प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १/१५ पृ. ७-८
  • एउटा उपत्यकामा देखिने खास नाम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा उपत्यकामा देखिने खास नाम
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • ‘पर्वतहरूको बेंसीमा’ रहनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • ईलाहको उपत्यका जहाँ दाऊदले एउटा राक्षस मारे!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • सुरक्षा पाइने यहोवाको खोल्चामा बसिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १/१५ पृ. ७-८

एउटा उपत्यकामा देखिने खास नाम

सेन्ट मोरिट्‌ज। के तपाईंले यो नाम सुन्‍नुभएको छ? सुन्‍नुभएको होला, किनभने यो स्वीजरल्याण्डको इङ्‌गाडिन उपत्यकाको विश्‍व-विख्यात रिसोर्ट हो। सेन्ट मोरिट्‌ज इटालीको सीमानजिकै स्वीजरल्याण्डको दक्षिण-पूर्वी आल्प्स्‌ हिम शृङ्‌खलामा अवस्थित छ। यस रमणीय उपत्यकाले मानिसहरूलाई लामो समयदेखि आकर्षित गर्दै आएको छ। यहीं नै स्वीस राष्ट्रिय निकुञ्ज पनि छ। यहाँको प्राकृतिक सौन्दर्य र विभिन्‍न वनस्पति तथा जीवजन्तुले हाम्रो महान्‌ सृष्टिकर्ता यहोवाको प्रशंसा गर्छ। (भज. १४८:७-१०) तर त्यति मात्र होइन, सत्रौं शताब्दीको बीचतिर प्रचलित चलनले पनि उहाँको प्रशंसा गरेको देख्न सकिन्छ।

यस उपत्यकाका थुप्रै घरमा भएको एउटा असाधारण कुरामा तपाईंको आँखा पर्न सक्छ। घरको अगाडिपट्टि, जस्तै मूल ढोकामाथि परमेश्‍वरको नाम कुँदिएको पाउनु यहाँ कुनै अनौठो कुरा होइन। विगत शताब्दीहरूमा घरको बाहिरी भागको भित्तामा केही अक्षर लेखेर, प्लास्टरमा कोरेर वा ढुङ्‌गामा कुँदेर घर सजाउने चलन थियो। बभर गाउँको एउटा घरको चित्र तपाईं यहाँ देख्न सक्नुहुन्छ। उक्‍त घरमा कुँदिएका अक्षरहरूको अनुवाद यस्तो हुन्छ: “सन्‌ १७१५। यहोवा सुरुवात हुनुहुन्छ र यहोवा नै अन्त हुनुहुन्छ। सबै कुरा परमेश्‍वरद्वारा सम्भव छ र उहाँविना कुनै कुरा सम्भव छैन।” हो, उक्‍त प्राचीन लेखोटमा परमेश्‍वरको व्यक्‍तिगत नाम दुई पटक प्रयोग गरिएको छ।

माडुलिन गाउँमा तपाईं योभन्दा पनि पुरानो लेखोट देख्न सक्नुहुन्छ। त्यसमा यस्तो कुँदिएको छ: “भजन १२७। यहोवाले नै घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्‌। लुकियस रुमडियस। सन्‌ १६५४।”

यस उपत्यकामा परमेश्‍वरको नाम सार्वजनिक ठाउँहरूमा हुनुको कारण के हो? धार्मिक सुधारको युगमा बाइबल ल्याटिनमा आधारित रोमान्श भाषामा प्रकाशित भएको थियो र यो इङ्‌गाडिन उपत्यकामा बोलिने भाषा हो। वास्तवमा भन्‍नुपर्दा त्यस भाषामा अनुवाद गरिएको पहिलो पुस्तक बाइबल थियो। परमेश्‍वरको वचनमा पढेका कुराहरूले उत्प्रेरित भएर थुप्रै स्थानीयवासीले घरको बाहिरी भित्तामा आफ्नो नाम मात्र होइन तर परमेश्‍वरको व्यक्‍तिगत नाम उल्लेख गरिएको बाइबल उद्धरणहरू पनि कुँदे।

हो, ती घरहरूमा भएका शताब्दीयौंअघिका लेखोटहरूले आजसम्म पनि यहोवाको नाम घोषणा गर्नुका साथै उहाँको प्रशंसा गरिरहेको छ। यस उपत्यकाका स्थानीयवासी र यहाँ घुम्न आउने पर्यटकहरूलाई अद्‌भुत परमेश्‍वर यहोवाबारे अझ धेरै सिक्न उहाँको नाम भएको खास भवनमा स्वागत छ। त्यो भवन हो, बभरमा अवस्थित यहोवाका साक्षीहरूको राज्यभवन।

[पृष्ठ ७-मा भएको चित्रको स्रोत]

© Stähli Rolf A/age fotostock

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने