-
लेवी २:३-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अन्नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ।+ यो महापवित्र छ+ र यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीकै भाग हो।
४ “‘तन्दुरमा* पकाइएको अन्नभेटी चढाउने हो भने त्यो रोटी तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी वा तेल दलेको अखमिरा पापडी होस्।+
५ “‘तावामा पकाइएको अन्नभेटी चढाउने हो भने+ त्यो रोटी तेलमा मुछेर बनाइएको मसिनो पीठोको अखमिरा रोटी होस्। ६ त्यसलाई टुक्राटुक्रा पारेर त्यसमाथि तेल खन्याउनू।+ यो अन्नभेटी हो।
७ “‘ताप्केमा पकाइएको अन्नभेटी चढाउने हो भने त्यो रोटी तेलमा मुछेर बनाइएको मसिनो पीठोको रोटी होस्।
-
-
१ कोरिन्थी ९:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ मन्दिरमा पवित्र सेवा चढाउनेहरूले मन्दिरकै कुराहरू खान्छन् अनि वेदीमा निरन्तर सेवा गर्नेहरूले वेदीमै चढाइएका कुराहरूको भाग पाउँछन् भनेर के तिमीहरूलाई थाह छैन?+
-