प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 सङ्‌ख्या २ पृ. ४-५
  • ज्योतिषविद्या र भविष्य बताउने—कत्तिको भरपर्दो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ज्योतिषविद्या र भविष्य बताउने—कत्तिको भरपर्दो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ज्योतिषविद्या
  • भविष्य बताउने
  • बाइबल के भन्छ?
  • के ज्योतिषविद्याले तपाईंको भविष्य बताउन सक्छ?
    ब्यूँझनुहोस्‌!—२००५
  • के राशिफलअनुसार तपाईंको जीवन चलाउनु ठीक होला?
    ब्यूँझनुहोस्‌!—२०००
  • ग्रह-नक्षत्रहरूमा तपाईंको लागि के लेखिएको छ?
    ब्यूँझनुहोस्‌!—१९९४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 सङ्‌ख्या २ पृ. ४-५
राशिलाई चित्रण गर्ने तारापुञ्जको नक्सा

ज्योतिषविद्या र भविष्य बताउने—कत्तिको भरपर्दो?

ज्योतिषविद्या

ज्योतिषविद्या तारा, चन्द्रमा र ग्रहले मानिसको जीवनलाई असर गर्छ भन्‍ने विश्‍वासमा आधारित हुन्छ। मानिस जन्मँदा ग्रह-नक्षत्रहरू जुन ठाउँमा छ, त्यसले उसको आनीबानी र भविष्यलाई असर गर्छ भनी ज्योतिषीहरू दाबी गर्छन्‌। ज्योतिषविद्याको सुरुवात बेबिलोनमा भएको थियो तर यो आज पनि उत्तिकै लोकप्रिय छ। सन्‌ २०१२ मा संयुक्‍त राज्य अमेरिकामा गरिएको सर्वेक्षणअनुसार लगभग ३३ प्रतिशत मानिसले ज्योतिषविद्या “केही हदसम्म वैज्ञानिक” तथ्यमा आधारित हुन्छ भने अनि १० प्रतिशतले “पूर्ण रूपमा वैज्ञानिक” तथ्यमा आधारित हुन्छ भने। यस्तो धारणा सही होइन। कारण यसप्रकार छन्‌:

  • मानिसलाई असर गर्ने कुनै शक्‍ति ग्रह-नक्षत्रहरूबाट आउँदैन।

  • ज्योतिषीहरूको अनुमान प्रायः जो-कोहीसित मेल खान सक्छ।

  • आज पनि तिनीहरू ग्रहहरू पृथ्वीको वरिपरि घुम्छन्‌ भन्‍ने पहिलाको धारणाको आधारमा हिसाब-किताब गर्छन्‌। तर वास्तवमा ग्रहहरू सूर्यको वरिपरि घुम्छन्‌।

  • फरक-फरक ज्योतिषीले एउटै व्यक्‍तिबारे गरेको भविष्यवाणी बाझिन्छ।

  • ज्योतिषविद्याअनुसार १२ वटा राशि हुन्छ। जन्मदिनको आधारमा मानिसको राशि पत्ता लगाइन्छ। प्राचीनकालमा तारापुञ्जलाई हेरेर राशिहरूको नाम राखिएको थियो। तर सयौँ वर्षको दौडान अन्तरिक्षमा पृथ्वीको स्थान परिवर्तन हुने गर्छ अनि सूर्य ती तारापुञ्जहरूबाट भएर जाने समय पनि परिवर्तन भइरहन्छ। त्यसैले ती तारापुञ्जहरू फरक समयमा देखा पर्छन्‌।

मानिसको आनीबानी कस्तो हुने हो, राशिले बताउँछ भनेर थुप्रैले विश्‍वास गर्छन्‌। वास्तवमा एकै दिनमा जन्मेका मानिसहरूको गुण र आनीबानी एउटै हुँदैन। त्यसैले कसैको जन्मदिनले ऊबारे र उसको आनीबानीबारे केही बताउँदैन। मानिसहरू कस्ता छन्‌ भनेर बुझ्दै-नबुझी ज्योतिषीहरू जन्म मिति र राशि हेरेर तिनीहरूको आनीबानी र गुणबारे अड्‌कल काट्‌छन्‌। यसरी अड्‌कल काट्‌नु उचित हो र?

भविष्य बताउने

प्राचीनकालदेखि नै मानिसहरू पछि हुने कुराबारे जान्‍न भविष्य बताउनेहरूकहाँ जाने गरेका छन्‌। भविष्य बताउने कोही-कोही व्यक्‍तिहरू जनावर वा मानिसको कलेजो र आन्द्राभुँडी जस्ता अङ्‌ग हेरेर अथवा भालेको अन्‍न टिप्ने तरिका हेरेर अर्थ पत्ता लगाउन खोज्थे। चिया र कफीको थिग्रोबाट कपमा बनेको बुट्टा हेरेर पनि भविष्यबारे अनुमान लगाइन्थ्यो। आजकल भविष्य बताउनेहरू मानिसहरूको भविष्य “पढ्‌न” तास (ट्‌यारोट कार्ड), काँचको बल, पासा र अरू विभिन्‍न साधन प्रयोग गर्छन्‌। के भविष्य बताउनेहरूले पछि हुने कुराबारे भरपर्दो जानकारी दिन सक्छन्‌ र? अहँ, सक्दैनन्‌। यसको कारण विचार गरौँ।

भविष्य बताउनेहरूको कुरा एकअर्कासित कत्तिको मिल्छ? तिनीहरूले विभिन्‍न तरिका अपनाएर गरेको अनुमान फरक-फरक हुन्छ। तिनीहरूले एउटै तरिका अपनाए पनि कुरा एकअर्कासित मिल्दैन। उदाहरणको लागि, भविष्य बताउने दुई जना व्यक्‍तिलाई कुनै एउटा तास देखाएर भविष्यबारे सोध्दा एउटै जवाफ आउनुपर्ने हो। तर प्रायजसो त्यसो हुँदैन।

भविष्य बताउनेहरूले अपनाउने तरिका र तिनीहरूको मनसाय शङ्‌कास्पद हुन्छ। आलोचकहरूको भनाइअनुसार तिनीहरूले प्रयोग गर्ने तास वा काँचको बल कुनै विशेष साधन होइन। तिनीहरू साधनमा देखिने कुरा नभई मानिसहरूको हाउभाउ पढ्‌छन्‌। उदाहरणको लागि, भविष्य बताउने एक जना सिपालु व्यक्‍तिले साधारण प्रश्‍नहरू सोध्छन्‌ अनि ग्राहकको कुरा र तिनको हाउभाउ राम्ररी नियाल्छन्‌। त्यसबाट उक्‍त व्यक्‍तिबारे अनुमान लगाउन सक्ने कुरा पत्ता लगाउँछन्‌। यसरी ग्राहकले अनजानमा दिएको जानकारीबाट तिनीबारे र तिनको परिस्थितिबारे थाह पाउँछन्‌। तर भविष्य बताउनेले ती कुराहरू आफूलाई पहिल्यै थाह भएको भान पार्छन्‌। यसरी ग्राहकहरूको विश्‍वास जितेर तिनीहरूले थुप्रै पैसा हात पारेका छन्‌।

बाइबल के भन्छ?

ज्योतिषीहरू र भविष्य बताउनेहरू हाम्रो भाग्य पहिल्यै लेखिएको हुन्छ भनी बताउँछन्‌। तर के यो साँचो हो? हामी कुन कुरामा विश्‍वास गर्ने वा के गर्ने, त्यो आफैले रोज्न सक्छौँ भनी बाइबल बताउँछ। हाम्रो रोजाइले हाम्रो भविष्यलाई असर गर्छ भनेर पनि बताउँछ।—यहोशू २४:१५.

ज्योतिषविद्या र भविष्य बताउने काममा साँचो ईश्‍वरका उपासकहरू भाग नलिनुको अर्को कारण पनि छ। साँचो ईश्‍वरले भविष्य हेर्नेसित सम्बन्धित हरप्रकारका कामलाई घृणा गर्नुहुन्छ। बाइबलमा यस्तो लेखिएको पाउँछौँ: “भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने अथवा बिजुवा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌। यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो, औ यिनै घृणित रीति-थितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई निकालिदिनुहुन्छ।”—व्यवस्था १८:१०-१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने