-
व्यवस्था ३०:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० “मैले तिमीहरूको अगाडि राखिदिएको आशिष् र सरापबारे जे-जे भनेँ, ती सबै तिमीहरूमाथि पूरा हुनेछन्।+ अनि यहोवा परमेश्वरले तिमीहरूलाई जातिजातिमाझ तितरबितर पार्नुभएपछि+ तिमीहरूले ती सबै कुरा सम्झनेछौ।+ २ अनि तिमीहरू यहोवा आफ्ना परमेश्वरकहाँ फर्कनेछौ+ र मैले आज बताएका उहाँका सबै आज्ञा तिमीहरू र तिमीहरूका छोराहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले पालन गर्नेछौ।+ ३ तब यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+
-
-
व्यवस्था ३०:८-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “तिमीहरू यहोवा परमेश्वरकहाँ फर्कनेछौ, उहाँको कुरा सुन्नेछौ र उहाँका सबै आज्ञा पालन गर्नेछौ, जुन आज म तिमीहरूलाई बताउँदै छु। ९ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काममा प्रचुर मात्रामा आशिष् बर्साउनुहुनेछ।+ उहाँले तिमीहरूका छोराछोरी, गाईवस्तु र भूमिको उब्जनी बढाउनुहुनेछ। जसरी यहोवा परमेश्वरले खुसीसाथ तिमीहरूका पितापुर्खाको फलिफाप गराउनुभएको थियो, त्यसरी नै तिमीहरूको पनि खुसीसाथ फलिफाप गराउनुहुनेछ।+ १० किनकि तिमीहरूले यहोवा आफ्ना परमेश्वरको कुरा सुन्नेछौ र व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र नियमहरू पालन गर्नेछौ अनि तिमीहरू आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले यहोवा आफ्ना परमेश्वरकहाँ फर्कनेछौ।+
-
-
१ राजा ८:४८, ४९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ अनि आफूलाई बन्दी बनाएर लगिएको देशमा छँदा तिनीहरू आफ्नो सारा हृदयले र सारा ज्यानले तपाईँकहाँ फर्के+ अनि तपाईँले तिनीहरूका पितापुर्खालाई दिनुभएको यस देशतर्फ, तपाईँले रोज्नुभएको यस सहरतर्फ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ फर्केर प्रार्थना गरे भने+ ४९ आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्नुहोस्+ अनि तिनीहरूको न्याय गरिदिनुहोस्।
-