प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या ३ पृ. ११
  • ईश्‍वरको आज्ञा पालन गर्नेहरूले आशिष्‌ पाउँछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरको आज्ञा पालन गर्नेहरूले आशिष्‌ पाउँछन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १. ईश्‍वरप्रति आज्ञाकारी हुँदा बुद्धिमान्‌ बन्‍न सक्छौँ
  • २. आज्ञाकारी हुँदा आनन्दित हुन सक्छौँ
  • १. परमेश्‍वरको प्रेम सधैँ रहिरहन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • ‘परमेश्‍वरलाई प्रेम गर्नुको’ अर्थ
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • के तपाईँ “आज्ञाकारी” हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • “के म परमेश्‍वरको स्थानमा छु र?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या ३ पृ. ११
एउटा परिवार एकअर्कासित समय बिताएर रमाइलो गर्दै छ। आमा जेठी छोरीसित भान्छामा खाना बनाउँदै छिन्‌। बुबा कान्छी छोरीसित बैठक कोठामा फोटो एल्बम हेर्दै छन्‌।

हामीले ईश्‍वरको आज्ञा पालन गऱ्‍यौँ भने साँचो आनन्द पाउन सक्छौँ

ईश्‍वरको आज्ञा पालन गर्नेहरूले आशिष्‌ पाउँछन्‌

हामीले ईश्‍वरका आज्ञाहरू पालन गऱ्‍यौँ भने उहाँको आशिष्‌ पाउनेछौँ भनेर भविष्यवक्‍ता मोसाले बताए। (व्यवस्था १०:१३; ११:२७) हामीले ईश्‍वरबाट सजाय पाउने डरले मात्र उहाँको आज्ञा पालन गर्ने गर्दैनौँ। उहाँका मनमोहक गुणहरूले उहाँप्रति आज्ञाकारी हुन हामीलाई जुरमुऱ्‍याउँछ किनभने हामी उहाँलाई माया गर्छौँ र उहाँलाई दुःखित तुल्याउने कुनै पनि काम गर्न चाहँदैनौँ। “परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो।”—१ युहन्‍ना ५:३.

तर आज्ञाकारी हुँदा कसरी ईश्‍वरको आशिष्‌ पाउन सक्छौँ? दुइटा तरिका विचार गरौँ।

१. ईश्‍वरप्रति आज्ञाकारी हुँदा बुद्धिमान्‌ बन्‍न सक्छौँ

“म यहोवा तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु। तिमीहरू हिँड्‌नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्‍याउँछु।”—यसैया ४८:१७.

हाम्रो सृष्टिकर्ता यहोवा हामीलाई चिन्‍नुहुन्छ र आवश्‍यक डोऱ्‍याइ दिनुहुन्छ। यदि हामी उहाँको शिक्षा पाएर बुद्धिमानी निर्णय गर्न चाहन्छौँ भने पवित्र धर्मशास्त्र पढेर उहाँ हामीले के गरेको चाहनुहुन्छ भनेर थाह पाउनुपर्छ अनि सिकेको कुरा लागू गर्नुपर्छ।

२. आज्ञाकारी हुँदा आनन्दित हुन सक्छौँ

“आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लुका ११:२८.

आज ईश्‍वरको वचन पालन गर्ने लाखौँ मानिसले साँचो आनन्द पाएका छन्‌। उदाहरणको लागि, स्पेनको एक जना मानिसको अनुभव विचार गर्नुहोस्‌। तिनी रिसाहा स्वभावका थिए अनि आफ्नी पत्नी र अरू मानिससित रुखो व्यवहार गर्थे। एकदिन तिनले भविष्यवक्‍ता मोसाले लेखेको पुस्तकमा पुरातन समयका याकुबका छोरा युसुफबारे पढे, जो कोमल स्वभावका थिए। युसुफ दासको रूपमा बेचिए अनि झूटो आरोपमा झ्यालखानामा परे। तैपनि तिनी कोमल, शान्तिप्रिय र क्षमाशील भइरहे। (उत्पत्ति, अध्याय ३७-४५) स्पेनका ती मानिस यसो भन्छन्‌: “युसुफको उदाहरण विचार गरेपछि म कोमल, दयालु र आत्मसंयमी हुन जुरमुरिएँ। अहिले मेरो जीवन आनन्दले भरिएको छ।”

पवित्र धर्मशास्त्रले अरूसित हामीले कस्तो व्यवहार गर्नुपर्छ भन्‍नेबारे थुप्रै सुझाव दिन्छ। त्यसबारे विस्तृत रूपमा अर्को लेखमा विचार गरौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने