प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २२:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ किनकि आफ्नो जीउ ढाक्न ऊसित त्यो ओढ्‌नेबाहेक अरू केही छैन; त्यो पनि भएन भने ऊ कसरी सुत्ला?+ म दयालु* छु, त्यसैले उसको पुकारा पक्कै सुन्‍नेछु।+

  • २ इतिहास ३०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ जब तिमीहरू यहोवा परमेश्‍वरतर्फ फर्कनेछौ, तब बन्दी बनाएर लगिएका तिमीहरूका दाजुभाइ र छोराहरूलाई शत्रुहरूले कृपा देखाउनेछन्‌+ र यस देशमा फर्कन दिनेछन्‌।+ किनकि तिमीहरूका परमेश्‍वर यहोवा दयालु र कृपालु हुनुहुन्छ।+ तिमीहरू उहाँतर्फ फर्क्यौ भने उहाँले तिमीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछैन।”+

  • नहेम्याह ९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हो, तिनीहरूले तपाईँका आज्ञाहरू सुन्‍न इन्कार गरे।+ तपाईँले तिनीहरूमाझ गर्नुभएका अचम्मलाग्दा कामहरू तिनीहरूले भुसुक्कै बिर्से। तिनीहरू हठी भए र मिश्रको दासत्वमै फर्केर जान आफ्नो निम्ति अगुवा नियुक्‍त गरे।+ तर तपाईँ क्षमा दिन सधैँ तयार हुनुहुन्छ; तपाईँ दयालु र कृपालु परमेश्‍वर हुनुहुन्छ। तपाईँ हतपती रिसाउनुहुन्‍न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+ त्यसैले तपाईँले तिनीहरूलाई त्याग्नुभएन।+

  • भजन ८६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर हे यहोवा, तपाईँ कृपालु र दयालु परमेश्‍वर हुनुहुन्छ,

      तपाईँ हतपती रिसाउनुहुन्‍न अनि अटल प्रेम र वफादारीले* भरिपूर्ण हुनुहुन्छ।+

  • योएल २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आफ्नो लुगा होइन+ तर हृदय च्यात+

      अनि यहोवा तिमीहरूका परमेश्‍वरकहाँ फर्क

      किनकि उहाँ दयालु र कृपालु हुनुहुन्छ अनि उहाँ हतपती रिसाउनुहुन्‍न+ र अटल प्रेमले* भरिपूर्ण हुनुहुन्छ+

      अनि उहाँले विनाश ल्याउने कुरामा पुनर्विचार गर्नुहुनेछ।*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने