प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या ५ पृ. ७-८
  • स्वर्गदूतहरूले हामीलाई कसरी मदत गर्न सक्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्गदूतहरूले हामीलाई कसरी मदत गर्न सक्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गदूतहरूले प्रथम शताब्दीका मण्डलीहरूलाई मदत गरे
  • स्वर्गदूतहरूले हामीलाई कसरी मदत गर्न सक्छन्‌
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परमेश्‍वरका स्वर्गदूतहरूबाट मदत
    महान्‌ शिक्षकबाट सिकौं
  • वफादार स्वर्गदूतहरूको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या ५ पृ. ७-८

आवरण लेख | स्वर्गदूतहरू—तिनीहरू साँच्चै छन्‌? हामीलाई कस्तो प्रभाव पार्छन्‌?

स्वर्गदूतहरूले हामीलाई कसरी मदत गर्न सक्छन्‌

वफादार स्वर्गदूतहरू मानिसहरूको गतिविधिमा निकै चासो राख्छन्‌ र यहोवाको इच्छा पूरा गर्ने काममा सक्रिय भई भाग लिन्छन्‌। परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुहुँदा तिनीहरू “एकसाथ गाए र स्वर्गीय-जनहरू रमाहटले कराए।” (अय्यूब ३८:४, ७) प्राचीन समयदेखि नै स्वर्गदूतहरू पृथ्वीमा हुने घटनाबारे “बुझ्न” इच्छुक थिए।—१ पत्रुस १:११, १२.

परमेश्‍वरको इच्छा पूरा गर्न स्वर्गदूतहरूले साँचो उपासकहरूलाई सुरक्षा दिएको थुप्रै विवरण बाइबलमा पाउँछौं। (भजन ३४:७) उदाहरणका लागि:

  • यहोवाले दुष्ट सहर सदोम र गमोरालाई नाश गर्नुहुँदा स्वर्गदूतहरूले धर्मी लूत र तिनको परिवारलाई त्यहाँबाट भाग्न मदत गरे।—उत्पत्ति १९:१, १५-२६.

  • प्राचीन बेबिलोन सहरमा परमेश्‍वरप्रति वफादार तीन हिब्रू केटालाई दन्किरहेको आगोको भट्टीमा फ्याँकियो। परमेश्‍वरले तिनीहरूलाई “बचाउन आफ्ना स्वर्गदूतहरू पठाउनुभयो।”—दानियल ३:१९-२८.

  • परमेश्‍वरका सेवक दानियललाई रातभरि भोकाएका सिंहहरूको खोरमा राखियो। तैपनि तिनलाई केही भएन। आफू जीवित रहन सक्नुको कारणबारे तिनले यसरी बताए, “सिंहहरूका मुख थुनिदिनलाई मेरा परमेश्‍वरले आफ्ना दूत पठाउनुभयो।”—दानियल ६:१६, २२.

एउटा स्वर्गदूतले दानियललाई सिंहहरूदेखि बचाउँछन्‌

परमेश्‍वरका वफादार जनहरूलाई स्वर्गदूतले मदत गरेको थुप्रै रेकर्ड छन्‌

स्वर्गदूतहरूले प्रथम शताब्दीका मण्डलीहरूलाई मदत गरे

परमेश्‍वरको उद्देश्‍य पूरा गर्न स्वर्गदूतहरूले प्रथम शताब्दीका ख्रीष्टियन मण्डलीहरूलाई विभिन्‍न तरिकामा मदत गरे। उदाहरणको लागि:

  • एउटा स्वर्गदूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र त्यहाँ कैदमा परेका प्रेषितहरूलाई फेरि मन्दिरमा गएर प्रचार गर्न निर्देशन दिए।—प्रेषित ५:१७-२१.

  • एउटा अर्को स्वर्गदूतले प्रचारक फिलिपलाई यरूशलेमबाट गाजातर्फ जाने मरुभूमिको बाटोमा जान आग्रह गरे। ती स्वर्गदूतले फिलिपलाई यरूशलेमबाट उपासना गरेर फर्किरहेका एक इथियोपियालीलाई प्रचार गर्न निर्देशन दिए।—प्रेषित ८:२६-३३.

  • परमेश्‍वरले गैर-यहूदीहरूलाई ख्रीष्टियनको रूपमा स्विकार्न थाल्नुभएपछि एउटा स्वर्गदूत रोमी सेनाका अफिसर कर्नीलियसको दर्शनमा देखा परे। ती स्वर्गदूतले प्रेषित पत्रुसलाई आफ्नो घरमा बोलाउन कर्नीलियसलाई निर्देशन दिए।—प्रेषित १०:३-५.

  • प्रेषित पत्रुस कैदमा छँदा एउटा स्वर्गदूत तिनीसामु देखा परे र तिनलाई झ्यालखानाबाट बाहिर निकाले।—प्रेषित १२:१-११.

स्वर्गदूतहरूले हामीलाई कसरी मदत गर्न सक्छन्‌

अहिले पनि मानिसहरूलाई मदत गर्न परमेश्‍वरले पुरातन समयमा जस्तै चमत्कारपूर्ण ढङ्‌गमा स्वर्गदूतहरू प्रयोग गर्नुहुन्छ भन्‍ने कुराको ठोस प्रमाण छैन। तर हाम्रो समयबारे येशूले यसो भन्‍नुभयो, “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) येशूका चेलाहरूले स्वर्गदूतहरूको रेखदेखमा सारा पृथ्वीभरि प्रचार गर्ने काम गरिरहेका छन्‌ भनेर के तपाईंलाई थाह थियो?

सार्वजनिक साक्षीको लागि राखिएको ट्रली नजिकै मानिसहरू हिंड्‌दै

सुसमाचार संसारभरि घोषणा गर्न स्वर्गदूतहरूले मदत गर्छन्‌

संसारभरिका मानिसहरूलाई यहोवा र उहाँको उद्देश्‍यबारे सिकाउन स्वर्गदूतहरू जोडतोडले मदत गर्दै छन्‌ भनेर प्रकाशको पुस्तकले देखाउँछ। प्रेषित यूहन्‍नाले यस्तो लेखे: “मैले अर्को एउटा स्वर्गदूत आकाशमा उडिरहेको देखें। पृथ्वीमा बास गर्नेहरू अनि हरेक राष्ट्र, कुल, भाषा र जातिलाई खुसीको सन्देशको रूपमा घोषणा गर्न तिनीसित अनन्त सुसमाचार थियो। तिनी चर्को सोरमा यसो भन्दै थिए: ‘परमेश्‍वरसित डराओ र उहाँलाई महिमा देओ, किनकि उहाँले न्याय गर्ने समय आइपुगेको छ। त्यसैले उहाँको उपासना गर, जसले आकाश, पृथ्वी, समुद्र र पानीका मुहानहरू बनाउनुभयो।’” (प्रकाश १४:६, ७) आधुनिक समयका थुप्रै अनुभवले स्वर्गदूतहरू विश्‍वव्यापी प्रचारकार्यमा मदत गरिरहेका छन्‌ भन्‍ने कुराको प्रमाण दिन्छ। हुन पनि, एक जना पापीले पश्‍चात्ताप गरेर यहोवातर्फ फर्कंदा “परमेश्‍वरका दूतहरूमाझ . . . रमाहट हुनेछ।”—लूका १५:१०.

प्रचारको काम सकिएपछि के हुनेछ? “स्वर्गका सेनाहरू” र राजाहरूका महाराजा येशू ख्रीष्ट मिलेर आरमागेडोनमा “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ” लड्‌ने छन्‌। (प्रकाश १६:१४-१६; १९:१४-१६) प्रभु येशूले ‘ज-जसले उहाँसित सम्बन्धित सुसमाचार मान्दैनन्‌, तिनीहरूसित बदला लिनुहुनेछ’ अनि त्यस न्यायको दिनमा दोषी ठहरिएकाहरूलाई दण्ड दिने काममा शक्‍तिशाली स्वर्गदूतहरूले भाग लिनेछन्‌।—२ थिस्सलोनिकी १:७, ८.

त्यसैले स्वर्गदूतहरू व्यक्‍तिगत रूपमा तपाईंको चासो राख्छन्‌ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। तिनीहरू परमेश्‍वरका सेवकहरूलाई मदत गर्न सधैं तयार हुन्छन्‌। यहोवाले पृथ्वीमा रहेका आफ्ना वफादार जनहरूलाई जोगाउन र बलियो पार्न थुप्रै पटक स्वर्गदूतहरू प्रयोग गर्नुभएको छ।—हिब्रू १:१४.

साँच्चै, हामी प्रत्येकको अगाडि छनौट गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारी छ। के हामी विश्‍वव्यापी रूपमा घोषणा भइरहेको सुसमाचार सुन्छौं र पालन गर्छौं? शक्‍तिशाली स्वर्गदूतहरूको मायालु मदतबाट लाभ पाउन तपाईंलाई यहोवाका साक्षीहरूले मदत गर्न सक्छन्‌। यसो गर्न पाउँदा तिनीहरू औधी खुसी हुनेछन्‌।

वफादार र अवफादार स्वर्गदूतहरूबारे बाइबलले के भन्छ भन्‍ने विषयमा थप जानकारी पाउन चाहनुहुन्छ भने यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १० हेर्नुहोस्‌। यो किताब jw.org/ne मा पनि उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने