-
गन्ती १४:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ तिनीहरूलाई भनिदेऊ, ‘यहोवा परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ, “म आफ्नो कसम खाएर भन्छु, तिमीहरूको गुनासो मैले सुनेको छु र म तिमीहरूलाई त्यसैअनुसार गर्नेछु!+
-
-
गन्ती १४:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ “‘“यो वचन म, यहोवाको मुखबाट निस्केको हो। मविरुद्ध भेला भएको दुष्ट समुदायलाई म यसो गर्नेछु: यस निर्जनभूमिमा तिनीहरूलाई खतम गर्नेछु; तिनीहरू यहीँ मर्नेछन्।+
-
-
गन्ती ३२:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यो दिन यहोवा परमेश्वरको क्रोध दन्कियो र उहाँले यस्तो शपथ खानुभयो:+ ११ ‘मैले अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर प्रतिज्ञा गरेको देशमा+ मिश्रबाट आएका २० वर्ष र सोभन्दा माथिका कोही पनि जान पाउने छैनन्+ किनकि तिनीहरूले मलाई आफ्नो सारा हृदयले पछ्याएनन्। १२ केनाजवंशी यपुन्नेको छोरा कालेब+ र नुनको छोरा यहोसु+ मात्र त्यहाँ जान पाउनेछन् किनकि तिनीहरूले मात्र यहोवालाई आफ्नो सारा हृदयले पछ्याए।’+
-
-
व्यवस्था २:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ कादेस-बर्नेबाट हिँडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म ३८ वर्ष बितिसकेको थियो। यहोवा परमेश्वरले इस्राएलीहरूसँग शपथ खानुभएझैँ त्यतिन्जेलसम्ममा लडाइँ गर्न सक्ने तिनीहरूको पहिलो पुस्ता बितिसकेको थियो।+
-
-
भजन ९५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ:
“तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्।”+
-