प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३२:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब मोसाले यहोवा परमेश्‍वरलाई यस्तो बिन्ती गरे:+ “हे यहोवा, आफ्नो ठूलो शक्‍ति अनि पराक्रमी हातले मिश्रबाट ल्याएका आफ्ना मानिसहरूसित तपाईँ किन रिसले चूर हुनुहुन्छ?+ १२ मिश्रीहरूलाई यसो भन्‍ने मौका किन दिने: ‘इस्राएलीहरूलाई दुःख दिन पो उहाँले तिनीहरूलाई यहाँबाट निकाल्नुभएको रहेछ! तिनीहरूलाई डाँडामै मार्न अनि पृथ्वीबाट नामेट पार्न उहाँले यसो गर्नुभएको रहेछ!’+ त्यसैले हे परमेश्‍वर, आफ्नो रिस थाम्नुहोस्‌ अनि आफ्नो प्रजामाथि यस्तो विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुहोस्‌।*

  • यहोसु २:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनले ती जासुसहरूलाई भनिन्‌: “यहोवा परमेश्‍वरले तपाईँहरूलाई यो देश दिनुहुनेछ भनेर मलाई थाह छ।+ तपाईँहरूले गर्दा हामी सबै डराएका छौँ + र यहाँका सबै मानिस आत्तिएका छन्‌।+ १० किनभने तपाईँहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा यहोवा परमेश्‍वरले कसरी तपाईँहरूकै अगाडि लाल समुद्रको पानी सुकाउनुभयो+ अनि यर्दनपारि* तपाईँहरूले एमोरीहरूका दुई जना राजा सिहोन+ र ओगलाई+ कसरी मार्नुभयो, त्यो हामीले सुनेका छौँ।

  • यहोसु ९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोसुले यरिहो+ र ऐ+ सहरलाई के गरेका थिए भनेर गिबोनका+ मानिसहरूले पनि सुने।

  • यहोसु ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनीहरूले यस्तो जवाफ दिए: “हामी तपाईँका दासहरू हौँ। तपाईँहरूका परमेश्‍वर यहोवाको नामबारे सुनेर हामी टाढा देशबाट आएका हौँ।+ हामीले उहाँको ख्याति र मिश्रमा उहाँले गर्नुभएका कामहरूबारे सुन्यौँ।+

  • १ समुएल ४:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यो थाह पाएपछि पलिस्तियालीहरू डराए र यसो भने: “उनीहरूको छाउनीमा देवता आएका छन्‌!”+ तिनीहरूले अझै भने: “अब त हामी उम्कनै सक्दैनौँ। यस्तो त पहिला कहिल्यै भएको थिएन। ८ अब त हाम्रो बच्ने आशै छैन! यस्तो शक्‍तिशाली देवताको हातबाट हामीलाई कसले बचाउला? यी देवताले नै निर्जनभूमिमा ठूलठूला विपत्ति ल्याएर मिश्रीहरूलाई नाश गरेका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने