प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १३:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अब्राम र लुत छुट्टिएपछि यहोवा परमेश्‍वरले अब्रामलाई यस्तो आग्रह गर्नुभयो: “अब्राम, तिम्रो चारैतिर हेर। तिमी जहाँ उभिरहेका छौ, त्यहाँबाट पूर्व, पश्‍चिम, उत्तर, दक्षिण सबैतिर हेर। १५ तिमीले यहाँबाट देखेको सबै इलाका म तिमी र तिम्रा सन्तानलाई सधैँभरिका लागि दिनेछु।+

  • उत्पत्ति १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्‍वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+

  • उत्पत्ति १५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “म यहोवा हुँ; यो देश तिमीलाई दिन मैले नै तिमीलाई कल्दियालीहरूको सहर उरबाट ल्याएँ।”+

  • उत्पत्ति १७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अब्राम ९९ वर्षको हुँदा यहोवा परमेश्‍वर तिनीकहाँ प्रकट हुनुभयो र भन्‍नुभयो: “म सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुँ। सधैँ मैले देखाएको बाटोमा हिँड अनि निर्दोष जीवन बिताऊ।

  • उत्पत्ति १७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिमी अहिले परदेशी भएर बसिरहेको यो कनान देशको सबै जग्गाजमिन म तिमीलाई र पछि आउने तिम्रा सन्तानलाई दिनेछु।+ यो सधैँभरिका लागि तिनीहरूकै सम्पत्ति हुनेछ र म तिनीहरूका परमेश्‍वर हुनेछु।”+

  • व्यवस्था ३४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “मैले अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर कसम खाएको देश यही हो। तिनीहरूलाई मैले यसो भनेको थिएँ, ‘म तिम्रा सन्तानलाई यो ठाउँ दिनेछु।’+ यो ठाउँ तिमीले आफ्नै आँखाले देख्न पायौ तर तिमी त्यहाँ जान भने पाउनेछैनौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने