-
नहेम्याह ९:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ हो, तिनीहरूले तपाईँका आज्ञाहरू सुन्न इन्कार गरे।+ तपाईँले तिनीहरूमाझ गर्नुभएका अचम्मलाग्दा कामहरू तिनीहरूले भुसुक्कै बिर्से। तिनीहरू हठी भए र मिश्रको दासत्वमै फर्केर जान आफ्नो निम्ति अगुवा नियुक्त गरे।+ तर तपाईँ क्षमा दिन सधैँ तयार हुनुहुन्छ; तपाईँ दयालु र कृपालु परमेश्वर हुनुहुन्छ। तपाईँ हतपती रिसाउनुहुन्न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+ त्यसैले तपाईँले तिनीहरूलाई त्याग्नुभएन।+
-
-
योना ४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यसैले तिनले यहोवा परमेश्वरलाई यसो भन्दै प्रार्थना गरे: “हे यहोवा, यस्तै हुन्छ भनी मैले आफ्नो देशमा छँदै भनेको थिइनँ र? त्यसैले म सुरुमै तर्सिसतिर भाग्न खोजेको थिएँ+ किनकि मलाई थाह थियो, तपाईँ दयालु र कृपालु हुनुहुन्छ, हतपती रिसाउनुहुन्न अनि अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ+ र कोही सङ्कटमा पर्दा तपाईँलाई दुःख लाग्छ।
-