अध्ययनका लागि सुझाव
मनमा चित्र कोर्नुहोस्
बाइबलमा भएका ऐतिहासिक विवरणहरूबाट हामी महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ। मनमा यी विवरणहरूको चित्र कोऱ्यौँ भने आफूले पढेको कुरा अझ राम्ररी बुझ्नेछौँ अनि लाभ पनि उठाउनेछौँ। त्यसो गर्न यहाँ दिइएका केही सुझावहरू लागू गर्न सक्नुहुन्छ।
आवाज निकालेर पढ्नुहोस्। आवाज निकालेर बाइबल पढ्नुभयो भने आफूले पढेको विवरण कल्पना गर्न अझ सजिलो हुन्छ। परिवार मिलेर पढ्नुहुन्छ भने फरक-फरक बाइबल पात्रको भाग फरक-फरक सदस्यले पढ्नुहोस्। यसो गर्नुभयो भने त्यो विवरण अझ जीवन्त हुनेछ।
दृश्यहरू कल्पना गर्नुहोस्। आफूले पढेको विवरणमा भएका पात्रहरूको सोचाइ र भावना बुझ्ने प्रयास गर्नुहोस्। तपाईँ आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ: ‘उसले किन त्यसो भन्यो? उसले त्यस्तो व्यवहार गर्नुको कारण के हो? म त्यो अवस्थामा भएको भए के सोच्थेँ अथवा कस्तो महसुस गर्थेँ होला?’
चित्र बनाउनुहोस्। राम्रो चित्र बनाउन आउँदैन भने पनि चिन्ता नगर्नुहोस्। बरु आफूलाई जस्तो आउँछ, त्यस्तै बनाउनुहोस्। यसो गर्नुभयो भने बाइबल विवरणहरू कल्पना गर्न र पछिसम्म सम्झन सक्नुहुनेछ।