ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अप्रिल ३०, २०१२ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ। हरेक हप्ता स्कूलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस् भनेर प्रत्येक बुँदा कुन दिन छलफल गरिन्छ, मिति पनि दिइएको छ।
१. यर्मियाको पुस्तक हाम्रो लागि किन फाइदाजनक छ? [मार्च ५, w०७ ४/१ पृ. ८ अनु. २]
२. आज यहोवाले हामीलाई सतावटबाट कसरी जोगाउनुहुन्छ? (यर्मि. १:८) [मार्च ५, w०५ १२/१५ पृ. २३ अनु. १८]
३. अभिषिक्त जनहरू कहिले र कसरी “पुराना बाटोहरू”-मा फर्के? (यर्मि. ६:१६) [मार्च १२, w०५ ११/१ पृ. २४ अनु. १२]
४. यहोवालाई ‘हाम्रो पाइला डोऱ्याउन’ दिन हामी किन खुसी हुनुपर्ने हो? (यर्मि. १०:२३) [मार्च १९, w९९ ९/१ पृ. १९ अनु. ३]
५. यहोवाले “धेरै जालहारीहरू” र “धेरै शिकारीहरू” पठाउँदैछु भन्नुभयो। यसले कुन कुरालाई बुझाउँछ? (यर्मि. १६:१६) [मार्च २६, w०७ ४/१ पृ. ९ अनु. ५]
६. यहोवाले यर्मियालाई कसरी मूर्ख बनाउनुभयो र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (यर्मि. २०:७) [अप्रि. २, w०७ ४/१ पृ. ९ अनु. ६]
७. यर्मिया २३:३३ मा उल्लेख गरिएको “परमप्रभुको बोझ” के हो? [अप्रि. ९, w०७ ४/१ पृ. ११ अनु. १]
८. यहोवाको करुणाबारे विचार गर्दा हामी कस्तो आश्वासन पाउन सक्छौं? (यर्मि. ३१:३) [अप्रि. २३, w०४ ४/१५ पृ. १४ अनु. ११]
९. कसरी परमेश्वरको व्यवस्था हृदयमा लेखिन्छ? (यर्मि. ३१:३३) [अप्रि. २३, w०७ ४/१ पृ. ११ अनु. २]
१०. एउटै कारोबारको दुई वटा लिखित कागजात अर्थात् तमसुक बनाउनुको उद्देश्य के थियो? (यर्मि. ३२:१०-१५) [अप्रि. ३०, w०७ ४/१ पृ. ११ अनु. ३]