट छुटाउँछ? यहोवा परमेश्‍वरले देखाउनुभएको यो अपार मायाले हामीलाई चार तरिकामा स्वतन्त्र हुन मदत गर्छ। आउनुहोस्‌, यिनै चार तरिकाबारे चर्चा गरौं।

छुटकाराको मोलद्वारा मुक्‍त

पहिलो, येशूको बलिदानले हामीलाई जन्मजात पापबाट मुक्‍त गर्न सक्छ। हामी सबैजना पापी अवस्थामा जन्मन्छौं। हो, यहोवाको व्यवस्था उल्लङघन नगरे पनि हामी पापी छौं। कसरी? रोमी ५:१२ भन्छ: “एउटै मानिस [आदमद्वारा] पाप संसारमा प्रवेश भयो।” हामी त्यही आदमको सन्तान भएकोले जन्मेदेखि नै असिद्ध छौं। तर हाम्रो लागि छुटकाराको मोल दिइसकिएको हुनाले जन्मजात पापको मुठीबाट मुक्‍त हुन सम्भव भएको छ। (रोमी ५:१६) आदमको सन्तानमा सरेको पाप मेटाउन मर्नुभएर येशूले ‘हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नुभयो।’—हिब्रू २:९; २ कोरिन्थी ५:२१; १ पत्रुस २:२४.

दोस्रो, येशूको बलिदानले हामीलाई पापका घातक असरहरूबाट मुक्‍त गर्न सक्छ। “पापको ज्याला मृत्यु हो।” (रोमी ६:२३) आफूलाई बलि चढाएर परमेश्‍वरको पुत्रले आज्ञाकारी मानिसजातिको लागि अनन्त जीवनको बाटो खोलिदिनुभयो। त्यसकारण “जसले पुत्रमाथि विश्‍वास गर्छ, त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन।”—यूहन्‍ना ३:३६.

परमेश्‍वरको पुत्रमाथि विश्‍वास गऱ्‍यौं भने मात्र हामी पापका असरहरूबाट मुक्‍त हुन सक्छौं भन्‍ने कुरा याद गर्नुहोस्‌। पुत्रमाथि विश्‍वास गर्नु भनेको जीवनमा परिवर्तनहरू गर्नु र परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउनु हो। विगतमा हामी कुबाटोमा लागेका थियौं भने अब सुध्रिनै पर्छ र परमेश्‍वरलाई मनपर्ने कुरा गर्नै पर्छ। ‘हाम्रो पाप मेट्‌न हामीले पश्‍चाताप गर्नुपर्छ र फर्कनुपर्छ’ भनेर प्रेरित पत्रुसले लेखे।—प्रेरित ३:१९.

तेस्रो, येशूले चढाउनुभएको बलिदानले हामीलाई दोषी अन्तस्करणबाट मुक्‍त हुन मदत गर्छ। यहोवालाई आफ्नो जीवन समर्पण गर्ने र बप्तिस्मा लिएर उहाँको पुत्रका चेला बन्‍नेहरूले आराम महसुस गर्नेछन्‌। (मत्ती ११:२८-३०) हामी असिद्ध नै भए पनि सफा अन्तस्करणले परमेश्‍वरको सेवा गऱ्‍यौं भने खुसीले हाम्रो मन गदगद्‌ हुनेछ। (१ तिमोथी ३:९; १ पत्रुस ३:२१) आफ्नो पाप स्वीकाऱ्‍यौं अनि पापी काम गर्न छोड्यौं भने हामीलाई कृपादृष्टि देखाइनेछ र दोषी अन्तस्करणले पनि पोल्न छोड्‌नेछ।—हितोपदेश २८:१३.

छुटकाराको बलिदानले मदत र आशा दिन्छ

चौथो, छुडौतीको बलिदानमा विश्‍वास गऱ्‍यौं भने ‘परमेश्‍वरले मलाई स्वीकार्नुभएको छ कि छैन होला’ भन्‍ने डरबाट पनि मुक्‍त हुन्छौं। प्रेरित यूहन्‍नाले लेखे: “कुनै मानिसले पाप गऱ्‍यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात्‌ . . . येशू ख्रीष्ट।” (१ यूहन्‍ना २:१) सहायकको रूपमा येशूको भूमिकाबारे प्रेरित पावलले यस्तो लेखे: “उहाँद्वारा परमेश्‍वरको नजीक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्नसक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति अन्तरबिन्ती गर्नालाई उहाँ सधैंभरि रहनुहुन्छ।” (हिब्रू ७:२५) हामीमा पापको दाग रहेसम्म परमेश्‍वरको नजरमा स्वीकार्य हुन हामीलाई प्रधान पूजाहारी येशू ख्रीष्टको मदत चाहिरहनेछ। तर प्रश्‍न उठ्‌छ: हाम्रो लागि येशूले कसरी प्रधान पूजाहारी भएर काम गर्नुभयो?

पुनरुत्थान भएको चालीस दिनपछि इस्वी संवत्‌ ३३ मा स्वर्ग उक्लेर येशूले परमेश्‍वरसामु आफ्नो “अनमोल रगत[को]” मोल चढाउनुभयो। अब चाँडै येशूले आज्ञाकारी मानिसहरूलाई पाप र मृत्युको बन्धनबाट मुक्‍त गर्नुहुनेछ।a (१ पत्रुस १:१८, १९) यसैकारण हामीले येशू ख्रीष्टलाई प्रेम गर्नुपर्छ र उहाँले भनेको मान्‍नुपर्छ, होइन र?

हामीले यहोवालाई पनि प्रेम गर्नुपर्छ र उहाँले भनेको मान्‍नुपर्छ। किनभने माया गरेर हामीलाई येशूको बलिदानद्वारा “उद्धार” गर्नुहुने उहाँ नै हुनुहुन्छ। (१ कोरिन्थी १:३०) अहिलेको जीवन मात्र होइन, भविष्यमा अनन्त जीवन पाउने आशाको श्रेय पनि यहोवालाई नै दिनुपर्छ। यसकारण, “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ” भन्‍ने हामीसित ठोस कारण छ।—प्रेरित ५:२९. (w06 3/15)

[फुटनोट]

a सन्‌ २००६ क्यालेन्डर अफ जेहोभाज्‌ विट्‌नेसेज, मार्च/अप्रिल हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको पेटी/चित्रहरू]

थाह थियो?

• जैतून डाँडाबाट येशू स्वर्ग उक्लनुभएको थियो।—प्रेरित १:९, १२.

• येशूका वफादार प्रेरितहरूले मात्र उहाँ स्वर्ग उक्लनुभएको देखे।—प्रेरित १:२, ११-१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने