प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या ५ पृ. ५
  • के प्रत्येक व्यक्‍तिलाई सुरक्षा दिन स्वर्गदूत खटाइएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के प्रत्येक व्यक्‍तिलाई सुरक्षा दिन स्वर्गदूत खटाइएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंलाई रक्षा गर्ने स्वर्गदूत छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • स्वर्गदूतहरूले हामीलाई कसरी मदत गर्न सक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या ५ पृ. ५

आवरण लेख | स्वर्गदूतहरू—तिनीहरू साँच्चै छन्‌? हामीलाई कस्तो प्रभाव पार्छन्‌?

के प्रत्येक व्यक्‍तिलाई सुरक्षा दिन स्वर्गदूत खटाइएको छ?

हामी प्रत्येकलाई रक्षा गर्न स्वर्गदूत खटाइएको छ भनेर बाइबलले सिकाउँदैन। हुन त हो, येशूले एक पटक यसो भन्‍नुभएको थियो, “होसियार बस, तिमीहरूले यी सानाहरूमध्ये [येशूका चेलाहरूमध्ये] कसैलाई हेला नगर, किनकि म तिमीहरूलाई भन्छु तिनीहरूको रखवाली गर्ने स्वर्गदूतहरूले स्वर्गमा बस्नुहुने मेरो बुबाको मुहार सधैं हेरिरहेका हुन्छन्‌।” (मत्ती १८:१०) तर यहाँ येशूले प्रत्येक व्यक्‍तिलाई रक्षा गर्न स्वर्गदूतहरू खटाइएका छन्‌ भन्‍न खोजिरहनुभएको थिएन। बरु, उहाँले आफ्ना प्रत्येक चेलाको कामकुरामा स्वर्गदूतहरूले पनि गहिरो चासो राख्छन्‌ भनेर बताउँदै हुनुहुन्थ्यो। त्यसकारण साँचो उपासकहरू ‘स्वर्गदूतहरूले मदत गरिहाल्छन्‌ नि!’ भनेर मूर्ख वा लापरवाह भएर खतरा मोल्दैनन्‌।

के यसको मतलब स्वर्गदूतहरू मानिसहरूलाई पटक्कै मदत गर्दैनन्‌ भन्‍ने हो? त्यसो त होइन। (भजन ९१:११) केही मानिसहरू परमेश्‍वरले आफूलाई स्वर्गदूतद्वारा सुरक्षा र डोऱ्‍याइ दिनुभएको छ भन्‍ने कुरामा बलियो विश्‍वास राख्छन्‌। सुरुको लेखमा उल्लेख गरिएका केनिथले पनि त्यस्तै महसुस गरेका थिए। हुन त हामी ठोकुवा नै गरेर भन्‍न त सक्दैनौं तर तिनको कुरा सही हुन सक्छ। यहोवाका साक्षीहरूले प्रचारको काममा भाग लिंदा थुप्रै चोटि स्वर्गदूतहरूले मदत र डोऱ्‍याइ दिएको अनुभव गरेका छन्‌। तर स्वर्गदूतहरू अदृश्‍य हुने भएकोले मानिसहरूलाई मदत गर्न परमेश्‍वरले तिनीहरूलाई ठ्‌याक्क कसरी चलाउनुहुन्छ भनेर हामी यकिनका साथ भन्‍न सक्दैनौं। तैपनि हामी आफूले पाएको मदत र असल कुराहरूको लागि सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई सधैं धन्यवाद दिन सक्छौं।—कलस्सी ३:१५; याकूब १:१७, १८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने