प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ७/१ pp. १४-१५
  • तपाईंको परिवार कसरी आनन्दित हुनसक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको परिवार कसरी आनन्दित हुनसक्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँको परिवार कसरी आनन्दित हुन सक्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • पारिवारिक जीवन सफल पारौं
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ७/१ pp. १४-१५

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

तपाईंको परिवार कसरी आनन्दित हुनसक्छ?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. पारिवारिक आनन्दको लागि विवाह महत्त्वपूर्ण छ, किन?

यहोवा आनन्दित परमेश्‍वर हुनुहुन्छ र उहाँले नै विवाहको सुरुवात गर्नुभयो। वैवाहिक बन्धनमा बाँधिएपछि एक अर्काको साथ पाउनुका साथै छोराछोरीले पनि सुरक्षित महसुस गर्ने हुँदा पारिवारिक आनन्दको लागि विवाह महत्त्वपूर्ण छ। परमेश्‍वर विवाहप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ? परमेश्‍वर वैवाहिक बन्धन स्थायी भएको अनि पुरुष र स्त्रीबीचको यो बन्धन कानुनी रूपमा दर्ता भएको चाहनुहुन्छ। (लूका २:१-५) पति-पत्नी एक-अर्काप्रति वफादार भएको उहाँ चाहनुहुन्छ। (हिब्रू १३:४) आफ्नो पति वा पत्नीबाहेक अरूसित यौन सम्बन्ध राखेको खण्डमा मात्र यहोवाले ख्रीष्टियनहरूलाई सम्बन्धविच्छेद गरेर अर्को विवाह गर्ने अनुमति दिनु भएको छ।—मत्ती १९:३-६, ९ पढ्‌नुहोस्‌।

२. पति र पत्नीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ?

यहोवाले पति-पत्नीलाई एक-अर्काको सहयोगी हुन बनाउनुभयो। (उत्पत्ति २:१८) परिवारको शिर पति हो। त्यसैले आफ्नो परिवारलाई परमेश्‍वरबारे सिकाउने अनि भौतिक आवश्‍यकता उपलब्ध गराउने मुख्य जिम्मेवारी पतिको हो। तिनले आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ। पति-पत्नीले एक अर्कालाई प्रेम अनि आदर गर्नुपर्छ। पति-पत्नी दुवै त्रुटिपूर्ण छन्‌। त्यसकारण वैवाहिक बन्धनलाई आनन्दित बनाउने हो भने तिनीहरूले एक-अर्कालाई क्षमा गर्न सिक्नै पर्छ।—एफिसी ४:३१, ३२; ५:२२-२५, ३३; १ पत्रुस ३:७ पढ्‌नुहोस्‌।

३. वैवाहिक जीवन आनन्दित भएन भन्दैमा के आफ्नो पति वा पत्नीलाई त्याग्नु ठीक हो?

पति-पत्नीबीच कुनै समस्या भइरहेको छ भने दुवैले एक-अर्कासित मायालु व्यवहार गर्ने प्रयास गर्नुपर्छ। (१ कोरिन्थी १३:४, ५) वैवाहिक जीवनमा समस्याहरू आइपर्दा त्यसको समाधान गर्ने तरिका एक-अर्कासित छुट्टिएर बस्नु होइन भनी बाइबल बताउँछ। तर कहिलेकाहीं एकदमै गम्भीर अवस्थामा भने छुट्टिएर बस्ने कि सँगै बस्ने भनेर निर्णय गर्नुपर्ने हुन्छ।—१ कोरिन्थी ७:१०-१३ पढ्‌नुहोस्‌।

४. छोराछोरी हो, परमेश्‍वर तपाईंको लागि के चाहनुहुन्छ?

तपाईं खुसी भएको यहोवा चाहनुहुन्छ। आफ्नो युवावस्थामा कसरी आनन्दित हुने भनेर उहाँ तपाईंलाई उत्तम सल्लाह दिनुहुन्छ। तपाईंले आफ्ना आमाबुबाको बुद्धि र अनुभवबाट सिकेको परमेश्‍वर चाहनुहुन्छ। (कलस्सी ३:२०) यहोवालाई खुसी पार्न तपाईंले गर्ने जुनसुकै कामको उहाँ मोल गर्नुहुन्छ।—उपदेशक ११:९–१२:१; मत्ती १९:१३-१५; २१:१५, १६ पढ्‌नुहोस्‌।

५. आमाबुबा हो, तपाईंको छोराछोरी कसरी आनन्दित हुन सक्छन्‌?

आफ्ना छोराछोरीको लागि गाँस, बास र कपासको प्रबन्ध गर्न तपाईंहरूले कडा परिश्रम गर्नुपर्छ। (१ तिमोथी ५:८) तर उनीहरूको आनन्दको लागि तपाईंले गर्नुपर्ने अर्को एउटा काम पनि छ। त्यो हो, परमेश्‍वरलाई प्रेम गर्न अनि उहाँको शिक्षा लिन सिकाउने। (एफिसी ६:४) परमेश्‍वरलाई प्रेम गर्ने सन्दर्भमा तपाईंको उदाहरणले छोराछोरीमा गहिरो छाप पार्छ। तपाईंले बाइबलमा आधारित शिक्षा सिकाउनुभयो भने उनीहरूले सही तरिकामा सोच्न मदत पाउँछन्‌।—व्यवस्था ६:४-७; हितोपदेश २२:६ पढ्‌नुहोस्‌।

आमाबुबाले प्रोत्साहन दिंदा अनि प्रशंसा गर्दा छोराछोरीको हित हुन्छ। तर उनीहरूलाई सुधार्नुपर्ने अनि अनुशासन दिनुपर्ने पनि हुन्छ। आमाबुबाले यसरी राम्रो तालिम दिंदा छोराछोरीले खराब आनीबानी सिक्नेछैनन्‌ र सधैंभरि आनन्दित रहन सक्नेछन्‌। (हितोपदेश २२:१५) तर त्यसो भन्दैमा कहिल्यै पनि कठोर वा निर्दयी किसिमले अनुशासन दिनु हुँदैन।—कलस्सी ३:२१ पढ्‌नुहोस्‌।

यहोवाका साक्षीहरूले विशेषगरि आमाबुबा अनि छोराछोरीको लागि थुप्रै पुस्तक प्रकाशित गरेका छन्‌। यी पुस्तकमा भएका सबै कुरा बाइबलमा आधारित हुन्छन्‌।—भजन १९:७, ११ पढ्‌नुहोस्‌। (w11-E 10/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय १४ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने