प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १६:८-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “यहोवालाई धन्यवाद चढाओ,+ उहाँको नाम पुकार,

      जातिजातिका मानिसहरूमाझ उहाँका कार्यहरूको बयान गर!+

      ९ उहाँको निम्ति गीत गाओ, उहाँको प्रशंसामा गीत गाओ,*+

      उहाँका अचम्मलाग्दा कामहरूमा मग्न होओ।*+

      १० उहाँको पवित्र नाममा गर्व गर।+

      यहोवाको खोजी गर्नेहरूको हृदय आनन्दित होस्‌।+

      ११ यहोवा र उहाँले दिनुहुने बल खोज।+

      उहाँको अनुमोदन पाउने कोसिस गरिरहो।+

      १२ उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू;

      उहाँका चमत्कारहरू र उहाँले सुनाउनुभएका फैसलाहरू सम्झ,+

      १३ हे परमेश्‍वरका सेवक इस्राएलका सन्तान हो,+

      हे याकुबका छोराहरू, उहाँले रोज्नुभएका जन हो,+ ती सबै सम्झ।

  • भजन ९६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ जातिजातिहरूमाझ उहाँको गौरवको बखान गर,

      सारा मानिसलाई उहाँका अचम्मलाग्दा कामहरूबारे बताओ।+

  • भजन १४५:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरूले तपाईँको शासनको महिमाको वर्णन गर्नेछन्‌+

      अनि तपाईँको पराक्रमको बखान गर्नेछन्‌+

      ל [लामेद]

      १२ ताकि मानिसहरूले तपाईँको शक्‍तिशाली काम+

      अनि तपाईँको वैभवशाली शासनको महिमाबारे जानून्‌।+

  • यसैया १२:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ अनि त्यस दिन तिमीले भन्‍नेछौ:

      “यहोवालाई धन्यवाद चढाओ! उहाँको नाम पुकार।

      जातिजातिका मानिसहरूमाझ उहाँका कामहरूको बयान गर।+

      उहाँको नाम कत्ति महान्‌ छ भनी घोषणा गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने