प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

युहन्‍ना​—⁠विषयवस्तु

      • कानामा विवाह-भोज; पानीलाई दाखमद्यमा परिणत गरिन्छ (१-१२)

      • येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (१३-२२)

      • मानिसको मनमा के छ, येसु जान्‍नुहुन्छ (२३-२५)

युहन्‍ना २:३

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

युहन्‍ना २:४

फुटनोट

  • *

    शा., “ए नारी, मलाई के र तिमीलाई के?” कसैले भनेको कुरामा असहमति जनाउन यस्तो उक्‍ति चलाइने गरिन्थ्यो। “नारी” भनेर सम्बोधन गर्दा अनादर गरेको हुँदैनथ्यो।

युहन्‍ना २:६

फुटनोट

  • *

    यसले बाथलाई जनाएको हुनुपर्छ। एक बाथ भनेको २२ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मर्कु ७:३

युहन्‍ना २:११

मार्जिनल रेफरेन्स

  • +यसै ९:१, २; युह १:१४

युहन्‍ना २:१२

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:५५; मर्कु ३:३१; लुका ८:१९; प्रे १:१४
  • +मत्ति ४:१३

युहन्‍ना २:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:१४; गन २८:१६; व्य १६:१; युह ११:५५

युहन्‍ना २:१४

मार्जिनल रेफरेन्स

  • +लेवी १:१४

युहन्‍ना २:१५

मार्जिनल रेफरेन्स

  • +मत्ति २१:१२; मर्कु ११:१५, १६; लुका १९:४५

युहन्‍ना २:१६

फुटनोट

  • *

    वा “बजार।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:११; मत्ति २१:१३; मर्कु ११:१७; लुका १९:४६

युहन्‍ना २:१७

मार्जिनल रेफरेन्स

  • +भज ६९:९

युहन्‍ना २:१८

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:३८; १६:१; युह ४:४८; ६:३०

युहन्‍ना २:१९

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५९-६१; २७:३९, ४०; मर्कु १४:५७, ५८

युहन्‍ना २:२१

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:२१

युहन्‍ना २:२२

मार्जिनल रेफरेन्स

  • +लुका २४:६-८

युहन्‍ना २:२५

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:३, ४; मर्कु २:६-८; युह १:४७, ४८; ६:६४; प्रका २:२३

अरू

युह. २:६मर्कु ७:३
युह. २:११यसै ९:१, २; युह १:१४
युह. २:१२मत्ति १३:५५; मर्कु ३:३१; लुका ८:१९; प्रे १:१४
युह. २:१२मत्ति ४:१३
युह. २:१३प्रस्थ १२:१४; गन २८:१६; व्य १६:१; युह ११:५५
युह. २:१४लेवी १:१४
युह. २:१५मत्ति २१:१२; मर्कु ११:१५, १६; लुका १९:४५
युह. २:१६यर्मि ७:११; मत्ति २१:१३; मर्कु ११:१७; लुका १९:४६
युह. २:१७भज ६९:९
युह. २:१८मत्ति १२:३८; १६:१; युह ४:४८; ६:३०
युह. २:१९मत्ति २६:५९-६१; २७:३९, ४०; मर्कु १४:५७, ५८
युह. २:२१मत्ति १६:२१
युह. २:२२लुका २४:६-८
युह. २:२५मत्ति ९:३, ४; मर्कु २:६-८; युह १:४७, ४८; ६:६४; प्रका २:२३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
युहन्‍ना २:१-२५

युहन्‍नाका अनुसार

२ अब तेस्रो दिन गालिलको कानामा विवाह-भोज थियो अनि येसुकी आमा पनि त्यहाँ गएकी थिइन्‌। २ येसु र उहाँका चेलाहरूलाई पनि त्यो विवाह-भोजमा निम्त्याइएको थियो।

३ भोजमा दाखमद्य* सिद्धिनै लाग्दा येसुकी आमाले उहाँलाई भनिन्‌: “तिनीहरूसित दाखमद्य छैन।” ४ तर येसुले तिनलाई भन्‍नुभयो: “ए नारी, तिमीलाई र मलाई यसको के सरोकार?* मेरो बेला अझै आइपुगेको छैन।” ५ उहाँकी आमाले त्यहाँ सेवा गरिरहेकाहरूलाई भनिन्‌: “उहाँले तिमीहरूलाई जसो भन्‍नुहुन्छ, त्यसै गर।” ६ त्यहाँ ढुङ्‌गाका छ वटा घ्याम्पा थिए, जुन यहुदीहरूको शुद्धीकरणसम्बन्धी रीतिअनुसार आवश्‍यक थियो।+ हरेक घ्याम्पोमा दुई वा तीन भाँडो* पानी अटाउँथ्यो। ७ येसुले तिनीहरूलाई भन्‍नुभयो: “घ्याम्पाहरूमा पानी भर।” तिनीहरूले घ्याम्पाको मुखसम्मै भरे। ८ अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “अब अलिकता उघाएर भोजका प्रबन्धककहाँ लैजाओ।” तब तिनीहरूले त्यो लगे। ९ अनि भोजका प्रबन्धकले दाखमद्यमा परिणत गरिएको त्यो पानी चाखे। त्यो कहाँबाट आयो भनेर तिनलाई थाह थिएन। (तर त्यहाँ सेवा गरिरहेकाहरू, जसले पानी उघाएका थिए, तिनीहरूलाई चाहिँ थाह थियो।) तब भोजका प्रबन्धकले दुलहालाई बोलाए १० र तिनलाई भने: “हरेक मानिसले पहिला असल दाखमद्य टक्य्राउँछ अनि जब मानिसहरू मात्तिन्छन्‌, तब कमसलचाहिँ टक्य्राउँछ। तर तिमीले त असल दाखमद्य अहिलेसम्म जोगाइराखेका रहेछौ।” ११ यसरी येसुले गालिलको कानामा पहिलो चमत्कार गरेर आफ्नो महिमा प्रकट गर्नुभयो+ अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।

१२ त्यसपछि उहाँ आफ्नी आमा, भाइहरू+ र चेलाहरूसित कफर्नहुम ओर्लनुभयो+ तर त्यहाँ धेरै दिन बस्नुभएन।

१३ अब यहुदीहरूको निस्तार चाड*+ नजिकै थियो र येसु यरुसलेम उक्लनुभयो। १४ उहाँले मन्दिरमा गाईवस्तु, भेडा र ढुकुर+ बेच्नेहरूलाई भेट्टाउनुभयो अनि पैसा साट्‌ने व्यापारीहरूलाई पनि आ-आफ्नो कुर्सीमा बसिरहेका भेट्टाउनुभयो। १५ तब डोरीको कोर्रा बनाएर उहाँले तिनीहरू सबैलाई तिनीहरूका भेडा र गाईवस्तुको साथमा मन्दिरबाट लघार्नुभयो अनि पैसा साट्‌नेहरूको सिक्का छरपस्ट पारिदिनुभयो र तिनीहरूको टेबुल पल्टाइदिनुभयो।+ १६ अनि उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो: “यी सब यहाँबाट लगिहाल! मेरो बुबाको घरलाई व्यापारको थलो* बनाउन छोड!”+ १७ तब पहिल्यै लेखिएको यो कुरा चेलाहरूले सम्झे: “तपाईँको घरको लागि मेरो जोसले मलाई खानेछ।”+

१८ यो देखेर यहुदीहरूले उहाँलाई भने: “तपाईँले यस्ता-यस्ता कामहरू गरिरहनुभएको छ, अब हामीलाई चाहिँ के चिन्ह देखाउनुहुन्छ नि?”+ १९ तब येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “यो मन्दिर भत्काओ अनि तीन दिनमा म यसलाई फेरि खडा गर्नेछु।”+ २० यो सुनेर यहुदीहरूले भने: “यो मन्दिर बनाउन ४६ वर्ष लाग्यो तर के तपाईँचाहिँ यसलाई तीन दिनमा खडा गर्नुहुनेछ?” २१ तर उहाँले जुन मन्दिरको विषयमा बताउँदै हुनुहुन्थ्यो, त्यो उहाँको शरीर थियो।+ २२ अनि जब उहाँ मृत्युबाट ब्युँताइनुभयो, तब उहाँले भन्‍ने गर्नुभएको यो कुरा चेलाहरूले सम्झे+ अनि तिनीहरूले धर्मशास्त्रमा र येसुले भन्‍नुभएको कुरामा विश्‍वास गरे।

२३ जब उहाँ निस्तार चाडको बेला यरुसलेममा हुनुहुन्थ्यो, तब उहाँले गरिरहनुभएका चमत्कारहरू देखेर धेरै जनाले उहाँको नाममा विश्‍वास गरे। २४ तर येसुले तिनीहरूलाई भरोसा गर्नुभएन किनभने उहाँलाई तिनीहरू सबै कस्ता छन्‌ भनेर थाह थियो २५ र कसैले उहाँलाई मानिसको बारेमा बताइरहनु आवश्‍यक थिएन किनकि मानिसको हृदयमा के छ, उहाँ जान्‍नुहुन्थ्यो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने