प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • इस्राएल यहोवालाई त्यागेर अरू देवताको पछि लाग्छे (१-३७)

        • इस्राएल जङ्‌गली अङ्‌गुरजस्तै छे (२१)

        • इस्राएलको लुगामा रगत लागेको छ (३४)

यर्मिया २:२

फुटनोट

  • *

    वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +होसे २:१५
  • +प्रस्थ २४:३
  • +व्य २:७

यर्मिया २:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:६; व्य ७:६
  • +प्रस्थ १७:८, १३

यर्मिया २:५

मार्जिनल रेफरेन्स

  • +यसै ५:४; मिका ६:३
  • +व्य ३२:२१
  • +भज ११५:४, ८

यर्मिया २:६

फुटनोट

  • *

    वा “इजिप्टबाट।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:३०
  • +व्य १:१; ३२:९, १०
  • +व्य ८:१४, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००३, पृ. ८

यर्मिया २:७

मार्जिनल रेफरेन्स

  • +गन १३:२६, २७; व्य ६:१०, ११; ८:७-९
  • +लेवी १८:२४; गन ३५:३३; भज ७८:५८; १०६:३८; यर्मि १६:१८

यर्मिया २:८

मार्जिनल रेफरेन्स

  • +१स २:१२; वि ४:१३
  • +इज ३४:७, ८
  • +१रा १८:१९; यर्मि २३:१३

यर्मिया २:९

मार्जिनल रेफरेन्स

  • +इज २०:३५; मिका ६:२

यर्मिया २:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२, ४
  • +उत्प २५:१३; भज १२०:५; यर्मि ४९:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ९

यर्मिया २:११

मार्जिनल रेफरेन्स

  • +भज १०६:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ९

यर्मिया २:१३

फुटनोट

  • *

    वा “बनाएका छन्‌,” सायद चट्टानलाई फोरेर।

मार्जिनल रेफरेन्स

  • +भज ३६:९; यर्मि १७:१३; प्रका २२:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ९-१०

    १२/१/२००३, पृ. ३२

यर्मिया २:१५

मार्जिनल रेफरेन्स

  • +यसै ५:२९; यर्मि ४:७

यर्मिया २:१६

फुटनोट

  • *

    वा “मेम्फिस।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:१९
  • +यर्मि ४३:४, ७; ४६:१४; इज ३०:१८

यर्मिया २:१७

मार्जिनल रेफरेन्स

  • +१इ २८:९; २इ ७:१९, २०

यर्मिया २:१८

फुटनोट

  • *

    यो नाइल नदीको शाखा हो।

मार्जिनल रेफरेन्स

  • +यसै ३०:२; ३१:१; वि ५:६; इज १६:२६; १७:१५
  • +२रा १६:७; होसे ५:१३

यर्मिया २:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:१८
  • +यर्मि ५:२२

यर्मिया २:२०

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१३
  • +१रा १४:२२, २३; इज ६:१३
  • +प्रस्थ ३४:१५; इज १६:१५, १६

यर्मिया २:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:१७; भज ८०:८; यसै ५:१
  • +यसै ५:४

यर्मिया २:२२

फुटनोट

  • *

    वा “सोडा।”

  • *

    वा “साबुनले।”

मार्जिनल रेफरेन्स

  • +यर्मि १६:१७

यर्मिया २:२३

फुटनोट

  • *

    यसले भाले खोज्न आतुर पोथी उँटलाई जनाउँछ।

यर्मिया २:२५

फुटनोट

  • *

    वा “विदेशी देवताहरूको।”

मार्जिनल रेफरेन्स

  • +यर्मि १८:१२
  • +यसै २:६; यर्मि ३:१३
  • +यर्मि ४४:१७

यर्मिया २:२६

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:७

यर्मिया २:२७

मार्जिनल रेफरेन्स

  • +यसै ४४:१३
  • +२इ २९:६; यर्मि ३२:३३
  • +न्याय १०:१३-१५; भज ७८:३४; १०६:४७; यसै २६:१६; होसे ५:१५

यर्मिया २:२८

मार्जिनल रेफरेन्स

  • +व्य ३२:३७, ३८
  • +यर्मि ११:१३

यर्मिया २:२९

मार्जिनल रेफरेन्स

  • +यर्मि ५:१; ९:२; दा ९:११

यर्मिया २:३०

मार्जिनल रेफरेन्स

  • +२इ २८:२०-२२; यसै ९:१३
  • +यसै १:५; यर्मि ५:३; सप ३:२
  • +२इ ३६:१५, १६; नहे ९:२६; प्रे ७:५२

यर्मिया २:३१

मार्जिनल रेफरेन्स

  • +व्य ३२:१५

यर्मिया २:३२

फुटनोट

  • *

    वा “कम्मरमा बाँध्ने पटुका।”

मार्जिनल रेफरेन्स

  • +भज १०६:२१; यसै १७:१०; यर्मि १८:१५; होसे ८:१४

यर्मिया २:३३

मार्जिनल रेफरेन्स

  • +२इ ३३:९

यर्मिया २:३४

मार्जिनल रेफरेन्स

  • +२रा २१:१६; भज १०६:३८; यसै १०:१, २; मत्ति २३:३५
  • +प्रस्थ २२:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. १४

यर्मिया २:३६

मार्जिनल रेफरेन्स

  • +२इ २८:२०, २१
  • +यसै ३०:३; यर्मि ३७:७

यर्मिया २:३७

मार्जिनल रेफरेन्स

  • +२स १३:१९

अरू

यर्मि. २:२होसे २:१५
यर्मि. २:२प्रस्थ २४:३
यर्मि. २:२व्य २:७
यर्मि. २:३प्रस्थ १९:६; व्य ७:६
यर्मि. २:३प्रस्थ १७:८, १३
यर्मि. २:५यसै ५:४; मिका ६:३
यर्मि. २:५व्य ३२:२१
यर्मि. २:५भज ११५:४, ८
यर्मि. २:६प्रस्थ १४:३०
यर्मि. २:६व्य १:१; ३२:९, १०
यर्मि. २:६व्य ८:१४, १५
यर्मि. २:७गन १३:२६, २७; व्य ६:१०, ११; ८:७-९
यर्मि. २:७लेवी १८:२४; गन ३५:३३; भज ७८:५८; १०६:३८; यर्मि १६:१८
यर्मि. २:८१स २:१२; वि ४:१३
यर्मि. २:८इज ३४:७, ८
यर्मि. २:८१रा १८:१९; यर्मि २३:१३
यर्मि. २:९इज २०:३५; मिका ६:२
यर्मि. २:१०उत्प १०:२, ४
यर्मि. २:१०उत्प २५:१३; भज १२०:५; यर्मि ४९:२८
यर्मि. २:११भज १०६:२०
यर्मि. २:१३भज ३६:९; यर्मि १७:१३; प्रका २२:१
यर्मि. २:१५यसै ५:२९; यर्मि ४:७
यर्मि. २:१६यर्मि ४६:१९
यर्मि. २:१६यर्मि ४३:४, ७; ४६:१४; इज ३०:१८
यर्मि. २:१७१इ २८:९; २इ ७:१९, २०
यर्मि. २:१८यसै ३०:२; ३१:१; वि ५:६; इज १६:२६; १७:१५
यर्मि. २:१८२रा १६:७; होसे ५:१३
यर्मि. २:१९यर्मि ४:१८
यर्मि. २:१९यर्मि ५:२२
यर्मि. २:२०लेवी २६:१३
यर्मि. २:२०१रा १४:२२, २३; इज ६:१३
यर्मि. २:२०प्रस्थ ३४:१५; इज १६:१५, १६
यर्मि. २:२१प्रस्थ १५:१७; भज ८०:८; यसै ५:१
यर्मि. २:२१यसै ५:४
यर्मि. २:२२यर्मि १६:१७
यर्मि. २:२५यर्मि १८:१२
यर्मि. २:२५यसै २:६; यर्मि ३:१३
यर्मि. २:२५यर्मि ४४:१७
यर्मि. २:२६एज्रा ९:७
यर्मि. २:२७यसै ४४:१३
यर्मि. २:२७२इ २९:६; यर्मि ३२:३३
यर्मि. २:२७न्याय १०:१३-१५; भज ७८:३४; १०६:४७; यसै २६:१६; होसे ५:१५
यर्मि. २:२८व्य ३२:३७, ३८
यर्मि. २:२८यर्मि ११:१३
यर्मि. २:२९यर्मि ५:१; ९:२; दा ९:११
यर्मि. २:३०२इ २८:२०-२२; यसै ९:१३
यर्मि. २:३०यसै १:५; यर्मि ५:३; सप ३:२
यर्मि. २:३०२इ ३६:१५, १६; नहे ९:२६; प्रे ७:५२
यर्मि. २:३१व्य ३२:१५
यर्मि. २:३२भज १०६:२१; यसै १७:१०; यर्मि १८:१५; होसे ८:१४
यर्मि. २:३३२इ ३३:९
यर्मि. २:३४२रा २१:१६; भज १०६:३८; यसै १०:१, २; मत्ति २३:३५
यर्मि. २:३४प्रस्थ २२:२
यर्मि. २:३६२इ २८:२०, २१
यर्मि. २:३६यसै ३०:३; यर्मि ३७:७
यर्मि. २:३७२स १३:१९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया २:१-३७

यर्मिया

२ यहोवाको यो वचन मकहाँ आयो: २ “जाऊ र यरुसलेमले सुन्‍नेगरि यस्तो घोषणा गर, ‘यहोवा यसो भन्‍नुहुन्छ:

“युवावस्थामा तिमीले मप्रति देखाएको भक्‍ति,*+

मसित मगनी गर्दा तिमीले देखाएको प्रेम+

अनि उजाड भूमिमा, बिउ नछरिएको भूमिमा+

तिमी मेरो पछिपछि हिँडेको दिन म सम्झन्छु।

 ३ इस्राएल यहोवाको कटनीको पहिलो फल थियो, उहाँको नजरमा पवित्र।”’+

‘इस्राएललाई नाश गर्न खोज्ने कोही पनि उम्कँदैनथ्यो।

त्यसमाथि विनाश आइपर्थ्यो,’ यहोवा घोषणा गर्नुहुन्छ।”+

 ४ हे याकुबको घराना, हे इस्राएलका सबै कुल,

यहोवा के भन्‍नुहुन्छ, सुन।

 ५ यहोवा यसो भन्‍नुहुन्छ:

“तिमीहरूका पुर्खाले ममा के दोष देखे,+

जसले गर्दा तिनीहरू मदेखि यत्ति टाढा भए

र व्यर्थका मूर्तिहरूलाई पुजेर+ आफैलाई बेकामको साबित गरे?+

 ६ तिनीहरूले यसो भनेनन्‌, ‘हामी यहोवाको खोजी गरौँ,

हामीलाई मिश्रबाट* छुटाएर ल्याउनुहुने,+

हामीलाई निर्जनभूमिबाट डोऱ्‍याएर ल्याउनुहुने,

मरुभूमि+ र गहिरो खाडल भएको ठाउँबाट,

खडेरी+ र घोर अन्धकारले छोपेको ठाउँबाट,

कोही पनि नहिँड्‌ने र कोही पनि नबस्ने एकलास ठाउँबाट

हामीलाई पार गराउनुहुने हाम्रा परमेश्‍वरलाई खोजौँ।’

 ७ तिमीहरूलाई फलहरू र स्वादिष्ठ खानेकुराहरू खुवाउन

मैले तिमीहरूलाई प्रशस्त बगान भएको देशमा ल्याएँ+

तर आखिरमा तिमीहरूले मेरो भूमिलाई दूषित पाऱ्‍यौ;

मैले अधिकार गर्न दिएको देश आज तिमीहरूकै कारण घिनलाग्दो भएको छ।+

 ८ तिमीहरूका पुजारीहरूले यसो भनेनन्‌, ‘हामी यहोवाको खोजी गरौँ।’+

व्यवस्था सिकाउनेहरूले समेत मलाई चिनेनन्‌,

तिमीहरूका गोठालाहरू मविरुद्ध खडा भए,+

तिमीहरूका भविष्यवक्‍ताहरूले बाआल देवताको नाममा भविष्यवाणी गरे,+

तिनीहरू फिटिक्कै मदत गर्न नसक्नेहरूको पछि लागे।

 ९ ‘त्यसैले म फेरि तिमीहरू+

र तिमीहरूका शाखासन्तानविरुद्ध खडा हुनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।

१० ‘कित्तिमका टापुहरूमा जाऊ+ र हेर;

केदारमा+ पनि सन्देशवाहक पठाऊ र राम्ररी नियाल;

कहीँ कतै यस्तो भएको छ र?

११ के कुनै जातिले आफ्नो ईश्‍वरलाई यस्तो कुरासित साटेको छ र, जो ईश्‍वर नै होइन?

तर मेरो आफ्नै प्रजाले भने मलाई दिनुपर्ने महिमा व्यर्थका कुराहरूलाई दिएको छ।+

१२ हे आकाश, यो कुरामा अचम्म मान;

डरले थरथर काँप,’ यहोवा घोषणा गर्नुहुन्छ।

१३ ‘किनभने मेरा मानिसहरूले दुई वटा साह्रै नराम्रो काम गरेका छन्‌।

म, जीवित पानीको मूललाई तिनीहरूले त्यागेका छन्‌।+

अनि आफ्नो निम्ति कुवाहरू खनेका छन्‌,*

यस्ता कुवाहरू, जसमा पानी नै अडिँदैन।’

१४ ‘के इस्राएल नोकर हो र? अथवा कसैको घरमा जन्मेको दास हो र?

त्यसोभए ऊ किन लुटियो त?

१५ ऊविरुद्ध जवान सिंहहरू गर्जन्छन्‌;+

ती सिंहहरू अझै ठूलो स्वरले गर्जन्छन्‌।

तिनीहरूले उसका सहरहरूमा आगो लगाएर खरानी बनाइदिएका छन्‌; अहिले त्यहाँ कोही बस्दैन।

उसको भूमिको हालत देख्नेहरू डरले थरथर काँप्छन्‌।

१६ नोफ*+ र तपनेसका मानिसहरूले+ तिम्रो केश खौरिदिएका छन्‌।

१७ यहोवा तिम्रा परमेश्‍वरले बाटो देखाउनुहुँदा

उहाँलाई इन्कार गरेर+

तिमी आफैले यस्तो अवस्था निम्त्याएका होइनौ र?

१८ सिहोर नदीको* पानी पिउन

तिमी किन मिश्र जान चाहन्छौ?+

अनि युफ्रेटिस नदीको पानी पिउन

किन अस्सेरिया जान चाहन्छौ?+

१९ तिम्रो दुष्ट्‌याइँले तिमीलाई सच्याउनुपर्ने हो।

तिम्रो विश्‍वासघातले तिमीलाई हप्काउनुपर्ने हो।

यहोवा तिम्रा परमेश्‍वरलाई त्याग्दा

नतिजा कत्ति नमीठो र दुःखलाग्दो हुन्छ, त्यो जान र बुझ।+

किनकि तिमीले मेरो डर मानेनौ,’+ ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

२० ‘धेरै पहिल्यै मैले तिम्रो काँधको जुवा टुक्राटुक्रा पारेको थिएँ+

अनि तिम्रो बन्धन फुकाएको थिएँ।

तर तिमीले भन्यौ: “म तपाईँको सेवा गर्दिनँ।”

किनकि हरेक डाँडामाथि अनि झ्याम्म परेको हरेक रूखमुनि+

तिमी उत्तानो पऱ्‍यौ र तिमीले वेश्‍यावृत्ति गऱ्‍यौ।+

२१ तिमी रातो अङ्‌गुरको असल बोट होऊ भनेर+ मैले राम्रो-राम्रो बिउ छानेर तिमीलाई रोपेको थिएँ

तर कसरी तिमी जङ्‌गली अङ्‌गुर भयौ?’+

२२ ‘तिमीले आफूलाई क्षार* वा खरानीले* बेसरी घोटे पनि

तिम्रो दाग, तिम्रो दोष मेरो नजरबाट मेटिनेछैन,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

२३ तिमी कसरी यसो भन्‍न सक्छ्यौ, ‘म अशुद्ध भएकी छैनँ।

म बाआल देवताहरूको पछि लागेकी छैनँ’?

तिमीले के गरेकी छ्यौ, विचार गर।

बेँसीमा तिमीले गरेका कामहरूलाई सम्झ।

तिमी लम्केर हिँड्‌ने पोथी उँटजस्तै* भएकी छ्यौ,

जो यताउता बरालिन्छे।

२४ निर्जनभूमिमा घुमेर हिँड्‌ने जङ्‌गली गधैनीजस्तै तिमी भएकी छ्यौ,

जो भालेको गन्ध खोज्दै यताउता हिँड्‌छे।

त्यो मात्तिएको बेला कसले त्यसलाई वशमा राख्न सक्छ र?

त्यसलाई खोज्न भालेहरूले मेहनत गर्नै पर्दैन।

किनकि त्यो मात्तिएको बेला तिनीहरूले त्यसलाई सजिलै भेट्टाउँछन्‌।

२५ व्यर्थका कुराहरूको पछि लाग्दा-लाग्दा

तिम्रो गोडा नथाकोस्‌ र तिम्रो घाँटी तिर्खाले नसुकोस्‌।

तर तिमीले भन्यौ, ‘मलाई नरोक्नुहोस्‌।+

म परदेशीहरूको* प्रेममा पागल भएकी छु,+

म तिनीहरूकै पछि लाग्नेछु।’+

२६ पक्राउ पर्दा चोर लाजमा परेझैँ

इस्राएलको घराना पनि लज्जित भएको छ।

तिनीहरूसँगसँगै तिनीहरूका राजाहरू र राजकुमारहरू

अनि पुजारीहरू र भविष्यवक्‍ताहरू पनि लज्जित भएका छन्‌।+

२७ तिनीहरू रूखलाई यसो भन्छन्‌, ‘तपाईँ नै मेरो बुबा हुनुहुन्छ’+

अनि ढुङ्‌गालाई यसो भन्छन्‌, ‘तपाईँले नै मलाई जन्माउनुभयो।’

तर मतिर भने तिनीहरूले आफ्नो अनुहार होइन, पिठिउँ फर्काएका छन्‌।+

अनि जब तिनीहरू आपत्‌-विपद्‌मा पर्छन्‌, तब तिनीहरू मलाई भन्छन्‌,

‘आउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌!’+

२८ तिमीहरूले आफ्नो निम्ति बनाएका तिमीहरूका देवताहरू खोइ?+

सक्छन्‌ भने आपत्‌-विपद्‌ पर्दा तिनीहरूले तिमीहरूलाई बचाएर देखाऊन्‌

किनकि हे यहुदा, तिमीहरूका देवताहरू तिमीहरूका सहरजत्तिकै धेरै भइसकेका छन्‌।+

२९ यहोवा घोषणा गर्नुहुन्छ, ‘तिमीहरू किन मसित झगडा गरिरहन्छौ?

तिमीहरू सबै मिलेर किन मेरो विद्रोह गर्छौ?’+

३० मैले व्यर्थैमा तिमीहरूका छोराहरूलाई सुधार्न खोजेँ।+

तिनीहरूले मेरो अनुशासन स्विकारेनन्‌;+

तिमीहरूका भविष्यवक्‍ताहरूलाई तिमीहरूले आफ्नै तरबारले काट्‌यौ,+

भोको सिंहझैँ तिमीहरू उनीहरूमाथि जाइलाग्यौ।

३१ ए इस्राएलको पुस्ता, यहोवाले भन्‍नुभएको कुरा विचार गर।

के म इस्राएलको लागि उजाड ठाउँसरह

वा निस्पट्ट अन्धकार छाएको ठाउँसरह भएको छु?

मेरा यी मानिसहरू किन यसो भन्छन्‌, ‘हामीलाई जहाँ डुल्न मन लाग्छ, त्यहीँ डुल्छौँ।

तपाईँकहाँ फर्केर आउनेछैनौँ’?+

३२ के कुनै कन्याले आफ्नो गरगहना

अनि दुलहीले आफ्नो वस्त्र* बिर्सन सक्छे र?

तर मेरा आफ्नै मानिसहरूले मलाई बिर्सेको वर्षौँ भइसक्यो।+

३३ ए बरालिएकी स्त्री! अनेक जुक्‍ति लगाएर तिमीले प्रेमीहरू खोज्यौ!

खराबीको मार्गमा हिँड्‌न तिमी सिपालु भइसक्यौ।+

३४ तिम्रो लुगामा निर्दोष अनि निमुखा मानिसहरूको रगत लागेको छ,+

तिनीहरू चोरी गर्दा पक्राउ परेका मानिसहरू थिएनन्‌।

तैपनि तिम्रो लुगा तिनीहरूको रगतले लतपतिएको मैले देखेँ।+

३५ तर तिमी भन्छ्यौ, ‘म निर्दोष छु।

अनि उहाँको रिस मरिसकेको छ।’

तर म तिमीलाई न्यायदण्ड सुनाउनेछु

किनकि तिमीले भन्यौ, ‘मैले पाप गरेकी छैनँ।’

३६ तिमी किन घरीघरी आफ्नो चाल बदल्छ्यौ?

अस्सेरियाले तिमीलाई निराश तुल्याएझैँ+

मिश्रले पनि तिमीलाई निराश तुल्याउनेछ।+

३७ त्यसैले आफ्नो हात पुर्पुरोमा राख्दै तिमी थकथकाउनेछ्यौ+

किनकि जसलाई तिमीले भरोसा गरेका थियौ, तिनीहरूलाई यहोवाले त्याग्नुभएको छ;

तिनीहरूले तिमीलाई कुनै सहायता गर्नेछैनन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने