प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 जून p. ३१
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • उनले ईश्‍वरीय निर्देशन स्वीकारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मरियम—गर्भवती तर अविवाहित
    येसु—बाटो, सत्य र जीवन
  • असल पति, असल बुबा, असल सेवक
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 जून p. ३१

पाठकहरूको प्रश्‍न

येसु जन्मनुभएपछि युसुफ र मरियम आफ्नो घर नासरत फर्किनुको सट्टा किन बेतलेहेममै बसे?

यसबारे बाइबलले केही बताएको छैन। तर केही रोचक विवरणबाट तिनीहरू नासरत नफर्किनुका सम्भावित कारणहरूबारे थाह पाउन सक्छौँ।

एक जना स्वर्गदूतले मरियमलाई तिनी गर्भवती हुनेछिन्‌ र एउटा छोरा जन्माउनेछिन्‌ भनेर बताए। त्यो सन्देश सुनाइँदा मरियम र युसुफ गालीलको नासरतमा थिए। (लुका १:२६-३१; २:४) पछि तिनीहरू मिश्रबाट नासरत फर्के। येसु त्यहीँ हुर्कनुभयो र नासरी कहलाइनुभयो। (मत्ति २:१९-२३) त्यसैले येसु, युसुफ र मरियमको कुरा गर्दा हामी नासरत सहर पनि सम्झिन्छौँ।

मरियमको एक जना नातेदार इलिसिबा यहुदामा बस्थिन्‌। इलिसिबा पुजारी जकरियाहकी पत्नी थिइन्‌ र पछि उनले बप्तिस्मा गर्ने युहन्‍नालाई जन्माइन्‌। (लुका १:५, ९, १३, ३६) मरियम इलिसिबालाई भेट्‌न यहुदा गइन्‌ र त्यहाँ लगभग तीन महिना बसेर नासरत फर्किन्‌। (लुका १:३९, ४०, ५६) त्यसैले मरियमलाई यहुदाको इलाकाबारे केही कुरा थाह थियो।

पछि युसुफले रोमी सरकारको आदेशअनुसार ‘नाम दर्ता गराउन’ नासरतदेखि बेतलेहेम भनिने “दाउदको सहर”-सम्म यात्रा गरे। भविष्यवाणीअनुसार मसीहको जन्म त्यही सहरमा हुने थियो। (लुका २:३, ४; १ समु. १७:१५; २०:६; मिका ५:२) मरियमले येसुलाई जन्माएपछि युसुफले मरियमलाई भर्खरै जन्मेको बालकसँगै नासरतसम्म लामो यात्रा गर्न कर गरेनन्‌। तिनीहरू बेतलेहेममै बसे, जुन यरुसलेमभन्दा लगभग नौ किलोमिटर टाढा थियो। त्यहाँबाट आफ्नो नवजात शिशुलाई मन्दिर लैजान र व्यवस्थाअनुसार भेटी चढाउन तिनीहरूलाई सहज हुने थियो।—लेवी १२:२, ६-८; लुका २:२२-२४.

यसअघि परमेश्‍वरको एक जना दूतले मरियमलाई तिनको छोराले “दाउदको सिंहासन” पाउनेछन्‌ र “राजाको रूपमा” शासन गर्नेछन्‌ भनेर बताएका थिए। युसुफ र मरियमले येसु दाउदको सहरमै जन्मनु महत्त्वपूर्ण छ भनेर बुझेका हुन सक्छन्‌। (लुका १:३२, ३३; २:११, १७) परमेश्‍वर तिनीहरूले के गरेको चाहनुहुन्छ भनेर थाह नपाउन्जेल त्यहीँ बसेर पर्खनु बुद्धिमानी हुन्छ भनेर तिनीहरूले सोचेका हुन सक्छन्‌।

केही ज्योतिषी बेतलेहेम आउँदा युसुफ र मरियम त्यहाँ बसेको कति समय भइसकेको थियो भनेर हामीलाई थाह छैन। तर त्यतिबेला तिनीहरू एउटा घरमा बस्थे र तिनीहरूको छोरा नवजात शिशु होइन, “सानो बालक” भइसकेको थियो। (मत्ति २:११) यसबाट तिनीहरू नासरत नफर्की केही समय बेतलेहेममै बसे जस्तो देखिन्छ।

हेरोदले ‘बेतलेहेम सहरका दुई वर्ष र त्योभन्दा मुनिका सबै बालकलाई मार्नू’ भनेर आदेश दिए। (मत्ति २:१६) यसबारे परमेश्‍वरले चेतावनी दिनुभएपछि युसुफ र मरियम येसुलाई लिएर मिश्र भागे। हेरोदको मृत्यु नहोउन्जेल तिनीहरू त्यहीँ बसे। पछि युसुफले आफ्नो परिवारलाई नासरत लगे। तिनीहरू किन बेतलेहेम फर्केनन्‌? किनकि त्यतिबेला हेरोदका निरङ्‌कुश छोरा आर्खिलाउस यहुदामा शासन गर्थे। युसुफ आफ्नो परिवारलाई तिनीदेखि जोगाउन चाहन्थे। साथै एक जना स्वर्गदूतले तिनलाई बेतलेहेम नफर्कन फेरि चेतावनी दिएका थिए। नासरतमा तिनले कुनै डरविना येसुलाई परमेश्‍वरको शिक्षा दिँदै हुर्काउन सक्थे।—मत्ति २:१९-२२; १३:५५; लुका २:३९, ५२.

येसुले स्वर्गमा जीवन पाउने बाटो खोल्नुअघि युसुफको मृत्यु भइसकेको हुनुपर्छ। त्यसैले युसुफ पृथ्वीमा फेरि जीवित हुनेछन्‌। थुप्रैले तिनलाई भेट्‌न सक्नेछन्‌ र येसुको जन्मपछि तिनीहरू किन बेतलेहेममै बसे भनेर तिनीबाट अझ धेरै कुरा थाह पाउन सक्नेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने