३५ त्यसपछि तिनी फेरि एक चोटि गर्भवती भइन् र छोरा जन्माइन्। तिनले उसको नाम यहुदा* राखिन्।+ तिनले यसो भनिन्: “अब म यहोवा परमेश्वरको प्रशंसा गर्छु।” त्यसपछि तिनका अरू सन्तान भएनन्।
३ “पूर्वतर्फ अर्थात् सूर्योदयको दिशातर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व यहुदाको कुलले लिनेछ। यहुदाको कुलका कुलनायक अम्मिनादाबका छोरा नहसोन हुन्।+४ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ७४ हजार ६ सय थियो।+