प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “‘यदि कुनै मानिसले भूतप्रेत खेलाउने+ र भावी बताउने व्यक्‍तिहरूको+ पछि लागेर वेश्‍यावृत्ति गऱ्‍यो* भने म उसलाई त्यसै छोड्‌नेछैनँ; म उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनेछु।*+

  • व्यवस्था १८:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्‌: आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउने,+ जोखना हेर्ने,+ जादु गर्ने,+ शकुन-अपशकुन बताउने,+ तन्त्रमन्त्र गर्ने,+ ११ टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्‍तिसित+ वा भावी बताउने व्यक्‍तिसित+ सल्लाह लिने अथवा मसान जगाउने।+ १२ यस्तो काम गर्ने मानिसलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ। अनि यस्ता घिनलाग्दा कामहरू गरेकोले नै यहोवा तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको सामुन्‍नेबाट धपाउँदै हुनुहुन्छ।

  • १ इतिहास १०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यसरी साउलको मृत्यु भयो किनकि तिनी यहोवा परमेश्‍वरप्रति वफादार रहेनन्‌। तिनले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनन्‌।+ साथै तिनले भूतप्रेत खेलाउने स्त्रीसित सल्लाह मागे;+

  • यसैया ८:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिनीहरूले तिमीहरूलाई यसो भन्लान्‌: “फलाक्दै भूतप्रेत खेलाउने र भावी बताउनेहरूसित सोधपुछ गर।” तर के तिनीहरूले आफ्ना परमेश्‍वरलाई सोधपुछ गर्नुपर्ने होइन र? जिउँदाहरूका बारेमा मरेकाहरूलाई सोध्नु के उचित हो?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने