प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्‌नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्‌।+

  • १ राजा ८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। यहोवा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाअनुसारै म मेरो बुबा दाउदपछि राजा भएको छु र इस्राएलको सिंहासनमा बसेको छु। इस्राएलका परमेश्‍वर यहोवाको नामको निम्ति मैले एउटा भवन पनि बनाएको छु।+

  • १ इतिहास १७:११-१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘“जब तिम्रो मृत्यु हुनेछ र तिमी आफ्ना पितृहरूसितै मिल्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै एक जना छोरालाई तिमीपछि राजा बनाउनेछु।+ अनि म तिनको शासनलाई स्थिर पार्नेछु।+ १२ तिनले नै मेरो निम्ति एउटा भवन बनाउनेछन्‌+ र म तिनको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+ १३ म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्‌।+ तिमीभन्दा अघिको मानिसलाई मैले अटल प्रेम देखाउन छोडेको थिएँ+ तर म तिनलाई भने अटल प्रेम देखाउन छोड्‌नेछैनँ।+ १४ म तिनलाई सदाको लागि मेरो सिंहासनमा बसाल्नेछु।+ अनि तिनको शासन र राजघरानालाई सदासर्वदा स्थिर पार्नेछु।”’”+

  • भजन १३२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवाले दाउदसित शपथ खानुभएको छ;

      उहाँले आफ्नो वचन कदापि फिर्ता लिनुहुनेछैन:

      “तिम्रा सन्तानमध्ये* एक जनालाई

      म तिम्रो सिंहासनमा बसाल्नेछु।+

  • यसैया ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनको शासन सबैतिर फैलँदै जानेछ

      र तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+

      दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्‌।

      आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+

      तिनले अहिले र सदासर्वदा

      धार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्‌।

      सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।

  • यसैया ११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यिसैको+ ठुटाबाट एउटा हाँगा+ पलाउनेछ,

      उनको जराबाट उम्रेको एउटा टुसाले+ फल फलाउनेछ।

  • मत्ति २१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि उहाँको अघिअघि गइरहेको र पछिपछि आइरहेको मानिसहरूको भीडले यसो भन्दै जयजयकार गर्न थाल्यो: “हे परमेश्‍वर, दाउदका छोराको रक्षा गर्नुहोस्‌!+ यहोवाको* नाममा आउने धन्यका हुन्‌!+ हे स्वर्गमा बस्नुहुने परमेश्‍वर, बिन्ती! उहाँको रक्षा गर्नुहोस्‌!”+

  • मत्ति २२:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ “ख्रिष्टको विषयमा तिमीहरूको के धारणा छ? ऊ कसको छोरा हो?” तिनीहरूले उहाँलाई जवाफ दिए: “दाउदको।”+

  • लुका १:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • युहन्‍ना ७:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ ख्रिष्ट दाउदको सन्तानबाट+ अनि दाउदको गाउँ अर्थात्‌ बेतलेहेमबाट+ आउनेछन्‌+ भनेर के धर्मशास्त्रले बताएको छैन र?”

  • प्रेषित २:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तिनी भविष्यवक्‍ता थिए अनि तिनको सिंहासनमा तिनकै सन्तानमध्ये एक जनालाई बसाउनेछु भनी परमेश्‍वरले शपथ खाँदै वाचा गर्नुभएको कुरा तिनलाई थाह थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने