प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १८:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ दाउद र उनका सिपाहीहरू पलिस्तियालीहरूलाई मारेर फर्कँदा इस्राएलका सबै सहरबाट स्त्रीहरू खैँजडी+ र बाजा* बजाउँदै, खुसीले गाउँदै+ र नाच्दै राजा साउललाई भेट्‌न बाहिर निस्कन्थे। ७ यसरी खुसी मनाउने स्त्रीहरू यस्तो गीत गाउँथे:

      “साउलले हजारौँलाई मारे,

      दाउदले लाखौँलाई मारे।”+

      ८ यो सुनेर साउल असाध्यै रिसाए;+ यो गीत तिनलाई पटक्कै मन परेन। त्यसकारण तिनले यस्तो सोचे: “दाउदले लाखौँलाई मारे रे तर मैलेचाहिँ हजारौँलाई मात्र! अब तिनीहरूले त्यसलाई राजा बनाउन मात्र बाँकी छ!”+

  • १ समुएल २९:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर पलिस्तियाली नाइकेहरू आकिससित रिसाए र तिनीहरूले आकिसलाई भने: “त्यसलाई यहाँबाट जाने आदेश दिनुहोस्‌।+ तपाईँले त्यसलाई जुन ठाउँमा बस्न दिनुभएको थियो, त्यो त्यहीँ फर्कोस्‌। त्यसलाई हामीसित लडाइँमा जान दिनु हुँदैन नत्र लडाइँ भइरहेको बेला त्यसले उल्टै हामीलाई आक्रमण गर्ला! के थाह, त्यसले हाम्रा सिपाहीहरूलाई मारेर तिनीहरूको शिर आफ्नो मालिककहाँ लैजाने हो कि!+ आफ्नो मालिकको निगाह पाउने योभन्दा राम्रो तरिका त्यसको लागि अरू कुन होला र? ५ यो त त्यही दाउद हो, जसको विषयमा तिनीहरूले नाच्दै यस्तो गीत गाएका थिए:

      ‘साउलले हजारौँलाई मारे,

      दाउदले लाखौँलाई मारे’।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने