प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० मैले दिन्छु भनेर कसम खाएको देशमा यपुन्‍नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक+ तिमीहरू कोही पनि प्रवेश गर्न पाउनेछैनौ।+

  • गन्ती २६:६५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६५ किनकि यहोवा परमेश्‍वरले तिनीहरूबारे यसो भन्‍नुभएको थियो: “तिनीहरू निर्जनभूमिमै मर्नेछन्‌।”+ त्यसकारण त्यहाँ यपुन्‍नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक एक जना पनि बाँकी थिएन।+

  • गन्ती ३२:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ ‘मैले अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर प्रतिज्ञा गरेको देशमा+ मिश्रबाट आएका २० वर्ष र सोभन्दा माथिका कोही पनि जान पाउने छैनन्‌+ किनकि तिनीहरूले मलाई आफ्नो सारा हृदयले पछ्याएनन्‌। १२ केनाजवंशी यपुन्‍नेको छोरा कालेब+ र नुनको छोरा यहोसु+ मात्र त्यहाँ जान पाउनेछन्‌ किनकि तिनीहरूले मात्र यहोवालाई आफ्नो सारा हृदयले पछ्याए।’+

  • व्यवस्था १:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ ‘तिमीहरूका पितापुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको त्यो असल देश यो दुष्ट पुस्ताको एक जनाले पनि देख्न पाउनेछैन।+ ३६ तर यपुन्‍नेका छोरा कालेबले भने देख्न पाउनेछन्‌। तिनले आफ्नो सारा हृदयले* यहोवालाई पछ्याएको हुनाले तिनी गएको देश म तिनलाई र तिनका सन्तानलाई दिनेछु।+

  • यहोसु १४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तब यहुदाको कुलका पुरुषहरू गिलगालमा+ यहोसुकहाँ आए अनि केनाज वंशका यपुन्‍नेका छोरा कालेबले+ यहोसुलाई भने: “साँचो परमेश्‍वर यहोवाले कादेस-बर्नेमा+ आफ्ना सेवक मोसालाई+ तपाईँको र मेरो विषयमा के भन्‍नुभएको थियो, तपाईँलाई राम्ररी थाह छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने