-
उत्पत्ति १३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अब्राम र लुत छुट्टिएपछि यहोवा परमेश्वरले अब्रामलाई यस्तो आग्रह गर्नुभयो: “अब्राम, तिम्रो चारैतिर हेर। तिमी जहाँ उभिरहेका छौ, त्यहाँबाट पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर हेर।
-
-
उत्पत्ति १३:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ अनि तिम्रा सन्तानलाई बालुवाजत्तिकै अनगिन्ती बनाउनेछु। यदि कसैले बालुवा गन्न सक्छ भने तिम्रा सन्तानलाई पनि गन्न सक्छ।+
-
-
व्यवस्था २६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तब तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरसामु यसो भन्नू, ‘मेरो पुर्खा* अरामी हुनुहुन्थ्यो। उहाँ यताउता डुलिहिँड्ने फिरन्ते हुनुहुन्थ्यो।*+ पछि उहाँ मिश्र जानुभयो+ अनि त्यहाँ परदेशी भएर बस्नुभयो। त्यसबेला उहाँको परिवार निकै सानो थियो।+ तर त्यहाँ बस्दै जाँदा उहाँको सन्तानको वृद्धि भयो अनि त्यो ठूलो र शक्तिशाली जातिमा परिणत भयो।+
-