-
व्यवस्था १:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “त्यतिबेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यस्तो निर्देशन दिएको थिएँ, ‘मुद्दामामिलाको फैसला गर्दा तिमीहरूले पक्षपात नगर्नू,+ चाहे त्यो इस्राएली-इस्राएलीबीचको होस् वा इस्राएली अनि इस्राएलीहरूमाझ बसोबास गर्ने विदेशीबीचको।+ १७ तिमीहरूले न्याय गर्दा कसैको पक्ष नलिनू।+ साना-ठूला सबैको कुरा सुन्नू।+ तिमीहरूले परमेश्वरको तर्फबाट न्याय गर्ने+ भएकोले मानिसदेखि नडराउनू;+ यदि कुनै मामिला सुल्झाउन तिमीहरूलाई एकदमै गाह्रो भयो भने त्यसलाई मकहाँ ल्याउनू। त्यो मामिला म हेर्नेछु।’+
-