प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ९/१ पृ. ३-४
  • के पृथ्वीको समय सिद्धिनै लागेको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के पृथ्वीको समय सिद्धिनै लागेको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जोखिममा परेको ग्रह
  • आशावादी हुने एउटा कारण
  • परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ
    ब्यूँझनुहोस्‌!—२०२३
  • जलवायु परिवर्तन र हाम्रो भविष्यबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • सकारात्मक हुँदा स्वास्थ्यमा कस्तो असर पर्छ?
    ब्यूँझनुहोस्‌!—२००७
  • नयाँ सहस्राब्दी अनि तपाईंको भविष्य
    नयाँ सहस्राब्दी अनि तपाईंको भविष्य
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ९/१ पृ. ३-४

के पृथ्वीको समय सिद्धिनै लागेको छ?

तलका प्रश्‍नको जवाफमा तपाईं के भन्‍नुहुन्छ?

निकट भविष्यमा के पृथ्वीको अवस्था

(क) सुध्रिनेछ?

(ख) यस्तै रहनेछ?

(ग) झनै खत्तम हुनेछ?

के तपाईं भविष्यप्रति सकारात्मक दृष्टिकोण राखिराख्ने कोसिस गर्नुहुन्छ? यसो गर्नुमा थुप्रै फाइदा छ। अध्ययनहरूले देखाएअनुसार आशावादी दृष्टिकोण राख्ने मानिसहरू बौद्विक र शारीरिक रूपमा चुस्त हुन्छन्‌। लामो समय लगाएर गरेको एउटा अध्ययनले के पनि पत्ता लगाएको छ भने जीवनप्रति निराशावादी दृष्टिकोण राख्ने मानिसहरूको तुलनामा आशावादी पुरुषहरूलाई मुटुको रोग लाग्ने सम्भावना निकै कम हुन्छ। यो अध्ययनबाट प्राप्त नतिजा शताब्दीयौं अघि बाइबलमा बताइएको भनाइसित मेल खान्छ: “प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ।”—हितोपदेश १७:२२, NRV.

तर वैज्ञानिकहरूले हाम्रो ग्रहबारे भनेको कुरालाई विचार गर्दा थुप्रैले आनन्दित र आशावादी रहिरहन गाह्रो पाएका छन्‌। एकदमै सुन्‍नमा आएको केही अनिष्ट पूर्वानुमानहरूलाई विचार गर्नुहोस्‌।

जोखिममा परेको ग्रह

आर्थिक विकासको जगेर्नाको लागि मानिसले वातावरणमा पारिरहेको नकारात्मक प्रभावलाई कम गरेन भने “पृथ्वीको जलवायु र इकोसिस्टममा ठूलै अदलबदल हुन सक्छ” भनी वातावरण सम्बन्धी नाउँ चलेको एउटा संस्था स्टकहोम इन्भाइरमन्ट इन्स्टिच्युट-ले सन्‌ २००२ मा चेतावनी दिएको थियो। विश्‍वव्यापी गरिबी, निरन्तर भइरहेको असमानता र वातावरणीय स्रोतको ह्रासले समाजलाई “एकपछि अर्को वातावरणीय, सामाजिक र सुरक्षासम्बन्धी समस्यामा” लपेट्‌न सक्छ भनेर पनि उक्‍त रिपोर्टमा बताइएको थियो।

सन्‌ २००५ मा संयुक्‍त राष्ट्र संघले मिलेनियम इकोसिस्टम असेस्मेन्ट सिन्थेसिस रिपोर्ट निकाल्यो। उक्‍त रिपोर्ट पृथ्वीको वातावरण सम्बन्धी गरेको चार वर्षीय विश्‍वव्यापी अध्ययनमा आधारित थियो। यस अध्ययनमा ९५ मुलुकका १,३६० भन्दा बढी विशेषज्ञहरू आबद्ध थिए। उक्‍त अध्ययनमा यस्तो निराशलाग्दो चेतावनी दिइएको थियो: “मानव गतिविधिले पृथ्वीलाई सुचारु रूपले चल्न यत्ति भार पारिरहेको छ कि आउँदो पुस्तालाई इकोसिस्टमले थेग्न सक्ने हो कि होइन भन्‍ने कुरालाई अब हल्कासित लिन सकिंदैन।” रिपोर्टले बताएअनुसार विपत्तिलाई रोक्नको लागि “हाल लागू नगरिएका नीति, प्रणाली र व्यवहारमा उल्लेखनीय परिवर्तन गर्नु” आवश्‍यक छ।

अनुसन्धानकर्ताहरूको बढ्‌दो संख्याले विश्‍वास गर्दै आएको कुरालाई राष्ट्र संघीय मानव बसोबास कार्यक्रमका कार्यकारी निर्देशक आना टिबाइयूकाले व्यक्‍त गरिन्‌। उनी भन्छिन्‌: “अहिले पनि केही गरेनौं भने विपत्तिजनक भविष्यले हामीलाई रुँघेर बस्नेछ।”

आशावादी हुने एउटा कारण

यहोवाका साक्षीहरू पनि जसले यो पत्रिका प्रकाशित गर्छन्‌, चाँडै पृथ्वीलाई नै हल्लाउने ठूलो परिवर्तन हुने विश्‍वास गर्छन्‌। तर तिनीहरू पक्का छन्‌ कि त्यो परिवर्तनले विपत्तिजनक भविष्य ल्याउनुको साटो यो संसारले कहिल्यै अनुभव नगरेको एकदमै राम्रो अवस्था ल्याउनेछ। तिनीहरू किन यस्तो आशावादी? किनभने तिनीहरू परमेश्‍वरको वचन बाइबलका प्रतिज्ञाहरूमा विश्‍वास गर्छन्‌। एउटा प्रतिज्ञा याद गर्नुहोस्‌: “थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन ३७:१०, ११.

के यस्तो आशा ‘अकासको फल आँखा तरी मर’ भने जस्तो मात्र हो? यस प्रश्‍नको जवाफ पाउनुअघि यो दाबीलाई गौर गर्नुहोस्‌: अहिले पृथ्वी अनि मानवजातिलाई पिरोलिराखेको थुप्रै मुख्य समस्याहरूबारे बाइबलले हजारौं वर्ष पहिला नै सही भविष्यवाणी गरेको थियो। कृपया पछिल्लो लेखमा उद्धृत गरिएका बाइबल पदहरू पढ्‌नुहोस्‌ र अहिले यस संसारमा भइरहेको कुरासित दाँजेर हेर्नुहोस्‌। यसो गर्नुभयो भने, पछि हुने कुराबारे बाइबलले गरेको सही भविष्यवाणीप्रति तपाईंको भरोसा बढ्‌नेछ। (w08 8/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने