६ किनकि यसो भन्नुहुने परमेश्वर नै हुनुहुन्छ: “अन्धकारबाट ज्योति चम्कोस्।”+ अनि ख्रिष्टको मुहारद्वारा परमेश्वरको गौरवशाली ज्ञान तिनीहरूमाथि चम्काउन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ।+
१९ त्यसैले हामीसित भएको भविष्यसूचक वचन झन् पक्का भएको छ; (झिसमिसे उज्यालो नभएसम्म अनि बिहानको तारा+ नउदाएसम्म) तिमीहरूले आफ्नो हृदयमा त्यस वचनलाई अँध्यारो ठाउँमा बलिरहेको बत्तीलाई झैँ+ ध्यान दिएर राम्रै गरिरहेका छौ।