प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ४/१ पृ. ५
  • येशूले आफूबारे सिकाएको कुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूले आफूबारे सिकाएको कुरा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • येसु ख्रिष्ट को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • येशू ख्रीष्टलाई –परमेश्‍वरले पठाउनु भएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ४/१ पृ. ५

येशूले आफूबारे सिकाएको कुरा

“को हुँ, कहाँबाट आएँ, संसारमा किन आएँ र मेरो भविष्य कस्तो छ भन्‍ने कुरामा येशूलाई कुनै शंका थिएन।”—लेखक हर्बर्ट लक्यर।

येशूले सिकाएको कुरा स्वीकार्नु र विश्‍वास गर्नुअघि उहाँबारे केही कुरा जान्‍नु आवश्‍यक छ। येशू वास्तवमा को हुनुहुन्थ्यो? उहाँ कहाँबाट आउनुभयो? उहाँको जीवनको उद्देश्‍य के थियो? सुसमाचारका पुस्तकहरू:- मत्ती, मर्कूस, लूका र यूहन्‍नामा मानौं येशूले नै बोलेझैं हामी यी प्रश्‍नका जवाफ पाउन सक्छौं।

पृथ्वीमा जन्मनुभन्दा पहिले देखिनै उहाँ हुनुहुन्थ्यो येशूले एक पटक भन्‍नुभयो: “अब्राहाम हुनुभन्दा अघिदेखिनै म छँदैछु।” (यूहन्‍ना ८:५८) येशू पृथ्वीमा जन्मनुभन्दा लगभग २,००० वर्षअघि अब्राहाम थिए। तैपनि ती विश्‍वासी कुलपिता हुनुभन्दाअघि नै येशू हुनुहुन्थ्यो। तर येशू कहाँ हुनुहुन्थ्यो? उहाँले भन्‍नुभयो: “म . . . स्वर्गबाट ओर्लिआएको हुँ।”—यूहन्‍ना ६:३८.

परमेश्‍वरका पुत्र यहोवाका थुप्रै आत्मिक छोरा छन्‌। तर येशू भने अतुलनीय हुनुहुन्छ। उहाँले आफूलाई “परमेश्‍वरको एकमात्र पुत्र” हुँ भनेर चिनाउनुभयो। (यूहन्‍ना ३:१८) यस अभिव्यक्‍तिको अर्थ, येशूलाई यहोवाले आफ्नै हातले सृष्टि गर्नुभएको थियो। यिनै एक मात्र पुत्रमार्फत यहोवाले अरू सब थोक सृष्टि गर्नुभयो।—कलस्सी १:१६.

“मानिसको पुत्र” आफूबारे बताउँदा येशूले यो अभिव्यक्‍ति सबैभन्दा धेरै प्रयोग गर्नुभयो। (मत्ती ८:२०) यसरी उहाँले आफू मानव शरीर धारण गरेको स्वर्गदूत या कुनै अवतार होइन भनेर देखाउनुभयो। उहाँ त पूर्ण मानव हुनुहुन्थ्यो। आफ्नो पवित्र आत्मामार्फत परमेश्‍वरले पुत्रको जीवन स्वर्गबाट पृथ्वीमा कुमारी मरियमको गर्भमा सार्नुभयो। परिणामस्वरूप येशू पापरहित सिद्ध मानवको रूपमा जन्मिनुभयो।—मत्ती १:१८; लूका १:३५; यूहन्‍ना ८:४६.

प्रतिज्ञा गरिएको मसीह एउटी सामरी स्त्रीले येशूलाई भनिन्‌: “म जान्दछु कि . . . मसीह आउनुहुन्छ।” उहाँले भन्‍नुभयो: “तिमीसित बोल्ने, म, उही हुँ।” (यूहन्‍ना ४:२५, २६) “मसीह” शब्दको अर्थ पनि “ख्रीष्ट” शब्दको अर्थ जस्तै “अभिषिक्‍त जन” हो। परमेश्‍वरका प्रतिज्ञाहरू पूरा गर्ने सम्बन्धमा विशेष भूमिका निर्वाह गर्न येशू परमेश्‍वरबाट अभिषिक्‍त वा नियुक्‍त हुनुभएको थियो।

उहाँको मुख्य लक्ष्य येशूले एक पटक भन्‍नुभयो: “मैले अवश्‍य परमेश्‍वरको राज्यको सुसमाचार . . . सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) खाँचोमा परेका मानिसहरूका लागि उहाँले थुप्रै असल काम गरिदिनुभए तापनि उहाँको जीवनको मुख्य लक्ष्य परमेश्‍वरको राज्य प्रचार गर्नु थियो। उहाँले त्यस राज्यको विषयमा के सिकाउनुभयो, पछि छलफल गर्नेछौं।

स्पष्टतः येशू साधारण पुरुष हुनुहुन्‍नथ्यो।a स्वर्गमा बिताएको जीवनले पृथ्वीमा उहाँले व्यक्‍त गरेका वाणीहरूलाई अझै अर्थपूर्ण बनाएको पनि हामी बुझ्नेछौं। त्यसैकारण उहाँले प्रचार गरेको सन्देशले संसारभरिका लाखौंको जीवनमा असर गरेकोमा के हामीले अचम्म मान्‍नुपर्छ? ( w10 -E  04/01)

[फुटनोट]

a येशूबारे र परमेश्‍वरको उद्देश्‍यमा उहाँको भूमिकाबारे थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय ४ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने