प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • यहोवा मोसालाई बलियो बनाउनुहुन्छ (१-७)

      • हारुनको लौरो ठूलो सर्प बन्छ (८-१३)

      • पहिलो विपत्ति: पानी रगत बन्छ (१४-२५)

प्रस्थान ७:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:१४-१६, ३०

प्रस्थान ७:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:२१; ७:१३, २२; ८:१५, १९; ९:१२, ३५; १०:२०, २७; ११:१०; १४:८; रोमी ९:१७, १८
  • +प्रस्थ ३:१९, २०; भज १०५:२६, २७; प्रे ७:३६

प्रस्थान ७:४

फुटनोट

  • *

    शा., “जो मेरो सेना हुन्‌।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:१२, ५१

प्रस्थान ७:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:१७; ८:९, १०, २२; ९:२९; १४:४

प्रस्थान ७:७

मार्जिनल रेफरेन्स

  • +व्य ३४:७; प्रे ७:२२, २३

प्रस्थान ७:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:२, ३

प्रस्थान ७:११

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:८; २ति ३:८
  • +प्रस्थ ७:२०, २२; ८:७, १८; ९:११

प्रस्थान ७:१२

फुटनोट

  • *

    शा., “लौरोले।”

प्रस्थान ७:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:३

प्रस्थान ७:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १०:१

प्रस्थान ७:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:२, ३

प्रस्थान ७:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:१८

प्रस्थान ७:१७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:५; ८:९, १०, २२; ९:२९; १४:४

प्रस्थान ७:१९

फुटनोट

  • *

    अर्थात्‌, नाइल नदीबाट ल्याइएका नहरहरू।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:५
  • +प्रस्थ ९:२२; १०:१२; १४:२१

प्रस्थान ७:२०

मार्जिनल रेफरेन्स

  • +भज ७८:४४

प्रस्थान ७:२१

मार्जिनल रेफरेन्स

  • +भज १०५:२९
  • +प्रस्थ ७:१८, २४

प्रस्थान ७:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:११, १२; ८:७, १८; ९:११; २ति ३:८
  • +प्रस्थ ३:१९

अरू

प्रस्थ. ७:१प्रस्थ ४:१४-१६, ३०
प्रस्थ. ७:३प्रस्थ ४:२१; ७:१३, २२; ८:१५, १९; ९:१२, ३५; १०:२०, २७; ११:१०; १४:८; रोमी ९:१७, १८
प्रस्थ. ७:३प्रस्थ ३:१९, २०; भज १०५:२६, २७; प्रे ७:३६
प्रस्थ. ७:४प्रस्थ १२:१२, ५१
प्रस्थ. ७:५प्रस्थ ७:१७; ८:९, १०, २२; ९:२९; १४:४
प्रस्थ. ७:७व्य ३४:७; प्रे ७:२२, २३
प्रस्थ. ७:९प्रस्थ ४:२, ३
प्रस्थ. ७:११उत्प ४१:८; २ति ३:८
प्रस्थ. ७:११प्रस्थ ७:२०, २२; ८:७, १८; ९:११
प्रस्थ. ७:१३प्रस्थ ७:३
प्रस्थ. ७:१४प्रस्थ १०:१
प्रस्थ. ७:१५प्रस्थ ४:२, ३
प्रस्थ. ७:१६प्रस्थ ३:१८
प्रस्थ. ७:१७प्रस्थ ७:५; ८:९, १०, २२; ९:२९; १४:४
प्रस्थ. ७:१९प्रस्थ ८:५
प्रस्थ. ७:१९प्रस्थ ९:२२; १०:१२; १४:२१
प्रस्थ. ७:२०भज ७८:४४
प्रस्थ. ७:२१भज १०५:२९
प्रस्थ. ७:२१प्रस्थ ७:१८, २४
प्रस्थ. ७:२२प्रस्थ ७:११, १२; ८:७, १८; ९:११; २ति ३:८
प्रस्थ. ७:२२प्रस्थ ३:१९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ७:१-२५

प्रस्थान

७ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर, मैले तिमीलाई फारोको अगाडि परमेश्‍वरजस्तै बनाएको छु र तिम्रो आफ्नै दाइ हारुनले भविष्यवक्‍ताको रूपमा तिम्रो तर्फबाट बोल्नेछन्‌।+ २ म तिमीलाई जे-जे आज्ञा गर्छु, ती सबै तिमीले आफ्नो दाइ हारुनलाई बताउनू र तिनले फारोसित कुरा गर्नेछन्‌। तब फारोले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिनेछन्‌। ३ तर म फारोको हृदय कठोर हुन दिनेछु+ अनि मिश्रमा झन्‌ धेरै अचम्मलाग्दो चिन्ह र चमत्कार देखाउनेछु।+ ४ तैपनि फारोले तिम्रो कुरा सुन्‍नेछैनन्‌। अनि म मिश्रीहरूविरुद्ध आफ्नो हात उठाउनेछु र तिनीहरूलाई कडा सजाय दिनेछु। मेरो प्रजा इस्राएलीहरू, जो एउटा ठूलो दलजस्तै छन्‌,* तिनीहरूलाई म मिश्रीहरूको हातबाट छुटाउनेछु।+ ५ मिश्रविरुद्ध कदम चालेर इस्राएलीहरूलाई त्यहाँबाट निकालेर ल्याउँदा मिश्रीहरूले म नै यहोवा हुँ भनी थाह पाउनेछन्‌।”+ ६ मोसा र हारुनले यहोवा परमेश्‍वरको आज्ञा पालन गरे; उहाँले जे भन्‍नुभएको थियो, तिनीहरूले त्यही गरे। ७ फारोसित कुरा गर्न जाँदा मोसा ८० वर्षका र हारुन ८३ वर्षका थिए।+

८ अनि यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: ९ “फारोले तिमीहरूलाई ‘चमत्कार गरेर देखाओ’ भनेमा तिमीले हारुनलाई यसो भन्‍नू, ‘तपाईँको लौरो फारोको अगाडि फालिदिनुहोस्‌।’ त्यसपछि त्यो ठूलो सर्प बन्‍नेछ।”+ १० त्यसैले मोसा र हारुन फारोकहाँ गए र यहोवा परमेश्‍वरले भन्‍नुभएबमोजिमै गरे। हारुनले फारो र उनका सेवकहरूको अगाडि आफ्नो लौरो फाले र त्यो ठूलो सर्प बन्यो। ११ तब फारोले आफ्ना बुद्धिजीवीहरू र तान्त्रिकहरूलाई बोलाए अनि मिश्रका ती जादुगरहरूले+ पनि त्यस्तै गरे।+ १२ तिनीहरू प्रत्येकले आ-आफ्नो लौरो भुईँमा फाले र ती ठूलठूला सर्प बने तर हारुनको सर्पले* तिनीहरूका सर्पहरूलाई निल्यो। १३ तैपनि यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोको हृदय अझै कठोर भइरह्‍यो;+ उनले मोसा र हारुनको कुरा सुनेनन्‌।

१४ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “फारोको हृदय कठोर भएको छ।+ उनले मेरा मानिसहरूलाई जान दिएका छैनन्‌। १५ बिहान फारो नाइल नदीमा जाँदा उनलाई भेट्‌न तिमी पहिल्यै नदीको किनारमा पुग्नू अनि सर्प बनेको तिम्रो त्यो लौरो पनि सँगै लैजानू।+ १६ अनि फारोलाई यसो भन्‍नू, ‘हिब्रूहरूका परमेश्‍वर यहोवाले मलाई तपाईँकहाँ पठाउनुभएको हो।+ उहाँ यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले निर्जनभूमिमा मेरो सेवा गर्न सकून्‌।” तर अहिलेसम्म हजुरले उहाँको कुरा मान्‍नुभएको छैन। १७ त्यसैले यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीले म नै यहोवा हुँ भनेर यसबाट थाह पाउनेछौ:+ नाइल नदीको पानीलाई म लौरोले हिर्काउनेछु र त्यो रगत बन्‍नेछ। १८ अनि त्यहाँका माछाहरू मर्नेछन्‌ र नदी गन्हाउन थाल्नेछ; नाइल नदीको पानी मिश्रीहरूले खानै नसक्ने हुनेछ।”’”

१९ फेरि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हारुनलाई यसो भन, ‘आफ्नो लौरो लिनुहोस्‌ र मिश्रमा भएका नदीनाला, नहर,* तलाउ+ अनि सबै जलाशयमाथि+ आफ्नो लौरो लिएको हात पसार्नुहोस्‌ र ती सबै रगत हुनेछन्‌।’ मिश्रमा जताततै रगतैरगत हुनेछ, यहाँसम्म कि काठ र ढुङ्‌गाको भाँडामा भएका पानीसमेत रगत हुनेछन्‌।” २० मोसा र हारुनले तुरुन्तै यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम गरे। फारो र उनका सेवकहरूसामु हारुनले आफ्नो लौरो उठाए र नाइल नदीको पानीलाई हिर्काए अनि नदीको पानी रगत बन्यो।+ २१ त्यहाँका माछाहरू मरे+ र नदी डुङडुङ्‌ती गन्हाउन थाल्यो; मिश्रीहरूले नाइल नदीको पानी खानै सकेनन्‌।+ मिश्रभरि जताततै रगतैरगत भयो।

२२ मिश्रका जादुगरहरूले पनि त्यस्तै गरे।+ त्यसैले यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोको हृदय कठोर भइरह्‍यो; उनले मोसा र हारुनको कुरा सुनेनन्‌।+ २३ अनि फारो आफ्नो महलमा फर्के; आफूले देखेको कुराले उनलाई कुनै असर गरेन। २४ सारा मिश्रीहरूले पानी पिउन नाइल नदीको वरिपरि खन्‍न थाले किनकि त्यस नदीको पानी पिउनै नमिल्ने भएको थियो। २५ यहोवा परमेश्‍वरले नाइल नदीमाथि प्रहार गर्नुभएपछि सात दिनसम्म त्यसको अवस्था त्यस्तै रहिरह्‍यो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने