प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ७/१ pp. ३-४
  • तपाईं साँच्चै सुखी हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं साँच्चै सुखी हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुखी हुनको लागि बलियो जग छ?
  • आनन्दको खोजीमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • आनन्दित हुन्‌ ती मानिसहरू, जसले “आनन्दित परमेश्‍वर”-को सेवा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • तपाईंलाई आनन्दित तुल्याउन कुन कुराको आवश्‍यकता छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • यहोवाको सेवा गर्नमा साँचो आनन्द छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ७/१ pp. ३-४

तपाईं साँच्चै सुखी हुनुहुन्छ?

‘म कत्तिको सुखी छु?’ तपाईं पनि पक्कै यस्तो सोच्नुहोला। समाजबारे अध्ययन गर्ने विशेषज्ञहरूले तपाईं र अरू थुप्रै मानिस कत्तिको सुखी छन्‌ भनी पत्ता लगाउन निकै कोसिस गरिरहेका छन्‌ तर यो काम सजिलो भने छैन। मानिसहरू कत्तिको सुखी छन्‌ भनेर थाह पाउन खोज्नु कसैले आफ्नो श्रीमतीलाई कत्तिको माया गर्छ वा परिवारमा कसैको मृत्यु हुँदा बाँकी सदस्य कत्तिको शोकमा डुबेका छन्‌ भनी नाप्न खोज्नु जत्तिकै गाह्रो छ। मानिसका भावनाहरू ठ्याक्कै नाप्न सकिंदैन। तर विशेषज्ञहरू एउटा कुरा भने मानिलिन्छन्‌: सबै मानिससित सुखी हुने क्षमता छ।

तर, हामीसित सुखी हुने क्षमता भए तापनि गम्भीर समस्याहरूको कारण हामी दुःखै दुःखको मारमा परेका छौं। यस उदाहरणलाई विचार गर्नुहोस्‌: कुनै-कुनै ठाउँमा एड्‌सको कारण यति धेरै मानिसहरू मरिरहेका छन्‌ कि लास गाड्‌ने ठाउँ नै बाँकी छैन। यसले गर्दा सरकारी अधिकारीहरू भर्खरै मरेकाहरूलाई गाड्‌न पुराना चिहानहरू फेरि खन्‍न बाध्य भएका छन्‌। अफ्रिकाको कुनै-कुनै देशमा शव बाकस बनाउनु नै मुख्य जागिर भएको छ। अनि तपाईं जुनसुकै ठाउँको भए तापनि गम्भीर रोगले पीडित वा आफ्नो कोही नातेदार वा साथी गुमाएका मानिसहरूको अनुहारमा खुसीको रेखा देखिन छोडेको तपाईंले याद गर्नुभएकै होला।

अनि धनी देशमा बस्ने मानिसहरूबारे के भन्‍न सकिन्छ नि? परिस्थिति अकस्मात्‌ परिवर्तन हुँदा आफू भर परिरहेको आर्थिक स्रोत नै मानिसहरूबाट छिनिन्छ र यस्तो होला भनेर उनीहरूले सोचेकै हुँदैन। अमेरिकामा पेन्सन पाकिसकेका थुप्रै व्यक्‍तिहरू आफूले पाइरहेको भत्तामा कटौती भएपछि फेरि काम गर्न बाध्य भएका छन्‌। कतिको चाहिं जिन्दगीभर काम गरेर बचाइराखेको पैसा अक्सर सबै उपचार खर्चमै खत्तम हुन्छ। एक जना कानुनी सल्लाहकार यसो भन्छन्‌, “निकै खर्च हुने स्वास्थ्य समस्याहरूको सन्दर्भमा के-कसो गर्नुपर्ला भनेर सल्लाहको लागि आउँदा मेरो मनै भारी भएर आउँछ। कति चोटि त यसो भन्‍नुपर्ने हुन्छ ‘खर्च बेहोर्न तपाईंले घर बेच्नुपर्नेछ।’ ” पैसाको चिन्ता नभएका व्यक्‍तिहरूको हालत चाहिं कस्तो छ नि? तिनीहरू पनि दुःखको मारमा पर्न सक्छन्‌ र?

कोही व्यक्‍तिहरूको हालत प्रख्यात संगीतकार रिचर्ड रजर्सको जस्तै छ। तिनीबारे यसो भनिएको थियो: “कमै मानिसले मात्र त्यति धेरै मानिसलाई त्यति बिघ्न आनन्द दिन सकेको छ।” तिनका गीतहरूले थुप्रैलाई आनन्दित हुन मदत गरे तापनि तिनी आफै चाहिं लामो समयदेखि डिप्रेसनको रोगी थिए। थुप्रैले चाह गर्ने नाम र दाम दुवै तिनले हासिल गरे तर सुख नि? एउटा जीवनी लेखकले यस्तो टिप्पणी गरे: “[रजर्स] आफ्नो क्षेत्रमा अत्यन्तै सफल थिए, तिनले सुविधासम्पन्‍न जीवन बिताए र अर्को कलाकारसित मिलेर ‘पुलिच्चर पुरस्कार’ भन्‍ने निकै नाम चलेको पुरस्कार दुई चोटि पाए। तर अर्कोतर्फ तिनी प्रायजसो दुःखी र निराश थिए।”

तपाईंले पनि याद गर्नुभएकै होला, सुखको लागि पैसाको पछि दौडँदा अक्सर धोका खाइन्छ। क्यानाडाबाट प्रकाशित हुने द ग्लोब एण्ड मेल भन्‍ने अखबारका अर्थ/वाणिज्यसम्बन्धी पत्रकारले थुप्रै धनी मानिसहरूले सामना गर्नुपर्ने “एक्लो र खोक्रोपनबारे” टिप्पणी गरे। एक वित्त सल्लाहकारका अनुसार धनी आमाबाबुले आफ्ना छोराछोरीलाई पैसा वर्षाउनु र उनीहरूले भनेको जत्ति सबै चिजबीज किनिदिनु भनेको “पछिको लागि दुःखको बीउ रोप्नु हो।”

सुखी हुनको लागि बलियो जग छ?

कुनै पनि फूल राम्ररी फुल्न यसलाई मलिलो माटो, पानी र उचित हावापानी चाहिन्छ। त्यसै गरी सुखी हुनको लागि पनि केही आवश्‍यकताहरू छन्‌ भनी अनुसन्धानकर्ताहरू मानिलिन्छन्‌। जस्तै: सुस्वास्थ्य, अर्थपूर्ण काम, पर्याप्त खाना, बास, लत्ताकपडा, केही सृजनात्मक कामबाट पाइने सन्तुष्टि र असल मित्र।

यी कुराहरू भयो भने मानिस सुखी हुन सक्छ भन्‍ने कुरामा सायद तपाईं असहमत हुनुहुन्‍न होला। तर सुखी हुनको लागि अर्को एउटा महत्त्वपूर्ण पक्ष पनि छ। त्यो हो, “आनन्दित परमेश्‍वर” यहोवाको ज्ञान। (१ तिमोथी १:११, NW) तर त्यो ज्ञानले कसरी मदत गर्छ? यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र उहाँले हामीलाई सुखी हुने क्षमता दिनुभएको छ। यहोवाले हामीलाई सुखी हुने क्षमता दिनुभएकोले सुखी हुनको लागि के चाहिन्छ भनेर उहाँलाई पक्कै थाह छ। उहाँले जुनसुकै ठाउँ वा परिस्थितिमा भएका मानिसहरूलाई सधैं सुखी रहिरहनको लागि दिनुभएको निर्देशनबारे अर्को लेखमा छलफल गरिएको छ। (w 06 6/15)

[पृष्ठ ४-मा भएको चित्र]

जसरी फूल त्यत्तिकै फुल्दैन, त्यसरी नै सुखी हुनको लागि पनि केही आवश्‍यकताहरू छन्‌

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

© Gideon Mendel/CORBIS

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने