प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:३९-४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ मोसाले यी सबै कुरा इस्राएलीहरूलाई सुनाउँदा तिनीहरूले असाध्यै बिलौना गर्न थाले। ४० यति मात्र होइन, तिनीहरू बिहान सबेरै उठे अनि पहाडको टुप्पोतिर उक्लन लागे। तिनीहरूले एकअर्कालाई यसो भने: “हामीले पाप गरेका छौँ तर अब हामी यहोवा परमेश्‍वरले भन्‍नुभएको ठाउँमा जान तयार छौँ।”+ ४१ यो सुनेपछि मोसाले भने: “तिमीहरू किन यहोवा परमेश्‍वरले भन्दै नभन्‍नुभएको कुरा गर्न अघि सर्छौ? तिमीहरू कुनै हालतमा सफल हुनेछैनौ। ४२ तिमीहरू त्यहाँ नजाओ किनभने यहोवा परमेश्‍वर तिमीहरूको साथमा हुनुहुन्‍न; तिमीहरूलाई शत्रुहरूले परास्त गर्नेछन्‌।+ ४३ त्यहाँ तिमीहरूले अमालेकी र कनानीहरूसित लड्‌नुपर्नेछ+ र तिनीहरूले तिमीहरूलाई तरबारले खतम गर्नेछन्‌। तिमीहरू यहोवा परमेश्‍वरविरुद्ध खडा भएकोले यहोवाले तिमीहरूलाई साथ दिनुहुनेछैन।”+

      ४४ तर तिनीहरू हठी भएर पहाडको टुप्पोतिर उक्लन थाले।+ तर यहोवा परमेश्‍वरको करारको सन्दुक* छाउनीको बीचमै रहिरह्‍यो र मोसा पनि त्यहाँबाट यताउता कतै गएनन्‌।+ ४५ तब त्यस पहाडमा बसोबास गर्ने अमालेकी र कनानीहरूले तल ओर्लेर तिनीहरूलाई आक्रमण गरे र तिनीहरूलाई खेदेर होर्माहसम्म पुऱ्‍याए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने