२५ सित्तिममा छँदा+ इस्राएलका मानिसहरूले मोआबका स्त्रीहरूसित अवैध यौनसम्बन्ध राख्न थाले।+ २ ती स्त्रीहरूले आफ्ना देवताहरूलाई बलि चढाउँदा इस्राएलका मानिसहरूलाई निम्तो दिए+ अनि इस्राएलीहरूले पनि बलि चढाएको कुरा खान थाले र मोआबीहरूको देवतालाई दण्डवत् गर्न थाले।+