-
उत्पत्ति १५:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि परमेश्वरले अब्रामलाई भन्नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।+ १४ तर तिनीहरूलाई दास बनाउने देशलाई म दण्ड दिनेछु।+ त्यसपछि प्रशस्त धनसम्पत्ति लिएर तिनीहरू त्यहाँबाट निस्कनेछन्।+
-
-
व्यवस्था ९:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिमीहरू धर्मी भएकोले वा तिमीहरूको मन सफा भएकोले उहाँले तिमीहरूलाई त्यो देश अधिकार गर्न दिन लाग्नुभएको होइन। बरु तिनीहरूको दुष्टताले गर्दा यहोवा तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउन लाग्नुभएको हो।+ अनि तिमीहरूका पुर्खाहरू अब्राहाम,+ इसहाक+ र याकुबसित+ खाएको शपथ पूरा गर्न पनि यहोवा परमेश्वरले तिनीहरूलाई धपाउन लाग्नुभएको हो।
-