भजनसङ्ग्रह
४ उहाँको बिजुलीको चमकले धर्ती उज्यालो हुन्छ;
त्यो देखेर पृथ्वी थरथराउँछ।+
५ सारा पृथ्वीका मालिक यहोवासामु
पहाडहरू मैनजस्तै पग्लिजान्छन्।+
६ आकाशले उहाँको धार्मिकताको घोषणा गर्छ
अनि जातिजातिले उहाँको महिमा देख्छन्।+
९ किनकि हे यहोवा, तपाईँ सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ;
तपाईँ अरू सबै देवताभन्दा अति उच्च हुनुहुन्छ।+
१० हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।+
उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ;+
११ धर्मीको निम्ति ज्योति चम्किएको छ+
अनि सोझो मन भएकाहरूको लागि खुसीको बहार छाएको छ।
१२ हे धर्मी मानिसहरू हो, यहोवाको साथ पाएकोमा रमाहट गर
अनि उहाँको पवित्र नामको प्रशंसा गर।