प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ७/१ पृ. १४
  • साँचो भगवान्‌बाट किन सिक्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो भगवान्‌बाट किन सिक्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • सुसमाचार साँच्चै परमेश्‍वरबाट आएको हो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • सुसमाचार के हो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • साँचो भगवान्‌ को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मायालु परमेश्‍वरबाट पाएको चिठ्ठी
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ७/१ पृ. १४

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

साँचो भगवान्‌बाट किन सिक्नुपर्छ?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. साँचो भगवान्‌बाट किन सिक्नुपर्छ?

भगवान्‌सित मानिसजातिको भलाइ हुने एउटा सुसमाचार छ। यसबारे उहाँले बाइबलमा बताउनुभएको छ। बाइबल स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबाले पठाउनुभएको एउटा चिठीजस्तै हो।— यर्मिया २९:११ पढ्‌नुहोस्‌।

२. बाइबलमा बताइएको सुसमाचार के हो?

मानिसजातिलाई असल सरकार चाहिएको छ। अहिलेसम्म कुनै पनि शासकले मानिसलाई हिंसा, अन्याय, रोगबिमार र मृत्युबाट राहत दिन सकेको छैन। तर हाम्रो लागि एउटा राम्रो समाचार छ। साँचो भगवान्‌ले मानिसजातिलाई सबै प्रकारको दुःखकष्टबाट छुटकारा दिने एउटा असल सरकार स्थापना गर्नुहुनेछ।— दानियल २:४४ पढ्‌नुहोस्‌।

३. साँचो भगवान्‌बाट सिक्नु किन महत्त्वपूर्ण छ?

दुःखकष्ट निम्त्याउने मानिसहरूलाई चाँडै भगवान्‌ले नामेट पार्नुहुनेछ। त्यतिन्जेल उहाँले लाखौं नम्र मानिसलाई जीवन बिताउने असल तरिका सिकाइरहनुभएको छ। साथै परमेश्‍वर र अरू मानिसलाई प्रेम गर्न पनि सिकाउँदै हुनुहुन्छ। जीवनमा आइपर्ने समस्याहरूलाई कसरी पार लगाउने, साँचो आनन्द कसरी पाउने र भगवान्‌लाई कसरी खुसी बनाउने भनेर मानिसहरूले पवित्र शास्त्र बाइबलबाट सिकिरहेका छन्‌।— सपन्याह २:३ पढ्‌नुहोस्‌।

४. बाइबलका लेखक को हुन्‌?

बाइबल ६६ वटा स-साना किताबहरू मिलेर बनेको छ। यी किताबहरू लगभग ४० जना पुरुषले लेखे। करिब ३,५०० वर्षअघि मोशा नाम गरेका परमेश्‍वरका एक सेवकले बाइबलको सुरुका पाँचवटा किताब लेखे। बाइबलको अन्तिम किताबचाहिं यूहन्‍ना भन्‍ने येशूका एक चेलाले १,९०० वर्षभन्दा अघि लेखेका थिए। तर ती लेखकहरूले आफ्नो नभई भगवान्‌को विचार लेखे। त्यसैले बाइबलका लेखक परमेश्‍वर नै हुनुहुन्छ।— २ तिमोथी ३:१६; २ पत्रुस १:२१ पढ्‌नुहोस्‌।

बाइबल परमेश्‍वरकै वचन हो भनेर हामीलाई थाह छ किनभने यसले भविष्यमा हुने कुराहरूको सही र विस्तृत विवरण दिन्छ। कुनै मानिससँग यस्तो क्षमता छैन। (यशैया ४६:९, १०) साथै साँचो भगवान्‌ कस्ता मनमोहक गुणहरूले भरिपूर्ण हुनुहुन्छ भनेर हामी बाइबलबाट स्पष्टै बुझ्न सक्छौं। मानिसको जीवनलाई सपार्न सक्ने क्षमता यसमा छ। यी तथ्यहरूबाट बाइबल परमेश्‍वरकै वचन हो भनेर थुप्रै मानिस विश्‍वस्त हुन सकेका छन्‌।— यहोशू २३:१४; १ थिस्सलोनिकी २:१३ पढ्‌नुहोस्‌।

५. बाइबलका कुराहरू तपाईं कसरी बुझ्न सक्नुहुन्छ?

येशू बाइबलका शिक्षकको रूपमा प्रख्यात हुनुभयो। उहाँले भेट्‌नुभएका प्रायः मानिसहरूलाई बाइबलबारे थाह थियो। तैपनि यसको कुरा बुझ्न तिनीहरूलाई मदत चाहिएको थियो। तिनीहरूलाई मदत गर्न उहाँले धर्मशास्त्रका भनाइहरू एकपछि अर्को उद्धृत गर्दै त्यसको “अर्थ” खुलाइदिनुभयो। त्यसैगरि “पवित्र शास्त्रबाट सिक्नुहोस्‌” भन्‍ने यस शृङ्‌खलामा पनि तपाईंलाई मदत गर्न यस्तै तरिका अपनाइएको छ।— लूका २४:२७, ४५ पढ्‌नुहोस्‌।

जीवनको उद्देश्‍यबारे साँचो भगवान्‌बाट सिक्न पाउनुजस्तो रमाइलो कुरा अरू केही छैन। तपाईंले बाइबल पढ्‌न थाल्नुहुँदा कोही-कोही भने रिसाउलान्‌। तर निरुत्साहित नहुनुहोस्‌। सधैंभरि बाँच्ने तपाईंको आशा परमेश्‍वरलाई चिन्‍नुमा निर्भर छ।— मत्ती ५:१०-१२; यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌। ( w11 -E 01/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय २ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने