प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “अनि हे मेरो छोरा सुलेमान, तिम्रो बुबाका परमेश्‍वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर।+ किनकि यहोवा परमेश्‍वर हरेकको हृदय जाँच्नुहुन्छ+ अनि मानिसको हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।+ तिमीले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ+ तर उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीलाई सधैँको लागि त्याग्नुहुनेछ।+

  • २ इतिहास १५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले तिनी आसालाई भेट्‌न गए अनि यसो भने: “हे आसा अनि यहुदा र बिन्यामिनको कुलका सबै मानिस हो! मेरो कुरा सुन! जबसम्म तिमीहरू यहोवा परमेश्‍वरसँग रहन्छौ, तबसम्म उहाँ पनि तिमीहरूसँग रहनुहुनेछ।+ अनि तिमीहरूले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ।+ तर तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।+

  • २ इतिहास १९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि यहुदाका राजा यहोसापात सकुशल यरुसलेममा आफ्नो महल फर्के।+

  • २ इतिहास १९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तैपनि उहाँले तपाईँमा केही असल कुरा भेट्टाउनुभएको छ।+ किनकि तपाईँले देशमा भएका पवित्र खामाहरू* हटाउनुभयो अनि साँचो परमेश्‍वरलाई खोज्न आफ्नो हृदय तयार पार्नुभयो।”*+

  • यसैया ५५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ जबसम्म यहोवालाई भेट्टाउन सकिन्छ, उहाँलाई खोज।+

      उहाँ नजिक हुँदा नै उहाँलाई पुकार।+

  • १ पत्रुस ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्‍न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्‌, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने