प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ११/१ pp. ४-६
  • पवित्र आत्मा वास्तवमा के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पवित्र आत्मा वास्तवमा के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “परमप्रधानको शक्‍ति”
  • “परमप्रभुको आत्मा ममाथि छ”
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • पवित्र शक्‍ति के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परमेश्‍वरको पवित्र आत्मा भनेको के हो?
    ब्यूँझनुहोस्‌!—१९९९
  • आत्माको भरमा हिंड्‌नुहोस्‌ र समर्पण अनुरूप जीवन बिताउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ११/१ pp. ४-६

पवित्र आत्मा वास्तवमा के हो?

एक पटक येशूले चेलाहरूलाई सोध्नुभयो: “तिमीहरूमध्ये कुनचाहिं बाबु होला जसको छोराले रोटी माग्यो भने त्यसलाई ढुङ्‌गा देला कि माछा मागेमा माछाको सट्टा साँप देला? अथवा अण्डा मागेमा त्यसलाई बिच्छी देला?” (लूका ११:११, १२) गालीलका केटाकेटीलाई अण्डा र माछा खूब मन पर्थ्यो। त्यसैले बुबासित अण्डा र माछा मागिछोड्‌थे।

भोकाएका केटाकेटीले खानेकुरा मागेझैं हामीले पवित्र आत्मा खुरन्धार माग्नुपर्छ भनेर येशूले भन्‍नुभयो। (लूका ११:९, १३) पवित्र आत्माबारे सही जानकारी थाह पाउँदा यसले तपाईंको जीवनमा कत्तिको प्रभाव पार्छ, बुझ्न सक्नेछौं। त्यसैले आउनुहोस्‌, पवित्र आत्माबारे बाइबल के सिकाउँछ, पहिले त्यो जाँचौं।

“परमप्रधानको शक्‍ति”

परमेश्‍वरले आफ्नो इच्छा पूरा गर्न प्रयोग गर्ने शक्‍ति पवित्र आत्मा हो भनेर बाइबल प्रस्ट पार्छ। स्वर्गदूत गब्रिएलले मरियमलाई तिनी कुमारी नै भए तापनि तिनले एउटा छोरो जन्माउनेछिन्‌ भन्दा यसो भने: “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, औ परमप्रधानको शक्‍तिले तिमीलाई छाया पार्नेछ, यसैकारण जो जन्मनुहुनेछ सो पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।” (लूका १:३५) गब्रिएलअनुसार पवित्र आत्मा र “परमप्रधानको शक्‍ति” आपसमा सम्बन्धित छन्‌।

यस्तै धारणा बाइबलमा अन्त पनि पाइन्छ। अगमवक्‍ता मीकाले भने: “म . . . परमप्रभुको आत्माद्वारा शक्‍ति . . . ले पूर्ण छु।” (मीका ३:८) येशूले चेलाहरूसित यस्तो प्रतिज्ञा गर्नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ।” (प्रेरित १:८) अनि प्रेरित पावलले पनि “पवित्र आत्माको शक्‍ति”-बारे बताए।—रोमी १५:१३, १९.

उपरोक्‍त जानकारीबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? पवित्र आत्मा र परमेश्‍वरको शक्‍तिबीच नजिकको सम्बन्ध छ। पवित्र आत्मा यहोवाले आफ्नो शक्‍ति प्रकट गर्ने माध्यम हो। सरल शब्दमा भन्‍नुपर्दा पवित्र आत्मा उहाँको पवित्र शक्‍ति अर्थात्‌ उहाँको सक्रिय शक्‍ति हो। कस्तो सशक्‍त शक्‍ति! सम्पूर्ण ब्रम्हाण्ड सृष्टि गर्न प्रयोग गरिएको यो शक्‍तिलाई हामी बुझ्न सक्दैनौं। यशैया अगमवक्‍तामार्फत यहोवाले हामीलाई यो कुरा मनन गर्न सुझाव दिनुभयो: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बडप्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।”—यशैया ४०:२६.

सर्वशक्‍तिमान्‌ परमेश्‍वरको पवित्र शक्‍ति अथवा “शक्‍तिको बडप्पनले गर्दा” नै यो ब्रम्हाण्ड सुव्यवस्थित छ र यसमा तालमेल मिलेको छ भनेर बाइबल बताउँछ। स्पष्ट छ, परमेश्‍वरको सक्रिय शक्‍ति अथाह छ र यसैमा हाम्रो अस्तित्व निर्भर छ।—“क्रियाशील पवित्र आत्मा” शीर्षकको पेटी हेर्नुहोस्‌।

यहोवाले आफ्नो पवित्र आत्मा ब्रम्हाण्डको सृष्टि गर्दा जस्तै बृहत्‌ तरिकामा प्रयोग गर्न सक्नुहुन्छ। तर उहाँले यो शक्‍ति मानिसको सन्दर्भमा पनि प्रयोग गर्न सक्नुहुन्छ। परमेश्‍वरको सक्रिय शक्‍तिले उहाँका सेवकहरूलाई कसरी शक्‍ति दिन्छ भन्‍नेबारे बाइबलमा थुप्रै उदाहरण पाइन्छ।

“परमप्रभुको आत्मा ममाथि छ”

परमेश्‍वरको आत्माले उहाँका सेवकहरूलाई कसरी शक्‍ति दिन सक्छ भन्‍ने मनोरम झलक येशूको सेवाको काममा पाइन्छ। नासरतका मानिसहरूलाई येशूले भन्‍नुभयो: “परमप्रभुको आत्मा ममाथि छ।” (लूका ४:१८) “आत्माको शक्‍तिमा” येशूले के गर्न सक्नुभयो? (लूका ४:१४) उहाँले हर प्रकारको रोग निको पार्नुभयो, उर्लंदो समुद्रलाई शान्त पार्नुभयो, अलिकता रोटी र माछाले हजारौंलाई खुवाउनुभयो र मरेकालाईसमेत बिउँताउनुभयो। “शक्‍तिका काम र आश्‍चर्यकामहरू र चिह्नहरूबाट . . . येशूलाई परमेश्‍वरले नियुक्‍त गर्नुभएको हो। र . . . यी कामहरू परमेश्‍वरले उहाँद्वारा गर्नुभएको हो” भनी प्रेरित पत्रुसले बताए।—प्रेरित २:२२.

अहिले पवित्र आत्माद्वारा त्यस्ता चमत्कारहरू गर्न सकिंदैन। तैपनि यसले हाम्रो लागि असाधारण कामहरू गर्न सक्छ। येशूले चेलाहरूलाई आश्‍वासन दिनुभएझैं यहोवाले आफ्ना उपासकहरूलाई खुसीसाथ पवित्र आत्मा दिनुहुन्छ। (लूका ११:१३) त्यसैले प्रेरित पावलले यसो भन्‍न सके: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१३) के पवित्र आत्माले हाम्रो जीवनमा त्यस्तै प्रभाव पार्न सक्छ? यसपछिको लेखमा त्यसबारे छलफल गरिनेछ।

( w 09 10/01)

[पृष्ठ ५-मा भएको पेटी]

पवित्र आत्मा व्यक्‍ति होइन, किन?

पवित्र आत्मालाई बाइबलमा पानीसित तुलना गरिएको छ। आफ्ना मानिसहरूले भविष्यमा पाउने आशिष्‌हरूबारे प्रतिज्ञा गर्दा परमेश्‍वरले यसो भन्‍नुभयो: “म तिर्खाएकोलाई पानी खन्याइदिनेछु, र सुखा जमीनमा खोलाहरू बगाउनेछु। म तेरो वंशमाथि मेरो आत्मा खन्याउनेछु, र तेरो सन्तानलाई आशिष दिनेछु।”—यशैया ४४:३.

परमेश्‍वरले आफ्ना सेवकहरूमाथि आफ्नो आत्मा खन्याउँदा तिनीहरू “पवित्र आत्माले भरिएका,” वा “पवित्र आत्माले पूर्ण,” “भरिपूर” अथवा “भरिपूर्ण” हुन्छन्‌। येशू, बप्तिस्मा दिने यूहन्‍ना, पत्रुस, पावल, वर्णाबासलगायत इस्वी संवत्‌ ३३ पेन्तिकोसमा भेला भएका चेलाहरू सबै पवित्र आत्माले भरिए वा पूर्ण भए भनी वर्णन गरिएको छ।—लूका १:१५; ४:१; प्रेरित ४:८; ९:१७; ११:२२, २४; १३:९.

यो कुरा विचार गर्नुहोस्‌: के एक जना व्यक्‍तिलाई एकै पटक थुप्रै मानिसमाथि ‘खन्याउन सकिन्छ’? एक जना व्यक्‍ति मानिसहरूको जमातमा भरिन सक्छ भनेर तपाईं भन्‍नुहुन्छ र? यसमा कुनै तुक छैन। बाइबलमा मानिसहरू बुद्धिले, समझले वा सही ज्ञानले समेत परिपूर्ण भए भनेर बताइएको छ। तर एक व्यक्‍ति अर्को व्यक्‍तिले भरियो भनेर त बाइबलमा कतै पनि लेखिएको छैन।—प्रस्थान २८:३; लूका २:४०; कलस्सी १:९.

“आत्मा” भनी अनुवाद गरिएको युनानी शब्द न्युमा-ले अदृश्‍य शक्‍ति भन्‍ने अर्थ पनि दिन्छ। क्याथोलिक प्रचारक डेरेक विल्यम्सको सामदान बाइबल शब्दकोश-अनुसार आत्माको “अर्थ बतास; सास . . . र ईश्‍वरीय शक्‍ति हुन सक्छ।”

कुरा स्पष्ट छ, पवित्र आत्मा व्यक्‍ति होइन।  a

[फुटनोट]

a थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको पृष्ठ २०१-२०४ मा “पिता, पुत्र र पवित्र आत्माबारे साँचो कुरा” लेख हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको चित्र]

Photodisc/SuperStock

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने